न्यूजिल्यान्डका ब्याट्स म्यान ब्याक टू ब्याक आउट, नेपाललाई तेस्रो सफलता

तस्वीर क्यान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्यूजिल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

सुवास भण्डारीले नेपालका लागि पहिलो सफलता दिलासँग अहिले न्यूजिल्यान्डको तीन विकेट गिरेको छ । भण्डारीले ११औं ओभरको पहिलो बलमा ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरेका थिए ।

त्यसपछि ३३ रनमा खेलका न्यूजिल्यान्डका ब्याट्स म्यान टोम जोसलाई तिलक भण्डारीले आउट गरे । भर्खरै दीपेश  कँडेलले पनि अर्को विकेट हात पारे । कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै तेस्रो सफलता दिलाएका हुन् ।

१४ ओभरको समाप्तिमा अहिले न्यूजिल्यान्डले ६९ रन बनाएर खेलिरहेकाे छ भने ३ महत्वपूर्ण विकेट गुमाइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?