बझाङमा सवारी साधन चेकजाँचमा कडाइ, जिपको छत हटाउँदै ट्राफिक

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 4 mins

बझाङ । बझाङमा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । यात्रागर्ने यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन तीव्र गरिएको छ । जिल्लामा पछिल्लो समय ट्राफिक नियम उल्लघंन गरि सवारी चलाउनेको संख्या बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

दैनिकजसो चेकजाँच गरिएको र नियम उल्लघंन गरि सवारी चलाउनेलाई कारवाही स्वरुप जरिवाना गर्ने गरिएको छ । लामो तथा छोटो दुरीमा चल्ने यात्रुवाहक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भीडभाड गरे/नगरेको, बढी भाडा लिए/नलिएको, जस्ता विषयमा अनुगमन थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पुष्कर सिंह विष्टले बताउनुभयो ।

ट्राफिक प्रहरीले अनुगमन तथा चेकजाँतकोे क्रममा छोटो दुरीमा चल्ने जिपको छत हटाउन पनि शुरु गरेको छ । सडक दुर्घटना न्यूनीकरणको लागि भन्दै जयपृथ्वी राजमार्ग तथा शाखा सडक खण्डमा सञ्चालनमा रहेका जिपको छत हटाइएको हो। जिल्लाको बागथला, झोता, तमैल , चैनपुर लगाएत विभिन्न शाखा सडकहरुमा दैनिक रुपमा सवारी साधान अनुगमन र अनुगमन र चेकचाँज गर्ने गरेको उहाँले बताउनु भयो । दिनहुँजसो ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधन कार्वाहीमा पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत सुरेश चन्दले बताउनु भयो ।

नियम उल्लंघन गर्नेलाई कारवाही

जिल्ला ट्राफिक प्रहरी कार्यलय बझाङले नियम उल्लङ्घन गर्ने सार्वजनिक सवारी साधनलाई कारवाही गरेको छ । आर्थिक वर्ष २०८०–८१ को हालसम्ममा १ हजार ४ सय १० सवारी साधान कारबाहीमा परेका छन् । सवारी साधन दुर्घटनामा पर्दा यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मापसे, मोबाइल फोनको प्रयोग, ओभरलोड, यान्त्रिक गडबडी र सडकका कारणले बढि सवारी दुर्घटना हुनेगरेको पाइन्छ । चालु आर्थिक वर्षको साउन देखि हाल सम्म भएका सवारी कारबाहीबाट ७ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख बिष्टले बताउनुभयो । यो माघ महिनामा मात्रै १५ गते सम्म १ सय १५ सवारी साधान कारबाहीमा परेका छन् । कारबाहीबाट ५५ हजार रुपियाँ राजस्व संकलन गरिएको छ ।

कारबाही पर्नेमा बढी मोटरसाइकल र छोटो दुरीमा चल्ले सवारी साधान रहेका छन् । यसको नियन्त्रण र न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संगै सवारी धनी, सवारी चालकलगायत यात्रुहरुलाई पनि सुझाब सल्लाह दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?