✍️ प्रा.डा.खेम दाहाल
१. प्रारम्भ :
लेखनाथ पोखरेल (इन्जिनियर जन्म : २००४, खोटाङ, खार्पा, नेपाल) का ‘फकलीको गाउँ’ (नियात्रासंग्रह), ‘मार्बल हाउसकी शालिनी’ (कथासंग्रह) र ‘चिबेनकटो’ (हास्यव्यंग्य निबन्धसंग्रह) जस्ता कृति पूर्वप्रकाशित रचना हुन् । पेसाले इन्जिनियर पोखरेलको उमेर पचहत्तर वर्ष नाघेको समयमा यसरी कृतिहरू फटाफट आउनुलाई साधारण घटना मान्न सकिँदैन । यस्तो प्रौढ उमेरमा ढाँड ढल्काएर आराम गर्ने समयमा कलम कापी समाउँदा आफ्नो अनभुव बैग्लै होला, पाठकलाई हर्ष लाग्छ ।
साहित्यमा त्यस्ता व्यक्ति सफल छन् जसको प्रतिभा चलायमान् हुन्छ र दमनको ख्याल नगरी अति साधारण रूपले मिजासिलो बोली बोल्ने बानी बसालिन थालिन्छ । त्यसै प्रकारको चरित्रका धनी लागेका इन्जिनियर पोखरेलको अनुभूमि पहाड, खोला, भीर, खोल्सा, उकालो र भिरालो नेपालको भूमिसित रहेको कुरा निजको निबन्धको पुस्तकले प्रमाणित गरेको छ ।
‘वनिता’ (२०८०) अर्को कृति उपन्यासको रूप लिएर आउँछ, निबन्ध र आख्यानमा कलम चलाउने पोखरेलका अनुभूतिलाई जलप दिने र आफ्नो पूर्वइतिहासलाई कुनै घटनामा लागेर जोड्ने धर्मबाट अनुप्राणित रहेका यी रचनाका रचनाकारमा एउटा साहित्यकार, आख्यानकारबाट प्रस्तुत हुने तौरतरिका वनिताको सुरुको पृष्ठले देखाउँछ । आफ्नोपनामा रमाउनु र पे्ररणा दिने मित्रहरूलाई सम्झनु पनि एक सहृदयी मान्यजनको उदार विशेषता हो ।
‘वनिता’ उपन्यासमा पात्रको परिचय पाउने स्रोत सुरुमा खुलस्त गरिन्छ । राणाकालका विशेष परिवारभित्र नराम्रो आर्थिक स्थिति हुँदै गएको इतिहास उघारिएको छ । यस कृतिमा सुरुमा आएको पात्र परिचयमा विक्रम सिंह नामक पात्रलाई चिनाइन्छ ।
२. प्रयत्न :
‘वनिता’ उपन्यासमा पात्रको परिचय पाउने स्रोत सुरुमा खुलस्त गरिन्छ । राणाकालका विशेष परिवारभित्र नराम्रो आर्थिक स्थिति हुँदै गएको इतिहास उघारिएको छ । यस कृतिमा सुरुमा आएको पात्र परिचयमा विक्रम सिंह नामक पात्रलाई चिनाइन्छ । राणाका सम्पन्नता गलेर झर्दै गएको स्थिति भित्र विक्रमसिंहको बाजेको घर दरवार जस्तै लागे पनि हाल वर्तमानमा जराजीर्ण थोत्रो हुने भएको अवस्थामा विक्रमसिंह किशोर बालक उदाउँछ । महल खण्डहरू भएको देखिनु दुःखको कुरा हो ।
२.१ विराटनगर :
विक्रमसिंहको परिवार आज निर्धन अवस्थामा छ । दरिद्र भएपछि मानवले आफन्तबाट अपमान पाउन थाल्छ । विक्रमसिंहले ‘चार पास’ गरेपछि नौसिन्दाको जागिर पाए । वाक्पटु, चाकरी-निपुण बिक्रमसिंह क्रमशः बढुवा हुँदै सुब्बा साहेब भए, सुब्बाबाट अञ्चलाधीशसम्म भए । ठकुरीको छोरो केही प्रशासन, केही पठन, केही शिल्प, केही ज्ञान र केही चाप्लुसी मिलाएर सम्र्पूणमा अञ्चलाधीश विक्रमसिंहसँग वीरभद्र अर्को पात्र जोडिएर परिचयमा ल्याइएको अवस्था रहन्छ । यसमा एउटा र अर्काको सम्बन्ध राम्रो छैन एउटा अञ्चलाधीश र अर्को कार्यालय प्रमुखमा विचार मिलेनन् । अञ्चालाधीश विक्रमसिंह प्रतिकूल पात्र निजको कर्मचारीसँग आर्थिक लाभ लिने चरित्र, नदिए वा नमाने मुद्दामा फसाउने चलन यहाँ विपरीत खलत्व हुन्छ ।
वीरभद्र कार्यालय प्रमुखमा सन्ततिको इतिहास जस्तो तथ्यले उपन्यासको कथानकको त्यान्त्रो तन्किएको छ । धनपति र विमल पछिसम्म आउँछन् । प्रजातिका लक्षण अथवा आख्यानकारले काम गरेको क्षेत्र, पेसा आबद्ध परिवेशतर्फ एक न एक पात्रमा ती गुणहरू आकृष्ट रहन्छन् । प्रत्यक्षवाद–विधेयवादमा प्रजातिको आवर्तन इपिलितेनले सुरु गरेका हुन्, कालान्तरमा यस मान्यतामा लुसियन गोल्डम्यान रेमन्ड विलियम्स तथा लियो लावेन्थलका सूत्रहरू आए पनि सुरुको प्रत्यक्षवाद विधेयवादको सूत्रले अहिलेसम्म ठूला र ससाना कृतिसम्ममा प्रजातिको धर्म आकर्षित छ ।
त्यस कुराको प्रमाण बनिता उपन्यासमा खोजी गर्दा माथि परिचयमा आएका धनपति अदालतमा हाकिम र उनका भाइ विमल माल अड्डामा लेखापाल भएको विषय उघारिन्छ । अड्डाका कर्मचारी र हाकिमको प्रकृति कसरी सुसञ्चालनमा हुन्छ हाकिम रिझाउने तरिकाहरू कसरी स्थापित हुन्छन भन्ने विषयमा उपन्यासकारको साधना उपमा अलङ्कारमा झरिलो दारिम जस्तै भई आउँछ ।
कतै ससाना बहिदार मुखिया, खरिदार, डिट्ठा, विचारीहरू हुन्छन् तिनले बढुवा वा अन्य सौलियत पाउन हाकिमसँग गर्ने व्यवहार भव्य रहन्छ सभ्य रहन्छ चाकरी गर्ने प्रकारको रहन्छ भन्ने कुराका लागि यहाँ मोइपतेको क्रियाकलाप माथि व्यङ्ग्य गरिएको छ । साविक नाम बहिदार भानुभक्त बन्जराले मोही दिनदिने खुवाउने सेवा हाकिमलाई गरेका छन् । तर, उनको मोडइपते उपनाम भने कपासको फाहा झैँ उड्दै वल्लो गाउँबाट पल्लो गाउँमा पुगेझैँ सदर मुकाम पुगेछ ।
‘फूलबारी’ उपशीर्षकमा आजको समय चिनाउने प्रयास रहन्छ । मीरा, इन्दु र चमेली पात्रका संवादले सन्तानको दायित्व, तिनलाई चाहेझैँ बनाउन कठिन अवस्था र टिनघरेका छोराहरू पढाइ लेखाइ भएका जागिरे भए पनि आमाबाबुप्रति असहज, प्रतिकूल तथा अंशको माग गर्दै रणभूमिमा उत्रिएका देखेको बताउने त्यसको आयतन बोध गर्ने इन्दु र मीरा यहाँ उभिन्छन् ।
इन्दुका पनि कुशल छोरो र ज्योति छोरी, मीराकी वनिता एक छोरीलाई काँचो माटोझैँ भएका कारणले असल पात्र बनाउने उपायको खोजीकै सिलसिला छ । टिनघरे आउँछन् । छोराहरू युगका उत्पादन हुन् । आमाहरू इन्दु र मीरा स्नातक तह पूर्ण नगरी त्यसै बिचमा विवाह बन्धनमा बाँधिएका नारी पनि हुन् । इन्दुका जेठाजु धनपतिको पक्षपातले बुहारी इन्दु र विमल स्वाभिमानी भएको बताइन्छ । आमाको दायित्वमाथि अलिकति चिन्तन, अलिकति आग्रह र केही गुनासाका अनुच्छेदमा आमालाई छिट्टै लाग्ने दोष, त्यसमा पनि सन्तान खराब भएपछि हुने चिन्ता तथा पहिलो कर्तव्य बालकलाई असल बनाउँदा हुने जोखिमको यो उकालो माथि बहस गरिन्छ । इन्दु र मीरालाई संवादमा सरिक गराइएको छ ।
आख्यानमा महाभारतको कथा छ गाउँमा टिभीमा हेरिएको कथाका आधारमा अठार दिनको युद्धले खाएका अबला, नारी, महिला, ऋषिबाटै महिला अधिकार खोसिएको सङ्केत छ । अझै विश्वेश्वरप्रसाद कोइरालाले ‘मोदिआइन’ उपन्यासमा महिलाहरू गणिका वृत्तिमा लागेको विषय दुःखलाग्दो गरी प्रकाशमा ल्याएका छन् ।
अनेक स्रोतसाधन, च्यानल र टिभी तथा नेट र इन्टरनेटका कारणले पनि यहाँ भविष्य सपार्न कठिन छ । एक गाउँमा हुने परिस्थिति, पर्यावरण, समय, बगैँचाको प्रकृतिमाथि एक दृष्टि लगाएर पर्यावरण चित्रणमा यस कृतिका पृष्ठहरू प्रशस्त रोचक हुन्छन् । गाउँमा बगैँचावाला घर छ जहाँ एक साधुको प्रवेश रहन्छ र ती साधुले बालक कुशललाई आशीर्वाद मात्र दिएनन् वरदान दिन सपनामा आएर ससाना समस्याहरू हल गर्न पे्ररणाहरू दिन थालेको स्वैर कल्पना प्रस्तुत हुन्छ । यसमा सन्त, वेद, भागवतको पठनतिर विमल र इन्दुको परिवारबाट पाएको सम्मान, ढोग र आदर चेतनाले सन्त साधु सबैका लागि खुशी र आस्थाका प्रसंगहरू उपस्थित हुँदा परम्परा बाँचोस् भन्ने एक कोण छ अर्को कोणमा बनिता र कुशलको बालपे्रम अर्को पाटोमा आउने छन् । बनिता र कुशल छोराछोरी हुन् । यिनको उमेर मिल्दो छ ।
पात्र थप्ने क्रम चलिरहन्छ, गोरे दमाई एक सांस्कृतिक पात्रका रूपमा उपस्थित हुन्छ । संस्कार र संस्कृतिले कुन समाजको आख्यान हो भनी चिनाउँछ । यस मान्यतामा ओकालत गर्ने जर्मन समाजशास्त्र प्रखर लियो लावेन्थल (१९००-१९९३) एक साहित्यका समाजशास्त्री हुन् जसले कुनै पनि समाजलाई अध्ययनमा लिन द्वितीयक स्रोतका हरिूमा साहित्यिक कृति सांस्कृतिक कृति सांस्कृतिक प्रमाणको रूप लिएर प्रयोग हुने धारणा राखेका छन् ।
सांस्कृतिक प्रमाणमा एक गोरे दर्जी सहनाई बजाएर भिक्षाटन गर्दै पेसा अवलम्बन गर्ने पात्र समेटिन्छ । आज नेपालमा दलित कोटा सरकारले छुट्याउँछ । उपन्यासले पात्र थप्ने क्रममा निकै सहायक पात्र उभ्याउने संकेत हुन्छ । पण्डित बाजे, उनकी गृहणी र नोकर मकरे सनमाने र रामकलीको छोरा त्यहाँ आएका सहायक पात्रहरू हुन्छन् घरको रेखदेख, ससाना काम गर्ने गोठालो मकरे पनि रौसे छ । उसले ज्योति, वनिता र कुशलको सहयोगी हुनुभन्दा अगाडि पण्डितबाको मकरे फुर्ती नोकर थियो ।
त्यसमा पनि मकरेले गाएको गीत र उसले देखाउने नृत्य भने सबैलाई मनपर्ने विषय हुन् । पण्डितको स्वभाव कचकचे, पण्डितनीको माया अति आत्मीय, आफ्नी आमा नभएको मकरेलाई आमाकै तहको स्नेश दिने र नोकर राख्ने परिवार आगामी पुस्ताले सामन्ती हो भन्ने तहको हुन सक्छ । परिवारमा बाबुछोरामा सनमाने र साथको छोरो मकरे छन् ।
आख्यानमा महाभारतको कथा छ गाउँमा टिभीमा हेरिएको कथाका आधारमा अठार दिनको युद्धले खाएका अबला, नारी, महिला, ऋषिबाटै महिला अधिकार खोसिएको सङ्केत छ । अझै विश्वेश्वरप्रसाद कोइरालाले ‘मोदिआइन’ उपन्यासमा महिलाहरू गणिका वृत्तिमा लागेको विषय दुःखलाग्दो गरी प्रकाशमा ल्याएका छन् । राजेश्वर देवकोटा र नीलम कार्की थप काम गर्छन् । यस पाठबाट इन्दुले विमलमाथि भक्ति बढाएको, गाउँमा पढाइ राम्रो नभएपछि नानीहरूको भविष्य बिग्रिएको हुने भविष्यवाण्ीले शहर पस्ने शहरको जागिरले केटाकेटीको भविष्य बनाउने विचार राखेको आख्यान वि.सं. २०३० का हाराहारीको हो ।
‘जिम्दार्नी बज्यै’ उपशीर्षकमा एक नवीन परिवारको परिचय गराइन्छ जससँग वीरभद्र र धर्म भक्तको नाता जोडिएको छ । जिम्दार्नीको घरको आवरण र विराटनगरको शहरमा लगभग पाँच कठ्ठा जमिनको विषय, घरको वरिपरी सु्पारीको रूख र नरिवलका बोटहरू यी खानदानी धनी भनिने मानिसका लक्षण हुन्थे । जीवनलाई एक उत्सव मान्ने बज्यैको बानी केटाकेटीसित रमाउने खालको हुनाले केही कथा सुनाउने रुचि राख्थिन् । उनको भव्यतामा घर, बारी, पालित गाई मिलाएर राखेको मात्र, यी लेखकका चिनारीमा आएका परिचित वस्तु हुन् ।
त्यस घरको नोकर मकरे त्यहाँका भान्साका सामग्री त्यहाँको गर्मी हावापानीबाट पर्यावरण र युगको चिनाजान गराइन्छ । आजको ग्यास चुलो वा हिटर त्यस युगमा वि.सं. २०२० को हाराहारीमा थिएनन् । त्यसैले गोबरका गुइँठा र दाउरा बालेर भान्साको सामग्री तयार हुने युुग थियो ।
आमा मीरा र बाबु विनोदकी छोरी वनिताको प्रशंसामा कति राम्रा वाक्यहरू बनाइएका छन् जसको मेहनतलाई सम्मान गर्ने पाठक हुनेछन् । वनिता आफ्ना लुगा धुँदा कुशलका पनि तानेर धुने व्यक्तित्वले सबैमा असर पार्ने यी अनेक गुणकी धनी युवती भएको विश्लेषण गरिएको छ । उपन्यासका घटना देखेका भोगेका तथ्य वर्णन जस्तै छन् कुनै कुराको फोटो खिच्ने ठूलो क्यामेराले सबै सामग्रीका चित्र उतारे झैँ गरी उतारिएका ती फोटाहरूका बिम्ब कोरिने चेतनप्रवाह शैली प्रबल छ । यसमा बज्यै, मकरे, आँप, लिची, बिरालो, त्यसका ङ्याउरा, पीपलको रुख, वनिता, कुशल, रामजनम चौधरी, ससानो गुम्ती, गृहपठन पाठनमा जाने छात्रछात्रा, मास्टर भनिएका शिक्षक गुणानन्द झा, भुँडे पण्डित, भुस्याहा कुकुर बजयैको घुँडा दुख्ने समस्या तथा धेरै दुखे पनि आत्था ऐया नगर्ने बानीतर्फ आख्यानको एक धार बगिरहन्छ । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच