दिवसको आसय कुनै घटना, सम्झना, उत्प्रेरक ऐतिहासिक तिथिको मान वा हाम्रो वर्तमान समयलाई अनुुकूूलता, समृद्धि, नवअभिनव मोड र आयाममा पदार्पण गराउने माङ्गलिक मुुहूूर्त हो । जसलाई हामी प्रतिवर्ष मनाउँछौँ । हाम्रा राष्ट्रियदिवस वाउत्सवहरू रङविरङका छन् भने अन्तर्राष्ट्रिय तथा विश्व दिवसहरू मानवमात्रका साझा र अनेकतामा एकता भर्ने असार सार बोकेका पर्व हुन् । दिवस संस्कृत भाषाबाट आएको तत्सम शब्द हो । यसको पर्यायवाची शब्दहरू ‘घस्र, दिन, अहन्, दिवस, वासर, वार, हो । ‘दिउँसो’ भन्नाले लाक्षणिक अर्थमा उज्यालो, प्रकाशमय वा छ्याङ्ग देखिने हितकर समय भनेर बुुझिन्छ । दिवसहरू बहुुआयामिक हुन्छन् । सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, आध्यात्मिक, साहित्यिक, प्राकृतिक, वातावरणीय, स्वास्थ्य, कानुनी, भेषभूूसा आदि ।
यस्ता दिवस वा उत्सवले तत्तत् क्षेत्रमा नवआलोक, सुनौलो अध्याय, कल्याणको श्रीगणेश, मानवमात्रलाई सचेत गराउने, सही मार्गमा हिँडाउन निर्देश र उत्प्रेरणा भर्ने उर्जा बोकेकैले यसलाई उत्सव, महोत्सव, पर्व, महापर्व आदि रूपमा मान्ने परिपाटी चलेको हो । त्यसैले त दिवस हर समाज र देशको पहिचान, लक्ष्य तथा कर्तव्यप्रति होसियार बनाउने पावन तिथिमिति भनेर बुुझिन्छ ।
आमा बाको मुुख हेर्ने दिवसमा सामाजिक सञ्जालमा नानाभाँतिका तस्विर पोष्ट्याएर माया, श्रद्धा, प्रेम र आत्मीयताको नटखट गरी चाउरी परेका चर्म सुुमसुुम्याउँछौँ । बजारका बिखादी केक काटेर अनुहार सिँगार्दै हर्षपूूर्ण दिन वा जन्मदिवस नभनेर ‘हृयापीबर्थ डे’ कोे आङ्गल गानामा मानाका माना सुरा पिएर बहादुरी देखाउँछौँ ।
‘बुुझ्नेलाई श्रीखण्ड नबुुझ्ने वा बुुझी बुुझी बुुझ पचाउनेलाई खुुर्पाको बिँड’ बन्न पुुगेका छन् यहाँ दिवसहरू, जुन हाम्रै लापरबाहीका परिणति हुन् । जसले गर्दा मानवजीवनलाई संकटतिर धँकेलिरहेको छ । हामीले दिवसलाई झारा, करबलको काम, जाँगर लागी नलागी गरिने कर्मकाण्ड बनाएर ब्रहृमाण्डमाथि नै खेलबाड गरिरहेका छैनौँ ? सोचनीय छ । हरेक दिन एक वा एकभन्दा बढी दिवसहरू परिरहेकै हुन्छन् । हामीले मनाउने दिवसहरू आमा अर्थात् मातृ दिवस, बुुबा, बाल, युवा, प्रणय, मित्रता महिला दिवस आदि छन् । जसले ती पक्षमा वा क्षेत्रमा सौहाद्र्रता, समझदारी, उत्थान र समृद्धिको सुुव्यवस्थापन गर्न अब्बल सोचका योजना तर्जुुमा गर्न सघाउ पुुर्याउँदछन् ।
हामीले वर्षको एकपटक आउने पर्वका रूपमा रहेका उल्लासमय क्षणलाई खोक्रो देखावटी, कृत्रिम, ढोँगी, पाखण्डी र बकम्फुुसे बनाएर दिवसको मर्मलाई शर्म पचाएर उल्कै मच्चायौँ बा ! आमा बाको मुुख हेर्ने दिवसमा सामाजिक सञ्जालमा नानाभाँतिका तस्विर पोष्ट्याएर माया, श्रद्धा, प्रेम र आत्मीयताको नटखट गरी चाउरी परेका चर्म सुुमसुुम्याउँछौँ । बजारका बिखादि केक काटेर अनुहार सिँगार्दै हर्षपूूर्ण दिन वा जन्मदिवस नभनेर ‘हृयापीबर्थ डे’ कोे आङ्गल गानामा मानाका माना सुरा पिएर बहादुरी देखाउँछौँ । तर, तीन सय चौसठ्ठी दिनका यथार्थ दिनचर्या भने ती आदरणीय सुुपात्रहरूमा हेला, घृणा, अपमान, उपेक्षा राप तापमा सेकाउँछौँ । यसैले त हाम्रो जीवनयात्रा विपरीत दिशातिर यात्रारत हुुन्छन् ।
वृद्ध वयका जननी जनकलाई बेवारिसे बनाएर आफ्नै ऐसआराममा मग्न बन्ने सन्ततिको बढोत्तरी त भइरहेका छैनन् ? नियाल्न जरुरी छ ।
युुवा, बालबालिका र महिला दिवसमा उनीहरूको उत्थानार्थ स्वैरकल्पनाका कार्यपत्र पढ्ने विज्ञ, त्यसको प्रमुख आथ्यिता लिने भाषणबाज मन्त्री, बिलका नक्कली चिल उडाएर मस्ती मार्ने आयोजक, तारे होटलको रङ्गन खाना र किमती विदेशी नाना भिरेका ठूला मान्छे देखेर यहाँ दिवसका आत्माहरू रोइरहेका छन् । रोजगारीको नाममा नवप्रतिभा युवाशक्तिको विदेश पलायनको रणनीति, बालबालिका तथा महिलाको हाकाहाकी तस्करी गर्ने गिरोह, अवैध वस्तुुका आयात-निर्यात झुुण्ड, उत्तर वयका आदरणीयलाई अनादरणीय बनाएर सडक, पाटी, चौबाटो र आश्रममा धकेल्ने दुुर्दान्त परिवेशका खल चरित्र झन् फराकिँदै छन् ।
पाका, बालबालिका, युवा, महिला आदिका नाममा दिवस मनाउनुुको औचित्य यसरी पुष्टि हुन्छ त ? त्यसैगरी ठीक समयमा कृषकलाई बिउबिजन, मल र कीटनाशक ओखती, सिँचाइ दिन आलेटाले गर्ने जनदरकारहीन लवस्तरो सरकारले कृषिप्रधान देश भनेर कौलास्दै धान, कोदो, तोरी, मकै, फलफूल आदि दिवसका भद्दा र रमिता कमिक गरेर यहाँ दिवसलाई औधि हलुुङ्गो र हल्लुुँडो बनाएको कति भइसक्यो । धरोधर्म के भन्नुु हजुर ! वनस्पति दिवसकै दिन सघन जङ्गलहरू फाँडेर वनदिवसको उपहास गर्ने जोक्करका भीड दिवसको लगौँटी फुुस्काउन उद्यत हुँदा यी तिथिहरूले डाको छोडेर आँसुु कति झार्ने ?
प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, गणतन्त्रका सुुकिला मार्मिक पर्वलाई व्यवहार र आचरणमा अनुवाद गर्नुभन्दा दुुर्भाषणका कोरा सिद्धान्त छाँटेर मैलोधैलो बनाउने सर्दारतन्त्रले नादिर शाहको निमन्त्रणा गर्दैन र ? पानी, वातावरण संरक्षण, पृथ्वी, अहिंसा, पर्यटन आदि दिवसका डङ्का पिट्ने सुुपर पावर देशका अगुवाहरू प्रतिदिन अणुुपरमाणुु, विषादि ग्यास, क्षेप्यास्त्र, शस्त्रास्त्ररूका परीक्षण, बेपर्बाह कार्बन उत्सर्जन र उत्पादन गरेर ब्रहृमाण्ड मैल्याउने किन बनिरहेका छन् ?
‘मुखमा राम राम र बगलीमा छुरा’ उखान चरितार्थ भएन र ? महाशक्ति वा विकसित भनाउँदा देशका कथित राजनेता अहिंसा दिवस मनाएकै दिनलाई शुुभारम्भ तिथि ठम्याई सासाना देशहरूमा युद्धको बीज रोपिदिएर आफ्ना घातक हातहतियार बिक्री गर्ने बजार तन्काउनु पृथ्वी दिवसलगायतका अन्य सकारात्मक अभियानमा तुुषारापात गर्नु होइन र ? ‘महाजनो येन गतः स पन्था’ यो सूूक्तिलाई निमठेरै मुुक्ति दिने भए गाँठे ठूला र धनी देशका दादागिरीहरूले !
छन्ददिवसको दिन छन्द न बन्दका कविता लेख्ने कवि, सधैँ मुडुलो कुदेर टोपी दिवसमा मात्र भादगाउँले, पाल्पाली, पोखरेली, पूूर्वेली शिरपोस ढल्काएर सञ्जालको जञ्जालमा किच्च मैला दाँत देखाएर हाँस्ने राष्ट्रवादको उद्घोष गर्ने मजस्ता बेबकुफको बकुन्द्रा देख्दा कसलाई वेद पढ्न मनलाग्छ र ?
त्यसैगरी मुटु, क्षयरोग, मिर्गौला, मधुमेह, ग्याष्ट्रिक, थाइराइड आदि अनगिन्ती रोगहरूको शमन वा दमन गर्न र त्यसबाट बँच्न मनाइने दिवस पनि व्यापारिक विज्ञापनमा वित्त सोहोर्ने चित्तकै ट्याक्टिस भइरहेका छन् । ‘जो गाउँका मुखिया उनै बाटा......वा’ बनेछि कसको बाउको के पित्ताम ! निर्यात दिवसकै पावन दिन मन्त्रीले नेपालको वन, जडिबुटी, तालकुण्ड, नदी, पोखरीको संरक्षण वृक्षारोपण, नहर र कुलो निर्माणले खाद्यान्नलगायत अन्य पक्षमा आत्मनिर्भर हुँदै गएको उनको शब्दमा तथ्याङ्क प्रस्तुत गरे ।
एक हप्ता बित्दा नबित्दै मन्त्रीको तथ्याङ्क मिथ्याङ्कमा रूपायित भयो बा ! पचास खरबको धान, कोदो र मकैजस्ता अन्न आयातमा मन्त्रीद्वारा अमुक देशसित सम्झौतापत्रमा हस्ताक्षर भन्ने समाचार पो ब्यानरन्युज बनेर आयो । हे वाक्तस्कर, हे वाचाल, हे वाक्स्याल कति दिन झुठमुठको अश्रुुग्यास जनतालाई हान्ने ? त्यसै गरी छन्ददिवसको दिन छन्द न बन्दका कविता लेख्ने कवि, सधैँ मुडुलो कुदेर टोपी दिवसमा मात्र भादगाउँले, पाल्पाली, पोखरेली, पूूर्वेली शिरपोस ढल्काएर सञ्जालको जञ्जालमा किच्च मैला दाँत देखाएर हाँस्ने राष्ट्रवादको उद्घोष गर्ने मजस्ता बेबकुफको बकुन्द्रा देख्दा कसलाई वेद पढ्न मनलाग्छ र ?
क्षयरोग दिवसका दिन जुलुसमा सहभागीहरू पान, पानपराग, करेन्ट, कामना, अङ्कल, यमदूतजस्ता पकेट च्यात्दै मुुखमा गमक्र्याएर जात्रा मच्चाएका छन् भने चुुरोटभक्तहरू चुरोट सल्काउँदै वायुमण्डै बुुङबङुती पारेका छन् । अर्का थरी सडकमै हाकाहाकी कुहिएको सुुर्ती माड्दै हात फड्कारी रहेका छन् भने कोही नजिकको भट्टी पसलमा लोकल ठर्रा तानेर टर्रा लयमा नारा घन्काउन अभ्यस्त छन् । ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ गरेर मनाएको दिवसले उत्सव र उल्लास कता भर्नुु ?
यो व्यवहारले त दिवसको गूूढतालाई मूूढतामा छँटाएर कान समाई उठबस गराएको देख्दा नारायण हरि ! राम राम ! भन्नै पर्ने पो भो, ए राता मकै ! कथा दिवसमा अकथा वाचन गर्ने विकथाकार हुन् वा शरणार्थी दिवसकै दिन नागरिक बेच्ने ठूलो मान्छे हुन्, हातधुने दिवस मनाई अबेला धर आएर केही पनि अङ्ग नपखाली भात भकुर्ने भकुुरकान्त हुन् वा योगदिवसको दिनमात्र योगमा भाते थैलो हल्लाउने हात्तीपेटे हाकिम हुन् यी सबै दिवसका ऐजेरु र रात हुन् । सहकारी दिवसकै दिन खर्बौ कुम्ल्याएर हजारौँ जनताले खाइनखाई जम्मा गरेको धनराशि बोकेर फरारहुने त्यसका अध्यक्ष वा हाकिम किन नहुन् यी सबै दिवसका राहुुकेतु र शनिश्चर हुन् ।
विश्व बसोवास दिवसको सम्मेलनमा भर्खरै भाग लिएर आएका राता र ताता मान्छेहरूले लगत्तै देशमा पुुग्नासाथ जनतालाई उठिबास बनाएर लखेट्ने प्रवृत्तिले दिवसको चुुरोमा चुुप्पी चलाइरहेको छ । सबै क्षेत्रका दिवस वा सुुकिला उत्सवलाई विशाद, अभिशाप, कबाडी, कुडाकर्कट, खोक्रो र फाटेको धोक्रो बनाउनेहरूलाई अब कोक्रोमा राखेर समुुचित दण्ड दिई उद्दण्ड चण्डबृत्ति परिखण्डन गर्नै पर्छ । ‘सुतबस र उठबस’ को रोइलोमा दिवसको ऊर्जा उल्कापुर्जा नबनोस् ! जय दिवस ! पार्न पाइन्न विवस ! समाप्तम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच