बराबरीमा रोकियो पीएसजी

हिमालय टाइम्स
Read Time = 1 min

पेरिस । लिग वान अन्तरगतको खेलमा साबिक विजेता पेरिस सेन्ट जर्मेन ब्रेस्टसँग बराबरीमा रोकिएको छ । दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी खेलमा टोली २–२ को बराबरी खेल्न बाध्य बनेको हो ।

मार्को असेन्सियो र रान्डाल कोलो मुआनीको गोलमा पीएसजीले अग्रता लिएको थियो । तर दोस्रो हाफमा महदी कामारा र म्याथियस परेराले गोल गर्दै ब्रेस्टका लागि एक अङ्क बटुले ।पीएसजीका फरवार्ड ब्राड्ली बारकोलाले खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए ।

बराबरीका बाबजुद टोलीले शीर्ष स्थानमा ६ अङ्कको अग्रता कायम राखेको छ । १९ खेलबाट पीएसजीको ४४ अङ्क रहेको छ । शनिबार मेट्जलाई हराएको निस ३८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *