काठमाडौं । आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को प्रमुख निर्णायकमा प्रोफेसर शिए फेइ रहनुभएको भएको छ । चाइनिज चलचित्र निर्देशक तथा प्रोफेसर फेइ निफको फिचर फिल्म प्रतिस्पर्धातर्फ प्रमुख निर्णायकको रूपमा नेपाल आउनुहुने भएको हो ।
महोत्सव अध्यक्ष केपी पाठकले फेइले निर्णायकको भूमिकासँगै चलचित्र लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी दिनुभयो । मास्टर क्लासअघि उहाँको अन्तिम निर्देशन रहेको चलचित्र ‘सङ अफ तिब्बत’ देखाइने अध्यक्ष पाठकल बताउनुभयो । बेइजिङ फिल्म एकेडेमीबाट निर्देशनमा स्नातक गर्नुभएका शिए फेइले सन् १९९० मा निर्देशन गरेको ‘ब्ल्याक स्नो’ले बर्लिनको दोस्रो ठूलो अवार्ड सिल्भर लाइन जितेको थियो ।
त्यसको तीन वर्षपछि उहाँलेनै निर्देशन गरेको ‘वुमन सिसम ओइलमेकर’ले बर्लिनको मुख्य अवार्ड गोल्डेन बेयर जितेको थियो । सन् २००० मा ‘सङ अफ तिब्बत’ निर्देशन गरेयता उहाँले कुनै चलचित्र निर्देशन गर्नुभएको छैन ।
बेइजिङ फिल्म एकेडेमीका पूर्वउपाध्यक्षसमेत रहनुभएका शिए फेइ सन् १९८० देखि निरन्तर प्राध्यापनमा संलग्न हुनुहुन्छ । अहिले विश्व सिनेमामा नाम बनाउनुभएका चेन काई, तिआन् झाङझुङ, झाङ यिमाऊ, जिया जाङके शिए फेइकै विद्यार्थी हुनुहुन्छ । ८० वर्षको उमेर पार गर्नुभएका शिए फेइ अहिले पनि नयाँ पुस्ताका चलचित्रकर्मीका लागि आर्ट कन्सल्टेन्टको रूपमा काम गर्नुहुन्छ ।
निफको वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका चलचित्रको प्रदर्शनसँगै महोत्सव अवधिभर चलचित्र निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच