
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले भूकम्पपीडितलाई एक लाख अमेरिकी डलर अर्थात् एक करोड ३३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंकले उक्त रकम बैंकको आपत्कालीन प्रतिक्रिया साझेदार ब्रिटिस रेडक्रसमार्फत् उपलब्ध गराएको हो ।
रकम ब्रिटिस रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्नेछ । मानवीय सहायतास्वरूप बैंकले प्रदान गरेको सहयोग रकमले नेपाल रेडक्रस सोसाइटीलाई भूकम्पपीडितको प्राथमिक उपचार र स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत गर्ने विश्वास बैंकको छ । साथै भूकम्पमा आफ्नो घर गुमाएका र सम्पर्कमा आएका परिवारलाई खाद्यान्न, पानी र आपत्कालीन आश्रयलगायतका राहत सामग्री वितरण गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।
भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वण घोष दस्तीदारले आवश्यकता तथा विपद्को समयमा नेपाली समुदायलाई सहयोग र समर्थन गर्न बैंक सधैं प्रतिबद्ध रहेको बताउनुभएको छ । बैंकले हालै मात्र नेपालमा सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय बैंकको हैसियतमा लगातार चौथो वर्ष वित्तीय दायित्व समयमै सेवा गर्ने सन्दर्भमा सबैभन्दा सुरक्षित क्रेडिट रेटिङ प्राप्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच