
हाम्रो देशको भविष्य अझै अन्योलमा छ । आज युवाहरू विदेश पलायन भइरहेका छन् । नेपालका गाउँघरमा बुढाबुढीबाहेक अरू कोही छैनन् । यो अत्यन्तै चिन्ताको विषय हो । गाउँघरतिर कोही मान्छे मरे पनि लास उठाउने मान्छे छैनन् । गाउँघरतिरका पाखा जग्गा र खेतबारीहरू अधिकांश बाँझो छन् । यस्तो भएपछि यो देश कसरी बन्छ ? देश बनाउन युवा चाहिन्छ । युवाजति विदेश पलायन भएपछि यो देश कसले बनाइदिन्छ ? राजनीतिक दल र तिनका नेताहरू भ्रमको राजनीति गरिरहेका छन् । जनता कहिलेसम्म भ्रममा परिरहने ? अब जनता नै जाग्नुपर्ने अवस्था आयो । यो देशविदेशीहरूको क्रीडास्थल बन्छ कि भन्ने चिन्ता पनि उत्तिकै बढेर गएको छ ।
आज देश प्रौढले मात्र धानेर बसिरहने अवस्था देखिएको छ । यही हो भने भावी पुस्ता नेपालमा अडिने संकेत देखिँदैन । नेपाललाई सुन्दर र शान्त बनाउन युवा नै चाहिन्छ । देशभित्रकै एक कुनाबाट देशकै अर्को कुनामा जानु, गाउँबाट शहर पस्नु यो स्वाभाविक बनेको छ । आज दिनहुँ हजारौं युवा रोजगारीका लागि वा स्थायी बसोवासकै सपना लिएर अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लागिरहेका देखिरहेका छौं । लाखौं नेपाली परदेशमा रोजगारीका लागि काम गर्न गएको दशकभन्दा बढी भइसकेको छ । यसको आर्थिक र सामाजिक असर नेपालमा परिरहेको छ । देशमा विकास नभएर यस्तो भएको हो ।
नेपालमा शिक्षा र स्वास्थ्य निःशुल्क हुने हो भने धेरै समस्या हल हुँदै जाने थिए । यो कुरा बुझेर पनि शासकहरू बुझपचाइरहेका छन् । सबै भन्दा पहिला देशको अस्तित्व जोगाउनुपर्ने अवस्था देखिएको छ । देशका नेताहरू स्वार्थी भए । त्यसो भएर पनि आज देश झन्झन् पछि परिरहेको छ । यो आजको यथार्थ हो । देशमा विकास र समृद्धिका कुरा उठेको धेरै भयो तर कार्यान्वयन पक्ष फितलो भयो । संसार आदर्शले होइन यथार्थले चल्छ । नेपालबाट दुई कारणले मानिस विदेशिने गरेका छन्, रोजगारी र शिक्षा । नेपालमा माओवादी आन्दोलनको समाप्तिसँगै रोजगारीका लागि विदेश जानेको भेल आउन थालेको हो ।
त्यसभन्दा पहिले नेपालमा रोजगारीको अवसरको छेलोखेलो पनि थिएन र देश विकसित पनि थिएन । आज पनि देश उस्तै छ । व्यवस्था बदलियो, जनताको अवस्था उस्तै छ । विदेश गएकाले कठिन परिश्रम गरेर निकै ठूलो मात्रामा वैदेशी मुद्रा देशमा भित्र्याउने काम गरे । यसबाट सबै खुशी नै भए । आममानिसको जीवनस्तर सुधार्न यसले निकै मद्दत मिल्यो । विदेशबाट पैसा आएपछि घरजग्गा कारोबार पनि बढ्यो र धेरै मानिस रातारात धनी पनि बने तर अहिले घरजग्गा कारोबार ठप्प छ । जब यो पुस्ता नै निकै ठूलो मात्रामा अरब र मलेसिया नभएर आफ्नो सपनाको संसार खोज्न अमेरिका, अष्ट्रेलिया र युरोप जानथाले तब यसको धक्का समाजको चारैतिर पर्न थालेको छ । यसरी देश छोडेर गएको युवा नफर्कने स्पष्ट देखियो ।
पुराना राजनीतिक दल र तिनका नेताहरू मुलुकप्रति खासै गम्भिर बन्न सकेनन् । जसले गर्दा देश बर्बादीतिर गयो । सत्तास्वार्थको राजनीतिले मुलुक अघि बढ्न सकेको छैन । देशमा विकासका काम ओझेलमा परेका छन् । अब देशविकास र समृद्धिका लागि युवा जुट्नुपर्छ । देश बनाउने भनेको युवाले हो ।
विदेश जाने क्रम यसरी बढ्यो कि यो कुरा देशमा दीर्घकालीन आर्थिक मन्दीको कारण नै बन्न सक्ने देखियो । घरजग्गा कारोबारमै यही कारणले कहिले उठ्न नसक्ने गरी गिरावट आउने सम्भावना देखियो । जहाँ युवाले नै आफ्नो भविष्य देख्दैनन् त्यहाँ घरजग्गा जोड्दैनन् । कलेज र विश्वविद्यालय विद्यार्थीविहीन हुन लागेको अवस्था देखिएको छ । यस्तै हो भने आउने दशकमा विश्वविद्यालयमा होइन विद्यालयमै बालबालिका नहुने स्थिति आउने प्रष्ट छ । काठमाडौंमा बनेका घर र सटरहरू अझ धेरै खाली हुनेछन् । यस्तो विकराल स्थिति आउनुको कारण युवाहरू विदेश जानेक्रम नरोकिएर हो । केही हजारमात्र वर्षेनी विदेश गएको भए ठूलो समस्या हुने थिएन ।
अहिले चिकित्सक, इन्जिनियर र अर्थशास्त्रीजस्ता नागरिक नै सबैभन्दा धेरै परदेशिने स्थिति आएको छ । यो समस्यामा राज्यले गर्न सक्ने खासै केही नदेखिनु यसको अर्को डरलाग्दो पाटो हो । आज मुलुकको राजनीतिक वातावरण त्यति सहजरूपमा अघि बढ्न सकेको देखिँदैन । जता हेरे पनि अस्तव्यस्त नै देखिन्छ । यसरी मुलुकको भविश्य कसरी बन्ला र ? पुराना राजनीतिक दल र तिनका नेताहरू मुलुकप्रति खासै गम्भीर बन्न सकेनन् । जसले गर्दा देश बर्बादीतिर गयो । सत्तास्वार्थको राजनीतिले मुलुक अघि बढ्न सकेको छैन । देशमा विकासका काम ओझेलमा परेका छन् । अब देशविकास र समृद्धिका लागि युवा जुट्नुपर्छ । देश बनाउने भनेको युवाले हो ।
अब पनि बुढा नेताको हातमा नेतृत्व गयो भने मुलुकको अवस्था जहाँको त्यही हुने निश्चित छ । अहिले हाम्रो देशका सबै पुराना दलमा बुढा नेताहरूले नै नेतृत्व गर्दै आएका छन् । युवाहरू नेतृत्वको दास बने । नेतृत्वलाई कुनै युवा नेताले दबाब दिने आँट अहिलेसम्म गर्न सकेका छैनन् । आँट र साहसले नै मुलुक बनाउने हो । यो युगको माग हो, समयको माग हो । लामो समयदेखिको आन्दोलन, संघर्ष र बलिदानमार्फत देशमा यति धेरै उपलब्धि हासिल भएका छन् । उपलब्धिमाथि कसैले खेलबाड गर्नु हुँदैन र गर्न दिनु पनि हुँदैन । देशमा परिवर्तन ल्याउन धेरै मान्छेको त्याग, तपस्या र बलिदानी छ । यो कुरा कसैले भुल्नुहुँदैन ।
राजनीतिक दलहरू तथा नेताहरूप्रति विश्वास घट्दै गएको छ । सरकारले गलत काम गरिरहेको छ भने नागरिकले खबरदारी गर्न छोड्नुहुँदैन । सरकार भनेको नागरिकको अभिभावक हो । राज्यप्रति नागरिकहरूले आफ्ना गुनासा राख्न पाउने अधिकार छ ।
नेपालका राजनीतिक दल र तिनका नेताहरू बेलाबेलामा बेइमान हुनाले यी समस्या उत्पन्न भएका हुन् । प्राप्त उपलब्धिलाई संस्थागत विकास गर्ने बाटोतर्फ सबै लोकतन्त्रवादी शक्ति इमानका साथ लाग्नुपर्छ । परिवर्तित अवस्थालाई सबैले जोगाएर राख्नुपर्छ । नागरिकहरूको जीवनसँग जोडिएका तमाम समस्या राज्यले सम्बोधन गर्ने नीति कार्यक्रम ल्याउनुपर्छ । नीति ल्याएरमात्र हुँदैन, कार्यान्वयन गर्ने बाटोमा अग्रसर हुनुपर्छ । अब परिवर्तनको संस्थागत विकास गरी मुलुक अघि बढ्नुपर्छ । दिगो विकास नै आजको आवश्यकता हो । शक्तिका लागि जे पनि गर्ने, सत्तामा एकपटक बसिसकेपछि त्यहाँबाट बाहिर आउन नखोज्ने प्रवृत्ति र चिन्तनले नेपालको राजनीति थला परेको छ ।
राजनीतिक दलहरू तथा नेताहरूप्रति विश्वास घट्दै गएको छ । सरकारले गलत काम गरिरहेको छ भने नागरिकले खबरदारी गर्न छोड्नुहुँदैन । सरकार भनेको नागरिकको अभिभावक हो । राज्यप्रति नागरिकहरूले आफ्ना गुनासा राख्न पाउने अधिकार छ । नागरिकहरूको करको सदुपयोग गर्ने काममा राज्य इमानदार बन्नुपर्छ । पारदर्शी र सुशासन कायम गर्ने कुरामा राज्यको ध्यान सधैं केन्द्रित बन्नुपर्छ । आवधिक निर्वाचन, कानुनी शासनको प्रत्याभूति, सुशासन र जवाफदेही सरकार सञ्चालन नै लोकतन्त्रका आधारभूत मूल्यमान्यता हुन् ।
नेपालका राजनीतिक दलहरूले नेपालको शासन प्रणालीको परिवर्तनका लागि निकै लामो संघर्ष र बलिदान गरेका छन् । राजनीतिक परिवर्तनका लागि आमनागरिकले दलहरूलाई साथ र सहयोग गर्दै आएका हुन् । तर, परिवर्तनलाई संस्थागत बनाउने र आफूलाई शासकीय क्षमताको प्रयोगमार्फत आमजनजीवनलाई सहज बनाउने कुरामा अहिले पनि दलहरू र तिनका नेताहरू चुकिरहेका छन् । आजको यो अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य गरेर देश विकासको खाका कोर्नुपर्ने आवश्यकता देखिएको छ । दलहरू मिल्नुबाहेक अर्को विकल्प छैन । आन्तरिक खिचातानीमा मुलुकको भविष्य बर्बाद गरिनु हुँदैन ।
देशको शिक्षा क्षेत्र भयावह छ । हामी विदेशीलाई सस्तो कामदार उपलब्ध गराउने कारखाना बन्दैछौं । पढेका र दक्ष भनिएको जनशक्ति सम्पन्न देशलाई अनि शारीरिक श्रम गर्ने जति खाडी मुलुकलाई पठाएर समृद्धिको आशा गर्नु गलत हुन्छ । हामीले युवा जोश जागरका साथ काम अघि बढाएनौं भने भोलिको पुस्ताले हामीलाई धिक्कार्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच