नेपाल एयरलाईन्सको ट्विनअटर जहाज रारा विमानस्थलमा ग्राउण्डेट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

-नृपेन्द्र बहादुर मल्ल
मुगु । नेपालगंजबाट रारा बिमानस्थलका लागि उडेको नेपाल एयरलाईन्सको ट्विनअटर  विमान मुगुस्थित रारा विमानस्थलमा ग्राउण्डेट भएको छ ।
तीन जना यात्रुसहित विमान चालकसहितको टोली बोकेर आईतबार बिहान ११ बजे रारा विमान पुगेको नेपाल एयरलाईन्सको नाईन.एन.ए.बि.यु कल साईन भएको बिमान १३ जना यात्रु लिएर नेपालगंज उडान भर्न सुरु गर्दा जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउण्डेट भएको हो ।

१३ जना यात्रु बोकेर नेपालगंज उडान भर्नै लाग्दा जहाजमा समस्या देखिएको थियो । जहाजमा समस्या आएपछी तत्कालै तारा एयरलाईन्सको जहाजबाट नेपालगंजबाट ईन्जिनियर झिकाई समस्या चेक जाँच गर्दा ब्याट्रीमा समस्या देखिएयाे ।

नेपालगंजबाट ब्याट्री झिकाए पछि मात्र १३ जना यात्रु सहित जहाज सोमबार नेपालगंजका लागि उडान भर्ने नेपाल एयरलाईन्स रारा स्टेशन ईन्चार्ज नेत्र भामले जानकारी गराउनु भयो ।

नेपालगंजका लागि नेपाल एअरलायन्समा टिकट काटेका १३ जना यात्रुहरु रारा विमानस्थल रहेको ताल्चामा रहेका होटेलहरुमा आज बास बसेको छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?