प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुदै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैँछन् । आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मीबीच खेल हुदै छ । त्यस्तै अर्को खेल टियु मैदानमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेश र कोशी प्रदेह्सबीच हुदै छ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै बागमती प्रदेश र मधेश प्रदेशले आफ्ना ६/६ खेलमा ८/८ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ ।

त्यस्तै त्रिभुवन आर्मी क्लब र एपीएफको ४/४ खेलमा ४/४ अंकसहित पाँचौं र छैटौं स्थानमा रहेका छन् । त्यस्तै कर्णाली प्रदेश ५ खेलमा ४ अंकसहित सातौं स्थानमा छ भने गण्डकी प्रदेशले ४ खेलमा एक जितसहित २ अंक हासिल गर्दै आठौँ स्थानमा छ ।

त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र नवौं स्थानमा छ कोशी प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?