✍️ सुरेशकुमार भट्ट
जे जे लेखेको छ भोग्नु पर्दछ मृत्युसम्म नै
कष्ट हुन्छ सारा रोग सामना गर्न रोगी भै ।
तसर्थ जब लाग्दछ बेथा प्वाक्क मृत्यु होस्
स्याहार कसैले गर्न एक दिन पनि नपरोस् ।
रोगी सिन्याहा घिन्याहा भई बस्नुभन्दा बरू
रोग लाग्ने बित्तिकै लैजावस प्राण पखेरू ।
बाँचुन्जेल सुखसन्तोष मर्दा हाई हाई होस्
एक दिन मर्नै पर्छ जे छ कीर्ति अमर होस् ।
भ्रष्टको दलीय कात्रो लाशमाथि नराखनू
जिउँदैमा जलेको छु मर्दा आँसु नझारनू ।
आर्यघाट ब्रहृमनाल ढोंग हो लाशमाथिको
खाल्डो गैह्रो खनी गाड माटो नै मेरो साक्षी हो ।
माटोमै जन्मिएँ हुर्कें खाँदा खेल्दा साथी हुँदा
हुँ माटोकै ‘म’ तर के गरेँ मैले ? माटो रुँदा ।
ज्यूँदोमा न पुछेँ आँसु तिमी धरधरी रुँदा
क्षमा पाऊँ है माता काखैमा हुन्छु समाधिता ।
रगतमासु बैंस खर्चें सबै त्यहीँ झोन न मोल भो
बाँकी भा’को हाड छाला यो तिम्रै वंश अंग हो ।
भो म नमरूँ ‘आमा’ कतै अन्यत्र देश देशान्तर
सीता भई आउँछु हे ‘आमा’ राखिदेऊ धर्ती अन्तर ।
हाल अमेरिका
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच