
धनकुटा । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश राजनीतिक रूपमा अराजकतातर्फ बढेको बताउनुभएको छ । उहाँले एमाले सरकारबाट बाहिरिएपछि मुलुक अराजक र अशान्ततर्फ अग्रसर भएको बताउनुभएको हो । मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राअन्तर्गत तेह्रथुमको वसन्तपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले अढाई वर्षपहिले एमाले सरकारलाई देशी, विदेशी तत्वले षड्यन्त्र गरेर हटाएपछि देश राजनीतिक रूपमा अन्योलतातर्फ गएको दाबी गर्नुभयोे । ‘मुलुकमा राजनीतिक माग होइन, बेग्लै प्रकारका क्रियाकलाप भइरहेका छन्,’ उहाँले भन्नुभयोे, ‘हाम्रो पार्टी सरकारमा रहँदा असाधारण ढंगले विकास र समृद्धितर्फ अघि बढेको देख्न नसकेर हामीलाई बाहिर सरकारबाट हटाइयो ।’
ओलीले एनसेल सेयर खरिद-बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप पनि लगाउनुभयो । उहाँले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नताबिना बेचिन नसक्ने दाबी गर्नुभयो । उहाँले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताउनुभयो । उहाँले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताउनुभयो । चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेल गरेर बेच्न लागेको बताउनुभयो । उहाँले नागरिकहरूले सरकारको संलग्नत छ भने पनि सरकार बोल्न नसकेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ ? भन्ने टुंगो नभएको दाबी गर्नुभयो । उहाँले यस्तो सरकार ढल्नैपर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताउनुभयो । मिसन ८४ बाट एमाले एकल बहुमतले सरकारमा जान आफूहरू रणनीतिक रूपमा अघि बढेको उहाँको भनाइ थियो । मिसन ८४ कै संकल्प यात्रा अघि सारिएको बताउनुभयो । पश्चिमबाट पूर्व आउँदा समस्याहरूको पहिचान गर्न सकिएको भन्दै उहाँले यात्रा फलदायी रहेको बताउनुभयो । यात्राका क्रममा जनताले दिएको सुझाव र सल्लाहबाट पार्टी अघि बढ्ने अध्यक्ष ओलीले उल्लेख गर्नुभयो । यात्राका क्रममा धनकुटाको पाख्रिबास, हिले, सिधुवा लगायतका स्थानमा समेत आयोजित अन्तरक्रियाका क्रममा ओलीले सम्बोधन गर्नुभएको थियो ।
धनकुटामा ओलीमाथि हातपात प्रयास
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोजपुरबाट धनकुटा प्रवेश गर्नेक्रममा एक व्यक्तिले अभद्र व्यवहार गरेका छन् । महालक्ष्मी नगरपालिका-५ लेगुवाका महेश राईले ओलीलाई हातपात प्रयास गरेको प्रहरीले जनाएको छ । ओलीलाई स्वागत गर्ने क्रममा राईले अभद्र व्यवहार गरेका थिए । उनलाई तत्काल प्रहरी र युवा संघका कार्यकर्ताले नियन्त्रणमा लिएपछि घटना सामान्य बनेको थियो । घटनामा संलग्न राईलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता राजबाबु महर्जनले जानकारी दिनुभयो । घटनाबारे एमालेले मादक पदार्थ सेवन गरेका व्यक्तिले अस्वाभाविक व्यवहार गरेको जनाएको छ । घटनालाई अनर्गल प्रचार नगर्नसमेत आग्रह गरिएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले मादक पदार्थ सेवन गरेका व्यक्तिले देखाएको अस्वाभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
पहिचानवादी आन्दोलनका १८ जना पक्राउ
धनकुटाबाट प्रहरीले पहिचानवादी आन्दोलनका १८ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र खारा राईसहित कार्यकर्ताहरू रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा किरात राई यायोक्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसिं तिगेलालगायत उमा चामिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई, पनित कुलुङलगायत १८ जना छन् । उनीहरूलाई सिधुवा तथा लेगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो । महर्जनले भन्नुभयो, ‘शान्ति सुरक्षाको दृष्टिले हामीले नियन्त्रणमा लिएका हौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच