
राजकुमार सुब्बा ‘अनिश्चित’ले आफूलाई साहित्य क्षेत्र र समाजसेवामा समर्पित गर्नुभएको छ । मोरङको शनिश्चरे निवासी उहाँ रुबाई मञ्च नेपालको अध्यक्ष हुनुहुन्छ । होप-ई लाईब्रेरीको समेत अध्यक्ष रहनुभएका उहाँका ‘जिन्दगी छ’ गजलसंग्रह २०६७ र ‘सुदूर गाउँमा’ कवितासग्रंह २०७३ प्रकाशित छन् । उहाँले नेपाली भाषी भूटानीसँग नजिक भएर थुप्रै सामाजिक काम पनि गर्नुभएको छ । नेपाली भाषा साहित्यमा योगदान पुर्याउँदै आउनुभएका राजकुमार सुब्बासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-
स्वीकारोक्ति दर्शन हो या साहित्य ? यसको प्रारम्भ कहिले र कसरी भएको थियो ?
स्वीकारोक्ति सिद्धान्त दर्शनभन्दा पनि विशेषतः साहित्य नै हो । मेरो बुझाइमा यसको प्रारम्भ विसं २०६९, यात ७० सालतिर नेपालबाट प्रारम्भ भएको हो ठ्याक्कै मिति बिर्सिए ।
मानिसलाई दर्शन किन आवश्यक पर्नेरहेछ ?
पहिलो कुरात दर्शन हामीले केलाई भन्ने ? व्यक्ति विषेशले बोलेको वाणीलाई या त वर्षौं तपस्या गरेर कसैले प्राप्त गरेको ज्ञानलाई ? सर्वप्रथम यो कुरा बुझ्न जरुरी हुन्छजस्तो लाग्छ । मेरो बुझाइमा मानिसलाई यो समयमा दर्शनको आवश्यकताभन्दा आफू पूर्ण तरिकाले बाँच्ने कसरी भन्ने चिन्ताको बढी आवश्यकता हो कि भन्ने लाग्छ ।
साहित्य सिर्जना भनेको सायद पाइकर्म नै होला । सबैले मन पराउँछन् तर लेख्न सक्दैनन् । लेखिएका सबै कुराहरू यदि साहित्य हुन्थ्यो भने मालपोतमा लेखनदास पेशालाई आफ्नो कर्म बनाएका लेखनदास कर्मचारीहरूले उहिल्यै नोवल पुरस्कार हात पारी सक्थे होलान् । दिनमा उनीहरूले कति हजार शब्द लेख्छन् होला अब तपाईं नै अनुमान गर्नुहोस् ।
मानिसले विश्वलाई हेर्ने उसको विश्व दृष्टिकोण के हो ?
विश्व इतिहासलाई परिक्रमा गरेर हेर्ने हो भने विभिन्न कालखण्डमा धार्मिक गुरुहरूले हेर्ने दृष्टिकोण फरक देखिन्छ । यता विज्ञानका पादरीहरूले विश्वलाई हेर्ने दृष्टिकोण फरक मतमा राख्छन् । विश्व साहित्यका हिसाबले कालमाक्र्सको विश्व दृष्टिकोण फरक भेटिन्छ । समग्रमा संसार आफूले चाहेजतिमात्र बुझेको राम्रो होला मेरो विचारमा । धेरै बुझ्न खोजियो भने ब्ल्याक होल जस्तो हुन्छ ।
कुनै पनि दर्शन साझा गर्न अनुसन्धान/अध्ययन गर्न कतिको आवश्यक हुन्छ ?
कुनै पनि दर्शनलाई साझा बनाउन अथवा सबैले बुझ्ने र अनुशरण गर्न सक्ने बनाउन त वर्षौं तपस्या गरेपछि मात्र प्राप्त गर्न सकिन्छ होलाजस्तो लाग्छ । यसका लागि खोज अनुसन्धान त कति गर्न पर्छपर्छ, यहाँ उल्लेख गरी साध्य हुँदैन । यति भने ।
तपाईंको बुझाइमा स्वीकारोक्ति दर्शन के हो ?
स्वीकारोक्ति सिद्धान्तलाई दर्शन हो भनेर मेरो व्यक्तिगत धारणा म राख्नसक्दिन किनकि स्वीकारोक्ति सिद्धान्तभित्र त्यस्तो दर्शनका कुनै पनि कुराहरू मैले भेटेको छैन । होला स्वीकारोक्ति सिद्धान्तका प्रतिपादक साथीहरू कुनै पनि दर्शनको ठेलीहरू पढेर प्रभावित भए होलान् त्यो फरक कुरा हो । तर, त्यतिको भरमा स्वीकारोक्ति सिद्धान्त दर्शनमा आधारित छ भन्नु चाहिँ गलत हो ।
साहित्य लेखन के त्यस्तो चिज हो, सबैले मन पराउँछन तर सबैले सिर्जना गर्न सक्दैनन् ?
साहित्य सिर्जना भनेको सायद पाइकर्म नै होला । तपाईंले गर्नु भएको प्रश्नमानै यसको उत्तर पनि छ । सबैले मन पराउछन तर लेख्न सक्दैनन् । लेखिएका सबै कुराहरू यदि साहित्य हुन्थ्यो भने मालपोतमा लेखनदास पेशालाई आफ्नो कर्म बनाएका लेखनदास कर्मचारीहरूले उहिल्यै नोवल पुरस्कार हात पारी सक्थे होलान् । दिनमा उनीहरूले कति हजार शब्द लेख्छन् होला अब तपाईं नै अनुमान गर्नुहोस् ।
यहाँको अनुभवमा लेखक बन्न कतिको सजिलो रहेछ ?
हाम्रो समयमा चाहिँ लेखक बन्न निकै कठिन थियो । प्रविधि खासै आइनसकेका कारण हुनसक्छ, आजकल प्रविधि छन् केही कुरा लेख्यो फेसबुकमा पोष्ट गर्यो । यदि चित्त बुझेन भने आफ्नै आवाजमा भिडियो रेकर्ड गरायो अपलोड गर्यो भइहाल्छ । हाम्रो समयमा कि रेडियो नेपालको साहारा लिनुपथ्र्याे । यात कतैबाट प्रकाशित हुने हवाईपत्रिका त्यो पनि महिनौ कुर्नुपथ्र्यो आफ्नो सिर्जना हेर्न वा सुन्न । उपेन्द्र सुव्वाको कुरा सापटी लिँदै आजकल यस्तो लाग्छ बाउ हुन सजिलो छ कवि बन्न गाह्रो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच