
काठमाडौं । चलचित्र ‘उपहार’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक तीन मिनेटको ट्रेलरमा प्रेम, रोदन, खुसी, पीडा र कमेडीको सम्मिश्रण छ । ट्रेलरमा अभिनेत्री रेखा थापालाई चियावालीका रूपमा चित्रित गरिएको छ । यही फागुन २५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रमा मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राणा, अंशु महर्जनलगायतको पनि अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुनुहुन्छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।
अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, शाश्वत श्रेष्ठको ब्याग्राउण्ड स्कोर तथा मित्र डी गुरुङको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच