जिल्लामै पहिलो ‘साक्षर नगरपालिका’ बन्याे मलंगवा

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीको २० पालिकामध्ये मलंगवा नगरपालिका जिल्लामै पहिलो ‘साक्षर नगरपालिका’ घोषणा भएको छ । मेयर नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा सर्लाही क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य एवम् निवर्तमान खानेपानी मन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यतामा नगरपालिका कार्यालयकै प्राङ्गणमा मंगलबार एक समारोहबिच नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो ।

नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार यस मलंगवा नगरपालिकाको १२ वटै वडाको १५ देखि ६० वर्ष उमेर समूहका जम्मा ५ हजार ६ सय ३० निरक्षर जनसङ्ख्या मध्ये ५ हजार ४ सय १२ अर्थात ९६ दशमलव १३ प्रतिशत जनसङ्ख्या साक्षर भएकोले नगरपालिकालाई 'साक्षर नगरपालिका' घोषणा गरिएको मलंगवा नगरपालिकाका सुचना अधिकारी राजकुमार अधिकारीले जानकारी दिनुभयाे ।

नगरपालिकालाई साक्षर बनाउन शिक्षकहरू खटाएर प्रत्येक वडामा १/१ वडा सिकाई केन्द्र सञ्चालन गरी १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई विभिन्न चरणमा समावेश गर्दै लेखपढ गर्न सिकाइएको थियो । हाल मलंगवामा ९६ दशमलव १३ प्रतिशत नागरिक लेखपढ गर्न सक्ने भएका छन् । नगरपालिकालाई साक्षर घोषणा गर्नुपूर्व पालिकाभित्र अक्षर चिन्न नसक्ने, आफ्नो नाम लेख्न, हस्ताक्षर गर्न नसक्ने नागरिकलाई फकाई फुलाई लेखपढ गर्न सिकाएको नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवकाे भनाइ छ ।

नगरपालिकाले पहिलो चरणमा प्रत्येक वडाका घरधुरीहरूमा पुगेर १५ देखि ६० वर्ष उमेरका निरक्षर व्यक्तिहरूको तथ्याकं सङ्कलन गरेको थियो । दोस्रो चरणमा सिकाई केन्द्र सञ्चालन गर्ने र विद्यालय शिक्षकहरूको माध्यमबाट विभिन्न चरणमा समावेश गर्दै लेखपढ गर्न सिकाएको थियो । कार्यक्रमअन्तर्गत मलंगवालाई साक्षर नगरपालिका घोषणा गर्नमा महत्त्वपूर्ण योगदान पुर्याउने शिक्षकहरुलाई सम्मान गरिनुका साथै साक्षर मलंगवा नगरपालिका नामक पुस्तक पनि विमोचन गरिएको हो । नेपाल सरकारको मापदण्ड अनुसार पालिकाभित्र ९५ प्रतिशत नागरिक अनिवार्य लेखपढ गर्न सक्ने हुनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?