कलिलो प्रजातन्त्र छिप्पिन नपाउँदै माओवादीले क्रुर हिंसाको बाटो समात्यो । दश वर्षसम्म सशस्त्र युद्व नाम दिइएको हत्याहिंसाले मुलुक आतंकित हुन पुग्यो । भर्खर वामे सर्दै गरेको प्रजातन्त्र माओवादीको व्यक्ति हत्याको बढ्दो क्रमले मानिसहरू असुरक्षित हुन थाले । त्यस्तो हत्याहिंसाको कारण प्रजातन्त्रका जरा खलबलिन पुगे । त्यसमा तत्कालीन प्रमुख प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी एमालेको उछृंखल र असंसदीय चरित्रले यसै पनि प्रजातान्त्रिक प्रणालीमाथि मानिसहरूको अविश्वास बढाउँदै गएको थियो । त्यसमाथि माओवादीको उद्दण्डता र आतातायी गतिविधिले देशवासीहरूमा सहनु कि कहनुको अवस्था सिर्जना गरिदियो । त्यो प्रजातन्त्रकालको एउटा छुट्टै व्यथा कथाबीच समय गुज्रिरहेको थियो ।
उता दलहरूको आपसी अन्तरकलहले विशेष गरेर नेपाली कांग्रेसकै कारण सहमतिको बाटो कमजोर हुँदै गएको थियो । त्यसको राजनीतिक फाइदा राप्रपाले लिन पुग्यो । बामदेव गौतमले महाकाली सन्धिको विषयलाई लिएर नेकपा एमाले फुटाएपछि अर्को ठूलो पार्टीमा आन्तरिक बिग्रहले गाँज्यो । कांग्रेस पनि आधिकारिक रूपमा नफुटे पनि भित्रभित्रै भुसको आगो झैँ भइरहेको थियो । अन्ततः पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि पार्टी फुटाउनुको अर्को विकल्प देउवासँग थिएन ।
वर्तमान राजनीतिक अवस्था प्रतिक्रान्तिका लागि अत्यन्तै अनुकूल ठहर गर्दै लोकतान्त्रिक गणतन्त्रको विरुद्ध संगठित आवाज बुलन्द भइरहेको स्थिति विद्यमान छ । हुन पनि परिवर्तनकारी दलहरूको गैरजिम्मेवारी र मैमत्तापनले विगतमा मुन्टो उठाउँनै नसक्ने गरी बढारिएका पुरातनवादीहरू अहिले उत्साहजनक रूपमा देखापरेका छन् ।
नेपाली कांग्रेसमा ठूलो अन्यौल पैदा भयो । नेता तथा कार्यकर्ता बाँडिन थाले । देउवाले पनि पार्टी ब्रेकमात्रै गरेनन् संसद्समेत भंग गरी निर्वाचनको मिति पनि तोके । तर, तत्कालीन सात राजनीतिकदलहरू चुनावमा जान आनाकानी गरेरपछि सहमतिमै चुनाव सार्ने निर्णय भयो । यो निर्णय दरबारमा पठाइयो तर घटनाक्रमले राजा बनेका ज्ञानेन्द्रले त्यही मौका छोपी सत्ता हत्याउन पुगे । ज्ञानेन्द्रले सत्या हत्याएपछि फेरि अर्को प्रकारको आतंक मच्चियो । जननिर्वाचित सरकार अपदस्त गरी राजकीय सत्ता आफ्नै हातमा लिएपछि पुनःतत्कालीन सात राजनीतिक दलहरू एकै ठाउँमा जोडिन थाले र निरंकुश बन्न खोजेका राजाविरुद्ध सशक्त आन्दोलन गर्नतिर लागे । यो प्रसंग विषय प्रवेशको सन्दर्भमा संक्षिप्त रूपमा राखिएको हो ।
देशको विद्यमान अवस्था अझै भयानक र डरलाग्दो तरिकाले अघि बढिरहेको छ । यसै पनि सरकार कमजोर धरातलमा निर्माण भएकाले कुनै बेला ढल्नसक्ने स्थितिमा देखिन्छ । प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमाले पनि चरम असहिष्णु र असमझदारीबाट गुज्रिरहेको मौका छोपी यथास्थितिवादी शक्तिहरू सल्बलाएको त छरपष्ट देखिएकै छ । राज्य वा सरकारको असक्षमता र कुशासनविरुद्व आवाज बुलन्द गर्नु प्रजातान्त्रिक प्रणालीमा स्वभाविक भए पनि पूर्वराजा ज्ञानेन्द्रले राज्यमा आफ्नो उपस्थिति (स्पेस) खोज्न थालेको अवस्था भने निश्चय शुभसंकेत होइन ।
वर्तमान राजनीतिक अवस्था प्रतिक्रान्तिका लागि अत्यन्तै अनुकूल ठहर गर्दै लोकतान्त्रिक गणतन्त्रको विरुद्ध संगठित आवाज बुलन्द भइरहेको स्थिति विद्यमान छ । हुन पनि परिवर्तनकारी दलहरूको गैरजिम्मेवारी र मैमत्तापनले विगतमा मुन्टो उठाउँनै नसक्ने गरी बढारिएका पुरातनवादीहरू अहिले उत्साहजनक रूपमा देखापरेका छन् । उनीहरूको एजेण्डा लोकतान्त्रिक गणतन्त्रविरुद्व लक्षित देखिन्छ जुन वर्तमान व्यवस्थाका लागि सुखद् भने अवश्य छैन र होइन पनि । पूर्वराजा ज्ञानेन्द्र पुनः राजगद्दीमा आरोहणको तीव्र आकांक्षी देखिनुले लोकतान्त्रिक गणतन्त्रमाथि कालोबादल मडारिराखेको छ अर्थात् धरापमा लोकतान्त्रिक गणतन्त्र छ भन्ने प्रष्ट बुझ्न सकिन्छ ।
यसको पछाडि यिनै कांग्रेस कम्युनिष्टहरू नै प्रमुख जिम्मेवार छन् र हुन् । भ्रष्टाचारको इस्युले आमनेपालीमा धेरै आशंका जन्माइदिएको छ । भ्रम नै किन नहोस् जब भ्रष्टाचारजन्य मुद्दा बाहिर छताछुल्ल भएर आएपछि सम्बन्धित पक्षले सफाइ दिनुपर्ने थियो तर गोलम्टोल गर्दै अलमल्याउने काम भएकाले जनतामा उब्जिएको आशंकालाई थप पुष्ट्याइँ हुन गएको छ । यदि भ्रष्टाचार नै भएको रहेछ भने पनि त्यसको सजाय संघीय लोकतान्त्रिक गणतन्त्रले पाउनु भएन । जसले बदमासी गरेको छ तिनीहरूलाई प्रचलित कानुन बमोजिम दण्ड जरिवाना गरिनुपर्छ । तर, यही कारणले राजनीतिक प्रणालीमाथि नै धाबा बोल्नु सरासर गलत मनसाय देखिन्छ ।
राजा आऊ देश बचाऊ भन्ने नारा जुन सोसल मिडिया र प्रिन्ट मिडियाहरूमा आएका प्रोपोगण्डाहरू निकै खतरापूर्ण छन् । स्वयं पूर्वराजा ज्ञानेन्द्र शाहको सल्बलावटले राजकीय शक्तिसहितको शासक बन्ने मनसाय झल्किन्छ । यसर्थ यस्ता निरंकुश राजा त्यसमा पनि आजको २१औं शताब्दीमा किमार्थ शोभनीय हुँदैन । जनताको अभिमत प्राप्त गरेर सत्तामा जानु स्वाभाविक भए पनि अरूको कमीकमजोरीका कारण आफू सत्तामा जाने चाहाना राख्नु भने निसन्देह मृगतृष्णाबाहेक अरू केही होइन ।
अहिले सार्वजनिक भइरहेका आवाजहरू सुन्दा हिन्दुवादीहरू राजाको छत्रछायामा मात्र आफूलाई सुरक्षित ठान्दछ्न भने त्यस्तै दुवै राप्रपा तथा दुर्गा प्रसाईं प्रवृत्ति पनि राजतन्त्रको स्थापनामा मात्रै आफ्नो भविष्य सुनिश्चित ठान्दछन् । उनीहरू सबै आफूलाई स्वाभिमानी नागरिक स्वीकार गर्न तयार देखिँदैनन् ।
यसै पनि ठूला भनिएका दलहरूप्रति नागरिकहरूको विश्वास घट्दै गएको छ । सत्य तथ्य के हो पुष्टि हुन सक्दा नसक्दै बाहिर आएका हल्लाको आधारमा कसैलाई दोषी करार गर्नु न्यायसंगत हुँदैन । त्यसमा पनि सत्तामा रहेका व्यक्तिले राज्य शक्तिको दुरुपयोग गरेको रहेछ भने ती व्यक्ति देशको प्रचलित कानुन बमोजिम दण्ड जरिवानाको भागी बनाइनुपर्छ न कि संघीय लोकतान्त्रिक गणतन्त्रको कत्लेआम गर्न पाइँदैन अर्थात् ‘बाख्राले खेती खाने बोकाको कान काट्ने’ हुनु भएन तर अहिलेको राजनीतिक घटनाक्रामले त्यतैतिर लक्षित गरेको संकेत पाइन्छ ।
अन्याय भयो, बेथिति भयो, भ्रष्टाचार आदि भयो भने समय आउँछ जनतामा जाउला र अन्याय, बेथिति र भ्रष्टाचार आदिको विरुद्ध जनमत निर्माण गरेर त्यस्ता गलत तत्वलाई पाखा लगाउने हो ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ हुनुहुँदैन । हो यहाँ अन्याय, बेथिति र भ्रष्टाचारका विषय अनगिन्ती उठान भएका छन् तर ती अन्याय, बेथिति र भ्रष्टाचार आदिका घटनाको पहिले त स्वतन्त्र रूपले प्रमाणित हुनुप¥यो अनिमात्रै दोषी ठहर गरिनुपर्छ । अन्यथा जसलाई जे जे मन लाग्यो त्यही त्यही भन्दैमा दोषी करार गर्न सकिँदैन पाइँदैन ।
यदि हामीले इमानदार भएर अन्याय, बेथिति र भ्रष्टाचार आदि विषय उठान गरेका हौं भने त्यस्ता घोटालाको सत्यतथ्यको आधारमा छानविन गरी दोषीलाई कानुनी कारबाही हुनुपर्छ न कि व्यवस्थै परिवर्तनको कुरा गर्नु वा राजतन्त्रको पुनस्र्थापनाको मुद्दा उठाउँदा बद्नियत प्रष्टसँग देखिन्छ । ‘राजा आउ देश बचाऊ’ भन्ने जुन नारा आएको छ यसको पछाडि असल नियत देखिँदैन । यदि हामीलाई राजा नै चाहिने हो भने वा हिन्दु धर्म नै चाहिने हो भने नेपालको संविधान २०७२ अपरिवर्तनीय छैन परिवर्तनशील (संशोधनीय) छ दुई तिहाइ बहुमत ल्याएर जे जे परिवर्तन गर्नुपर्ने हो गर्न सकिन्छ ।
संविधान संशोधनतर्फ नलाग्ने जुन आफैंमा वैधानिक बाटो खुला छ तर सडकबाट उक्त कुराहरू प्राप्त गर्न खोज्ने हो भने सडक संघर्ष नै रोज्नुपर्ने हुन्छ । यद्यपि अहिले सार्वजनिक भइरहेका आवाज सुन्दा हिन्दुवादी राजाको छत्रछायामा मात्र आफूलाई सुरक्षित ठान्दछ्न भने त्यस्तै दुवै राप्रपा तथा दुर्गा प्रसाई प्रवृत्ति पनि राजतन्त्रको स्थापनामा मात्रै आफ्नो भविष्य सुनिश्चित ठान्दछन् । उनीहरू सबै आफूलाई स्वाभिमानी नागरिक स्वीकार गर्न तयार देखिँदैनन् । हामी नेपालीहरू २००७ सालसम्म स्वतन्त्र र स्वाभिमानी नागरिक थिएनौं । त्यसपछि मात्र यो देशको स्वाभिमानी नागरिक बनेका हौं । अझै हामीमा त्यही दास प्रवृत्तिले गाँजिरहेको पाइन्छ । त्यहीँ सोचबाट अझै नेपालीमुक्त हुन नसक्नु विडम्बनाको कुरा हो । तथापि आजको ताजा राजनीतिक परिदृश्यले लोकतान्त्रिक गणतन्त्र धरापमा रहेको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच