लुम्बिनी प्रदेश : समितिको सभापति चयन गर्ने निर्वाचन अनिश्चितकालका लागि स्थगित

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । लुम्बिनी प्रदेश विषयगत समितिको सभापति चयन गर्न तोकिएको निर्वाचन स्थगित भएको छ ।

प्रदेशसभाले पुस १७ गते सभापति चयन गर्न निर्वाचनको मिति तय गरेको थियो। तर, विशेष कारणवस अनिश्चितकालको लागि निर्वाचन स्थगित गरेको सूचना प्रकाशन गरिएको छ।

प्रदेश सचिव दुर्लभकुमार पुन मगरले विशेष कारणवस निर्वाचन स्थगित गरिएको जानकारी दिनुभयो । निर्वाचन गर्ने विषयमा तयारी नपुगेको भन्दै स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। ‘मुख्यमन्त्रीज्यूले सभामुखज्यूलाई निर्वाचन सारिदिन भन्नुभयो । सोहीअनुसार अर्काे सूचना नभएसम्मको लागि निर्वाचन प्रक्रिया हाललाई स्थगित भएको छ’, प्रदेशसभा सचिव पुनले भन्नुभयो, ‘निर्वाचनका लागि अर्काे सूचना आउँछ।’

तर दलहरूको बीचका विषयगत समितिको सभापति चयन गर्न भागबन्डा नमिल्दा निर्वाचन स्थगित भएको स्रोतले दावी गरेको छ। सार्वजनिक लेखा समितिसहित अन्य एउटा समिति प्रमुख प्रतिपक्ष दल एमालेलाई र बाँकी चारवटा समितिको सभापति सत्तासीन दललाई दिनेगरी छलफल अघि बढेको जनाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?