✍️ डा.सुमनकुमार रेग्मी
यथेष्ट मात्रामा देशको निकासी अभिवृद्धि हुन नसक्दानै रहँदै आएको व्यापार घाटा अप्रत्याशित रूपले बढ्न गएको छ । विगतका वर्ष यता निकासी हुँदै आएका पाम तेल, भटमासको तेल, सनफ्लावरको तेल, फलाम र फलामका वस्तहरू, धागो, उनी गलैंचा, टेक्सटाइल्स, तयारी पोशाक, अलैँची, अदुवा, जुस, जुटका वस्तु, मुसुरो, पश्मिनाका सामान, तामाका वस्तुहरू, चिया, मञ्जन, छाला र अरू प्रत्येक एक अर्ब रुपैयाँभन्दा कम मूल्यका वस्तुहरूका निकासी अभिवृद्धिको क्रम जारी राख्न हरेक आर्थिक वर्षका लागि नेपाल सरकारको रणनीति तथा वस्तुगत कार्यनीतिहरू निम्ननुसारको हुनु अति आवश्यक भएको छ ।
देशमा निर्यातमूलक अग्र र पृष्ठ सम्बन्धका सरोकारलाई विकास गर्दै लगेर आर्थिक विकासमा टेवा पुर्याउन कच्चा पदार्थ, पुँजी, प्रविधि तथा जनशक्तिको आपूर्ति तथा विकासको कार्यलाई प्रोत्साहन प्रदान गर्नुपर्ने हुन्छ । निकासी वस्तु उत्पादन गर्न आवश्यक पर्ने देशभित्रै उत्पादन हुने र पैठारी गर्नुपर्ने कच्चा पदार्थहरूमा सरल तरिकाबाट कार्यान्वयन हुनसक्ने गरी मिन्हा दिने व्यवस्था निकासी प्रबद्र्धनका लागि गर्नुपर्ने हुन्छ । निकासीका वस्तुहरूको उत्पादन, प्रशोधन, प्याकिङ आदि सबै खर्चका लागि आवश्यक पर्ने सुविधा उपलब्ध गराउने व्यवस्था निकासी प्रबद्धनका लागि हुनुपर्दछ । पैठारीकर्ता इर्रेभोकेबल लेटर अफ क्रेटिट प्राप्त भएको र निकासीकर्ताको क्रेटिट वर्थिनेसको आधारमा धितो तथा सिमाको आवश्यकता नपर्ने गरी निकासीकर्तालाई ऋण उपलब्ध गराउने व्यवस्था हुनुपर्दछ ।
कच्चा उनको आपूर्ति पैठारीद्वारा हुने गरेको र देशमा पनि केही स्थापना भेडापालनको सम्भाव्यता रहेको परिप्रेक्षमा संयुक्त लगानी वा आफ्नो स्रोतसाधनले भेडापालन व्यवसाय वा ऊन संकलन केन्द्रमा लाग्न चाहनेलाई उन उत्पादन-संकलन प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
उन उत्पादनका लागि भेडापालन र कृषिजन्य वा वनजन्य वस्तुको व्यावसायिक उत्पादन गर्न आवश्यक परेमा उद्योगीलाई लिजमा जग्गा प्रदान गर्नुपर्ने देखिन्छ । निकासीका वस्तुहरूमा गुणातात्मक र परिमाणातत्मक विकासका लागि आधारशिला खडा गर्न, नयाँ वजारमा वस्तु प्रवेश गराउन र नयाँ निकासीका वस्तुका खोजीगर्न दक्ष जनशक्तिको व्यवस्था तथा संस्थागत सुदृढीकरणसमेत गर्न नीजिक्षेत्रलाई प्रोत्साहन दिएमा निकासी प्रबद्र्धन हुनेहुन्छ । निकासीका वस्तुहरूको उत्पादन तथा प्रशोधनमा विशिष्ट स्थान ओगट्ने केही जिल्लाहरूलाई क्रमशः निकासी जिल्ला घोषित गर्दै गएर यस्ता जिल्लाहरूको तोकिएका वस्तुको विकासमा दबाब दिनेतर्फ प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरका सरोकार सरकारी निकायहरूले आ-आफ्नो क्षेत्रबाट सिँचाइ, प्राविधिज्ञ सेवा, ऋण सहुलियत र बिउ-मल आदिको कुनै समस्या वा रोकतोक नपर्ने गरी समयमै किसान वा उद्यमीलाई उपलब्घ गराउने व्यवस्था सम्बन्धित मन्त्रालय वा केन्द्रको निर्देशन अनुसार गर्नुपर्ने देखिन्छ ।
विदेशमा प्रशस्त माग भएका र सहजै निकासी बजार पाउन सकिने भनी पहिचान भइसकेका कृषि वस्तुहरूका लागि सम्बन्धित जिल्लालाई सो वस्तुहरूको निकासी जिल्ला भनी धोषित गर्नुपर्ने देखिन्छ । यसैगरी विमिन्न निकासी वस्तुहरूको उत्पादन र प्रशोधनमा विशिष्ट स्थान रहेका अन्य जिल्लालाई क्रमशः निकासी जिल्ला घोषित गरी निकासी प्रबद्र्धनमा ध्यान दिनुपर्ने देखिन्छ । निर्यात प्रबद्र्धन कोष फलदायी र प्रभावकारी निकासी विकास तथा प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न सकेमात्र निकासी प्रबद्र्धनमा सघाउ पुग्न जानेन्छ ।
निरन्तर उत्पादन र गुणस्तर कायम राख्न क्रमशः कमी हुँदै गएको श्रमिक एवं दक्ष जनशक्तिको विकास गर्ने उद्देश्ले डिजायनिङ, धागो कताई, बुनाई, रंगाई, धुलाई आदि सबै उत्पादन प्रक्रियाका कार्यहरूको तालिम नियमित रूपले प्रदान गर्न एउटा स्कुल अफ कार्पेट स्थापना भइसक्नुपर्ने थियो, अद्यापि यसको स्थापनाका लागि सुझाब गरिन्छ । कच्चा ऊनको आपूर्ति पैठारीद्वारा हुनेगरेको र देशमा पनि केही स्थापना भेडापालनको सम्भाव्यता रहेको परिप्रेक्षमा संयुक्त लगानी वा आफ्नो स्रोतसाधनले भेडापालन व्यवसाय वा ऊन संकलन केन्द्रमा लाग्न चाहनेलाई ऊन उत्पादन-संकलन प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
नयाँ तथा हालका बजारको अनुसन्धान गर्न र बजार प्रबद्र्धनका लागि नयाँ बजारमा हुने अन्तर्राष्ट्रिय मेलामा उनी गलैँचा प्रदर्शन गर्न आयोजकलाई तिर्नुपर्ने स्थानीय खर्च-स्टल भाडा, निर्माण, सजावट, बिजुली, टेलिफोन सुविधा, फर्निचर, प्रचार सामग्री आदिमा केही सहयोग प्रदान गर्दै आएकोमा त्यसलाई निरन्तरता दिँदै त्यस्ता मेलामा भाग लिएर फर्केपछि मेला सहभागी निर्याकर्ताले आउँदा पाँच वर्षभित्र हरेक वर्ष सम्बन्धित निकासीकर्ताले निकासी बढाउँदै जानुपर्ने कबुल गरी निकासी नबढाएमा पछि उक्त मेलामा भाग लिनबाट वञ्चित गर्नुपर्ने देखिन्छ । उनी गलैँचाको गुणस्तर निर्धारण गरी ताकिएको स्तरभन्दा घटीको उनी गलैँचा निकासीमा प्रतिबन्ध लगाउने र झिन्डु र कमस्तरका ऊन मिसाउने प्रवृतिलाई दुरुत्साहित गराउन आवश्यक कानुनी प्रावधान बनाई कडा कारबाहीको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
निकासी-उन्मुख तयारी पोशाक उद्योगका एकाइहरूलाई आवश्यक पर्ने कपडा तथा अन्य कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थहरू स्वदेशको उद्योगबाट उत्पादन भई निर्यात हुनेगरी तयारी पोशाकमा प्रयोग भएको परिमाणमा सरल प्रक्रियाबाट लाग्ने शुल्क आदिमा डिम्ड एक्सपोर्टसरह थप छुट दिन सुझाब गरिन्छ ।
देशको निकासी हृवात बढाउन उनी गलैँचा उत्पादनका लागि गलैँचाकै ठूला स्तरका उद्योग पनि विदेशी संयुक्त लगानीमा उद्योग स्थापना गर्न चाहेमा सो स्थापना गर्न दिने र सोका लागि आवश्यक परेमा नियम तथा कानुनमा आवश्यक परिवर्तन गर्नुपर्ने देखिन्छ । यद्यपि विगत केही वर्षदेखि नेपालको निकासीमा पाम तेल, भटमासको तेल, सनफ्लावरको तेल र अरू नवप्रवेशका वस्तुको नियमित निकासी गर्दै आउनुपर्दछ । निकासी–उन्मुख तयारी पोशाक उद्योगका एकाइलाई आवश्यक पर्ने कपडा अन्य कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ स्वदेशको उद्योगबाट उत्पादन भई निर्यात हुनेगरी तयारी पोशाकमा प्रयोग भएको परिमाणमा सरल प्रक्रियाबाट लाग्ने शुल्क आदिमा डिम्ड एक्सपोर्टसरह थप छुट दिन सुझाब गरिन्छ । तर, आउँदा पाँच वर्षमा निकासीकर्ताले निकासी बढाउनुपर्ने कबुल गर्नुपर्ने, अन्यथा सुविधा फिर्ता गर्नुपर्ने व्यवस्था सुझाब गरिन्छ ।
युरोपीय समुदायमा तयारी पोशाक निर्यात गर्दा सरलीकृत जिएसपी भन्सारको सुविधा प्राप्त हुने हुँदा युरोपीय बजारमा तयारी पोशाकको निर्यात वृद्धि गर्न लागत मूल्यमा कमी ल्याउन जरुरी छ । यस्तो सुविधा भविष्यमा प्राप्त गर्ने सम्भावना भएकाले युरोपियन जिएसपीको प्राप्त सुविधा सटाभर्नाका लागि पैठारीमा लाग्ने भन्सार तिर्ने रकम सटाभर्ना गर्न निर्यात मूल्यको केही प्रतिशत निर्याकर्तालाई सोधभर्ना स्वरूप प्रदान गर्नुपर्ने व्यवस्था हुनुपर्ने देखिन्छ । गलैचा, तयारी पोशाक, पश्मिना, अदुवा, अलैँचाजस्ता वस्तु नै नेपालको निकासीमा नियमित गरिनुपर्दछ । धितो राख्ने सम्पत्तिको अभावमा वा बैंक लिमिट कम भएको अवस्थामा विदेशी क्रेताबाट ठूलो रकमको खरिद आदेश प्राप्त भएमा यस्तो आदेश लिन पनि बारम्बार निकासीकर्ताले हिचकिचाउनुपर्ने अवस्था भइआएकाले धितोका रूपमा निकासी आम्दानी नै धितो राख्नुपर्ने र लिमिटको आवश्यकता नपर्ने गरी पैठारीकर्ताले इरेभोकेबल लेटर अफ क्रेडिट र निकासीकर्ताको शाख बचतको आधारमा जम्मा मूल्यको केही प्रतिशतसम्मका लागि बढीमा उपयुतm प्रतिशत ब्याजदरमा विदेशी मुद्रामै पूर्वनिकासी ऋण उपलब्ध गराउनुपर्ने देखिन्छ ।
निकासी गरिने तयारी पोशाक उद्योगको लागि कपडा, टाँक, धागो, लेबुल, फास्नर जस्ता वस्तु देशमा अग्रसम्बन्धका उद्योगसँग सम्बन्ध हुनेगरी उत्पादन गर्ने उद्योगले निर्यात गर्ने उद्योगलाई बिक्री गरेमा र ती वस्तु निर्यात गरिने वस्तुमा प्रयोग भएमा सो बिक्रीमा लाग्ने शुल्क आदि सम्भव छुट दिनका साथै यस्तो वस्तुहरू देशमा उत्पादनका लागि बैंक ऋणहरू लिँदा अधिकतम सहुलियत ब्याजदरमा दिने व्यवस्था गर्न सुझाब गरिन्छ । निर्यात प्रबद्र्धनका लागि विश्वको प्रमुख बजारमा निर्यातकर्ताले आफ्नो कार्यालय खोल्न चाहेमा अनुभूति र कार्यालय सञ्चालनमा निर्यातबाट आर्जन गरेको रकममध्ये बढीमा उपयुक्त प्रतिशत बराबर रकमसम्मको विदेशी विनिमय सटही सुविधा प्राप्त गरी कार्यालय सञ्चालन गर्न स्वीकृति दिनुपर्ने देखिन्छ ।
कृषि तथा वनको क्षेत्रमा थप लगानीको माध्यमबाट उत्पादकत्व तथा प्रशोधन कार्य वृद्धि गर्नेसमेत उद्देश्ले निर्यात गर्न सकिने यस्ता वस्तुहरू जस्तै दाल, चिया, अलैँची, कफी, तरकारी, रेशम, फूल, अदुवा, लसुन, फलफूल, तथा अन्य नवप्रवेश गरेका यस्ता वस्तुहरूलाई प्राथमिकता दिई ती वस्तुहरूको व्यवसाय र बजार व्यवस्थापनको विकास तथा प्रबद्र्धनमा विभिन्न कार्य गर्न जोड दिइनुपर्ने देखिन्छ । हस्तकला तथा घरेलु उद्योगका वस्तुजस्तै सुनचाँदीका गहना, ढाका-कपडाका सामान, उनी लुगाहरू, कपडाका सामान, लोक्ताका कागत र सामान, उड कार्भिङ तथा माटो सामान अन्य घरेलु उद्योगका सामानलाई प्राथमिकता दिई महिला वर्गका रोजगार वृद्धि गर्नु अत्यन्त आवश्यक भएको हँुदा ती वस्तुहरूका सम्बन्धमा थप निकासी जोडका कार्य गर्नुपर्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच