
भोजपुर । पहाडी जिल्ला भोजपुरमा पछिल्लो समयमा खेलकुदका गतिबिधिहरु बढ्दै जान थालेपछि खेलाडीहरुमासमेत उत्साह थपिदै गएको छ । केही महिना अगाडीबाट भोजपुर स्थानिय देखि लिएर प्रदेश स्तरिय प्रतियोगिताहरु संचालन भई सकेका छन् भने आगामी दिनमा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता संचालनको तयारी भई रहेको छ ।
आगामी फागुन २५ गतेबाट २९ गतेसम्म छैटौ मेयरकप खुला महिला फुटवल प्रतियोगिताको आयोजना गरिएको छ । भोजपुर जिल्ला फुटवल संघको आयोजनामा महिला खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको फुटवल संघका जिल्ला अध्यक्ष प्रबिण सुवालले बताउनुभयो । प्रतियोगितामा बिजेता टिमले एक लाख पाँच हजार पाँच सय ५५ र उपबिजेताले ५१ हजार पाँच सय ५५ नगद पाउने छन । जिल्ला सदरमुकाममा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण भएसँगै खेलकुदका गतिबिधिहरुसमेत बढ्दै गएको छ ।
महिला फुटवल प्रतियोगिता लगतै सातौ मेयरकप आमन्त्रित अन्तराष्ट्रिय फुटवल प्रतियोगिताको आयोजना गरिएको छ । प्रत्येक बर्ष संचालन हुने यो प्रतियोगितामा नेपाल बाहिरका टिमलेसमेत सहभागिता जनाउँदै आएका छन् । बिगतमा सदरमुकामको स्थानीय टुँडिखेलमा प्रतियोगिता संचालन गर्नु पर्ने बाध्यतासमेत रंगशाला निर्माण पछि हटेकोमा खेलाडीहरु खुशी छन् ।
भोजपुरमा फुटवलसँगै भलिवल, ब्याडमिन्टन, राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताहरुसमेत संचालन भई सकेका छन् । सदरमुकाममा मात्र होइन जिल्लाका अन्य पालिकाहरुमा पछिल्लो समयमा खेलकुदका गतिबिधिहरु भई रहेको जिल्ला खेलकुद बिकास समिति भोजपुरका कार्यालय प्रमुख गेल्जेन शेर्पाले बताउनुभयो । जिल्लाको उत्तरमा रहेको षडानन्न नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिवल प्रतियोगिता र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केही समय अगाडी मात्र संचालन भएको थियो ।
यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको सहयोगमा च्याङग्रे रंगशालामा पनि माघमा प्रथम पौवादुङमा गोल्डकप फुटवल प्रतियोगिता पनि संचालन भई सकेको छ । कोरोनाकालदेखि सुस्ताएको खेलकुदका गतिविधि चलायमान हुन थालेपछि नयाँ खेलाडीमा उत्साह छाएको छ ।
पछिल्लो समय जिल्लामा खेलकुद प्रतियोगिता बाक्लो आयोजना भई रहेकाले खेलाडीमा उत्साह छाएको बिहानी फुटवल क्लबका अध्यक्ष रिपेश भुजेलको भनाई छ । “स्थानीय निकायले खेलकुदको क्षेत्रमा लगानी गर्न आवश्यक छ, खेल क्षेत्रको विकासका लागि पूर्वाधार, प्रशिक्षण, निरन्तर प्रतियोगिता आयोजना हुनु पर्छ,” भुजेलले भन्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच