
काठमाडौं । विगत केही सातादेखि निन्तररूपमा घटेको सेयर बजार बुधबार भने ३.३३ अंकले बढेको छ । नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ । यस दिन एक अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । एक सय २१ कम्पनीको सेयरमूल्य बढेको छ भने १३ वटा कम्पनीको स्थिर रहेको छ ।
१३ समूहमध्ये आठ समूहको परिसूचक बढेको छ भने पाँच समूहको घटेको छ । जीवन बिमा समूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको सर्वाधिक ०.७० प्रतिशतले घटेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता आठ सय ५८ रुपैयाँ पुगेको छ । विजय लघुवित्तको ८.७ प्रतिशतले बढेर प्रतिकित्ता छ सय १६ रुपैयाँ पुगेको छ भने सिंगटी हाइड्रो इनर्जीको सबैभन्दा धेरै ९.१३ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । सबैभन्दा बढी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सात करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार नेप्से १०.१० अंकले घटेको थियो भने दुई सय ९३ कम्पनीका ४६ लाख ९८ हजार छ सय ८२ कित्ता सेयर एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ रुपैयाँमा कारोबार भएका थिए । सोमबार दुई सय ९२ कम्पनीका ५६ हजार दुई सय ८७ कित्ता सेयर एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच