आज आमजनता सनातन धर्म सापेक्ष अधिराज्यको पक्षमा एक हुँदै गइरहेका छन् । नेपाली कांग्रेसभित्र पनि एउटा पक्ष हिन्दु राष्ट्रको पक्षमा संगठित हुँदैछ, वामपन्थी खेमाभित्र पनि हिन्दु राष्ट्रको नारा फैलिँदै गइरहेको छ । सिपी मैनालीलगायत वामपन्थी नेताहरू पनि राजा नभए राष्ट्र रहँदैन भन्ने पक्षमा लागेका छन्, माओवादी नेता, कार्यकर्ताहरू हिन्दु अधिराज्यको पक्षमा खुलेर नबोले पनि ग्रहशान्ति, रुद्री, सत्यनारायण कथा लगाउनतिर लागिरहेका छन् । हिजोसम्म कर्मकाण्डी ब्राहृमण, भागवत कथा वाचकहरूको हत्या गर्ने र मन्दिर भत्काउने, मन्दिरमा फोहोर गर्ने माओवादीहरू पनि धर्मकर्ममा लागेको देखिन्छ । समग्रमा हेर्दा धर्मलाई अफिम भन्नेहरू पनि धर्मकर्ममा लागेका छन् ।
यो सकरात्मक पक्ष हो तर विदेशी शक्तिहरूद्वारा आफ्ना प्रतिनिधि वा भायसरयमार्फत सञ्चालित सनातन धर्मविरोधी योहरूको विरोधमा आवाज उठाउनेहरूको संख्या धेरै छ । एउटा सबल र विश्वसनीय नेतृत्वको कमी मात्रै हो । दुर्गा प्रसाईं एक्लै अहिले सडकमा छन् तर उनको आफू प्रधानमन्त्री बन्ने महत्वाकांक्षाको उद्घोषले अरू व्यवस्थाविरोधी शक्तिहरू एकबद्ध हुन सकेका छैनन् । नानी पाउने कहिले हो कहिले तर कन्दनी बाट्ने हतारो जस्तै गर्दैछन् दुर्गा प्रसाईं । उनी स्पष्ट वक्ता हुन् । उनले भनेका कुरा चाहे सोह्र भाइ मारबाडीका हुन् वा नेताहरूका सत्य सावित हुँदै गइरहेको छ । तैपनि उनी सफलताको बाटोतिर अझै अग्रसर हुन सकेका छैनन् ।
कमल थापाले त गणतन्त्रको स्वस्तिवाचन नै गरेका थिए, उनलाई विस्थापित गरी राजेन्द्र लिङ्देल आए । सुरुमा हेर्दा उनले केही गर्छन् जस्तो पनि जनतालाई लागेको थियो तर उनको दोहोरो रूप देखियो, गणतन्त्रको महमा पनि डुब्ने र राजाको सामीप्य पनि खोज्ने ।
राप्रपाको दोहोरो भूमिका देखिएको छ । धर्मनिरपेक्ष गणतन्त्रको विरोध पनि गर्ने तर यसको उपयोग गरेर सत्ताको सुख पनि भोग गर्ने । अर्कोतिर दुर्गा प्रसाईंलाई समाप्त पारी आफू नायक बन्ने होडबाजी पनि छ । केशरबहादुर विष्टको राष्ट्रिय शक्ति पार्टीको गति पनि सुस्त छ । अन्य राजा तथा सनातन धर्म सापेक्षवादी संघ संगठन बेला बेलामा सडकमा देखिन्छन् र सेलाउँछन् । राजा देश दर्शन गर्दै मन्दिर मन्दिर पुगिरहेका छन् र सम्बोधन गरिरहेका छन् तर सबै परिवर्तनकारी शक्तिलाई एक ठाउँमा ल्याउन सकिरहेका छैनन् । सबैले आआफ्ना्े डम्फु बजाएको देख्दा परिवर्तनकारी शक्ति चाँडै नै एक हुने सम्भावना कम देखिन्छ ।
सबै परिवर्तनकारी शक्तिलाई एक ठाउँमा ल्याउने कर्तव्य राजाको हो तर राजा यसमा सक्रिय भएको देखिँदैन । वर्तमानमा राजाको भूमिका गान्धारीको जस्तो छ । गान्धारी धृतराष्ट्रसँग विवाह भएर आएपछि पति अन्धो भएकाले आफू पनि आजीवन आँखामा पट्टी बाँधेर पतिव्रत धर्मको पालन गर्छिन् । जब कि पति अन्धो वा विकलांग भएमा पत्नीको धर्म हो पतिको सम्पूर्ण जिम्मेवारी आफूले निर्वाह गर्नु । आँखामा पट्टी बाँध्नु पतिव्रता धर्मको पालन होइन बरू पतिको सम्पूर्ण जिम्मेवारी गान्धारीले निर्वाह गरेको भए उनी एउटी असल तथा पतिव्रता पत्नी कहलिन्थिन् । देश दर्शन गर्नु, मन्दिर मन्दिर जानु र सारगर्भित सम्बोधन गर्नुमात्र राजाको राष्ट्र धर्म होइन जनता तथा राष्ट्रको हितमा आफ्नो कर्तव्य निर्वाह गर्नु राजाको मुख्य कर्तव्य हो ।
राजा आफ्नो राजकर्तव्यबाट विचलित भएको देखिन्छ । उनले आफू आएर आन्दोलनको नेतृत्व गर्नु आवश्यक छैन तर उनले छरिएर रहेका र आआफ्ना दम्भमा भएका परिवर्तनकारी शक्तिहरूलाई एक ठाउँमा ल्याउने काम गर्न सक्नुपर्ने हो । हो राजा गान्धारी जस्तो पुत्रमोहमा छैैनन्, जसकारण कुरु वंशको विनाश हुन्छ तर राजाले राष्ट्रधर्मको पालन नगरे राष्ट्र रहँदैन । न त राजा पुरुषोत्तम राम हुन् न त यस व्यवस्थाको प्रतिनिधिहरू नै भरत हुन्, जो रामको पादुका राखेर शासन गर्ने र राम वनवासबाट फर्केपछि राजगद्दी उनलाई सुम्पने । राजाको पुरानोलाई सम्मान र नयाँलाई स्थान दिने सिद्धान्त वर्तमान अवस्थामा असम्भव छ । यहाँको शासक वर्गको उद्देश्य नै देशको ब्रहृमलूट गर्ने हो ।
राप्रपा गणतन्त्र आएपछि पटक-पटक सत्ताको महमा राजा राजा भन्दै डुब्यो । कमल थापाले त गणतन्त्रको स्वस्तिवाचन नै गरेका थिए, उनलाई विस्थापित गरी राजेन्द्र लिङ्देल आए । सुरुमा हेर्दा उनले केही गर्छन् जस्तो पनि जनतालाई लागेको थियो तर उनको दोहोरो रूप देखियो, गणतन्त्रको महमा पनि डुब्ने र राजाको सामीप्य पनि खोज्ने । राजालाई देखाएर गणतन्त्रबाट फाइदा लिने उनको रूप पनि उदांगियो । मंसिरदेखि व्यवस्था परिवर्तनको आन्दोलन गर्ने भन्थे तर फागुन लाग्यो, उनी कुन रानीवनमा हराएका छन् ? केशरबहादुर विष्टका कोठे बैठकहरूले पनि कुनै नतिजा ल्याउन सकेको छैन ।
अन्य परिवर्तनकारी संगठन बेलामौकामा सडकमा उफ्रिनेबाहेक अरू गतिविधि देखिएको छैन । त्यसैले राजाले नै यी सबैलाई एउटै ठाउँमा गोलबन्द गर्ने कदम चाल्नुपर्छ । सत्ताको चास्नीमा डुबेको राप्रपाले शूर्पणखाको भूमिका खेल्न सक्थ्यो तर त्यो त्यतातिर गएन । ऋषि विश्रवा तथा कैकसीकी पुत्री तथा रावण, कुम्भकर्ण र विभीषणकी बहिनी शूर्पणखाले राजा कालकेयका सेनापति विद्युतजिहृवासँग प्रेम गरेकी थिइन् र उनीसँग विवाह गर्न चाहन्थिन् । उनले आफ्नो प्रस्ताव रावणसँग राख्दा रावणले उनको प्रस्ताव अस्वीकार ग¥यो । अनि शूर्पणखाले भागेर विद्युत्जिहृवासँग विवाह गरिन् । रावणले आफ्ना वरिपरिका राज्यहरू जितिसकेका थिए तर कालकेयको राज्य जित्न सकेका थिएनन् ।
शूर्पणखाले विद्युत्जिहृवासँग विवाह गरेपछि त्यसको प्रतिशोध लिन उनले कालकेय राजाको राज्यमा आक्रमण गरे । युद्धमा रावणले विद्युत्जिहृवाको बध गरे । पतिको मृत्यु भएपछि शूर्पणखा सती जान पतिको चितामा बसिन् । रावणले बहिनीलाई सती जानबाट रोक्न धेरै सम्झाए । अन्त्यमा शूर्पणखा रावणसँग प्रतिशोध लिन उनको निर्णय मानेर चिताबाट झरिन् । रावणले उनलाई दण्डकारण्यको अधिपति बनाएर सेनापतिसहित दण्डकारण्यमा पठाए । त्यसै समयमा उनले राम, सीता र लक्ष्मणसहित पञ्चवटी वनमा आएका छन् भन्ने सुनिन् । उनले रामको अपार शक्ति र लक्ष्मणको क्रोधको बारेमा सुनेकी थिइन् । उनले सोचिन्, रावणसँग प्रतिशोध लिने यही अवसर हो ।
राजा अहिले गद्दीच्युत भए तापनि जनताको मनमन्दिरमा उनी अझै राजा नै छन् । उनले नै छरिएर रहेका देशभक्त र परिवर्तनकारी शक्तिहरूलाई एउटै ठाउँमा ल्याउन सक्छन् । देशदर्शन तथा मन्दिरहरू दर्शनले मात्र राष्ट्र बच्दैन ।
उनी राम भएको ठाउँमा गइन् र रामसँग विवाहको प्रस्ताव राखिन् । रामले आफू विवाहित भएको र पत्नी पनि सँगै भएको भनेर सीतालाई देखाउँदै भने, मेरा भाइ लक्ष्मण एक्लै छन्, तिमी उसैसँग प्रेम निवेदन गर । शूर्पणखाले लक्ष्मणसँग आफ्नो प्रणय निवेदन गर्दै विवाहको प्रस्ताव राखिन् । लक्ष्मणले उनको प्रस्ताव अस्वीकार गरेपछि अपमानित महसुस गरी सीताको बध गर्न उनीमाथि झम्टिन् । लक्ष्मणले तत्काल तलवारले शूर्पणखाको नाक काटिदिएि । कम्ब मुनिअनुसार शूर्पणखा अत्यन्त सुन्दर नारी थिइन्, नाक काटिसकेपछि उनको सुन्दरतामा ग्रहण लाग्यो । लक्ष्मणले शूर्पणखालाई जीवनभरि अपमानित भएको अनुभूति भइरहोस् भनेर उनको नाक काटेका थिए ।
शूर्पणखाले त्यहाँबाट गई लंकाका रावणकहाँ पुगेर विलाप गर्दै लक्ष्मणले कसरी उनको नाक काटे भन्ने वृतान्त बताएपछि रावणले क्रोधित हुँदै राम लक्ष्मणसँग प्रतिशोध लिन सीताको अपहरण गरे । जसका कारण रावण, उनका पुत्रहरू र कुम्भकर्णको बध हुन्छ । यसरी शूर्पणखाले रावणसँग आफ्नो पति हत्याको प्रतिशोध लिइन् । शत्रुलाई समाप्त पार्न शत्रुको मित्र बन्नुपर्छ । राप्रपाले सनातन धर्मविरोधी गणतन्त्र आएपछि पटक पटक राष्ट्रविरोधी शक्तिहरूसँग मित्रता गरेर सत्ताको गुलियो चाटे पनि उनीहरूको अन्त्यका लागि शूर्पणखा जस्तो कौशल देखाउन सकेको छैन र अब पनि देखाउन सक्ने सामथ्र्य देखिएको छैन । आफूलाई सनातन धर्मावलम्बी भन्नेहरू सनातन धर्मका ग्रन्थहरूबाट शिक्षा लिँदैनन् ।
राष्ट्रलाई र राष्ट्रधर्मलाई जोगाउने काम राजाको हो । राजा अहिले गद्दीच्युत भए तापनि जनताको मनमन्दिरमा उनी अझै राजा नै छन् । उनले नै छरिएर रहेका देशभक्त र परिवर्तनकारी शक्तिहरूलाई एउटै ठाउँमा ल्याउन सक्छन् । देशदर्शन तथा मन्दिरहरू दर्शनले मात्र राष्ट्र बच्दैन । रावण चार वेद अठार पुराणका ज्ञाता र परम शिवभक्त थिए । उनलाई आफ्नो भविष्यको ज्ञान थियो । उनलाई थाहा थियो रामसँगको युद्धमा उनी मारिनेछन् । त्यसैले उनले विभीषणले सीतालाई फर्काउने सल्लाह दिँदा पनि उनको अपमान गरेका थिए र उनका पुत्र मेघनाथले दरबारमा काका विभीषणको घोर अपमान गर्दा पनि उनी चूप लागेर बसे ।
उनी चाहन्थे विभीषण रुष्ट भएर लंका छोडेर जाऊन् । किनकि उनलाई थाहा थियो रामसँगको युद्धमा उनीहरू सबै मारिएपछि लंकाको गद्दी खाली हुनेछ जसमा रामले अधिकार जमाउनेछन् । त्यसैले उनी विभीषणलाई आफूहरूपछि लंकाको अधिपति बनाउन आफूहरूबाट टाढा राख्न चाहन्थे । उनको योजना सफल भयो र विभीषण उनीबाट रुष्ट भई रामसँग मिल्न गए । रावणको मृत्यु कहाँ लुकेको छ यो कुरा उनलाई थाहा थियो । युद्धमा हारजित हुनुअगावै उनले रावणको मृत्यु कहाँ लुकेको छ भनेर बताइदिएपछि रामले रावणको बध गरे । रावण बधपछि लक्ष्मणले लंकामा शासन गर्न चाहेका थिए तर रामले उनको हितैषी विभीषणलाई लंकाको राजा बनाए ।
लक्ष्मणलाई सम्झाउँदै उनले जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भने । विभीषण जिउँदो भएकाले उनी दाइको उत्तराधिकारी बन्दै लंकाको अधिपति बन्न पाए । उनी न भएको भए लंका अयोध्यापुरीको एउटा राज्य हुने थियो । २००७ सालको आन्दोलनमा राजा त्रिभुवनले बालक नाति ज्ञानेन्द्रलाई काठमाडौंमै छोडेर गए । शायद भित्रभित्रै उनी नेपालको राजसिंहासन खाली नहोस् भन्ने चाहन्थे । राजाको बालक ज्ञानेन्द्रबाहेक सपरिवार दिल्ली पलायनपछि प्रधानमन्त्री मोहनशमशेरले बालक ज्ञानेन्द्रलाई नेपालको राजा बनाए । जसलाई विदेशी राष्ट्रहरूले मान्यता दिएनन् । मोहनशमशेर जत्तिको दूरदृष्टि अहिलेका नेपालका नेताहरूमा छैन । सबै परिवर्तनकारी जनता तथा शक्तिहरूले आआफ्नो स्वार्थलाई थाती राखी एकजूट भई यस राष्ट्रको सम्प्रभुसत्ताको रक्षा गर्नु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच