वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरले जित्यो

हिमालय टाइम्स
Read Time = 3 mins

बैंग्लुरु । वुमन्स प्रिमियर लिगको उपाधि पहिलो पटक रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ । दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै वैंग्लोरले उपाधि कब्जा गरेको हो ।

लिगमा दिल्लीमाथि बेंगलुरुको यो पहिलो जित पनि थियो। यसअघि दुई टोलीबिच भएका ४ खेल दिल्लीले जितेको थियो ।

नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा आइतबार टस जितेर ब्याटिङमा आएको दिल्ली क्यापिटल्स १८.३ ओभरमा ११३ रनमा अलआउट भयो। जवाफमा बैंगलोरले १९।३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पछ्यायो ।

एलिस पेरीले अविजित ३५ र ऋचा घोषले १७ रनको योगदान दिएकी थिइन् । सोफी डिभिनले ३२ र कप्तान स्मृति मन्धानाले ३१ रन जोडिन् ।

११४ रनको सहज लक्ष्य बेङ्लुरुका ब्याट्सम्यानले निकै संयमित ढंगले पछ्याएका थिए । कप्तान स्मृति मन्धाना र सोफी डिभिनको ओपनिङ जोडीले टोलीको जितको जग बसाल्यो । दुवैले ४९ बलमा ४९ रनको ओपनिङ पार्टनरसिप गरे । त्यसपछि स्मृतिले कप्तान एलिस पेरीसँगै टोलीको स्कोर ८२ रनमा पुर्‍याइन् ।

टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले शेफाली वर्मा र कप्तान मेग ल्यानिङको साथमा राम्रो सुरुवात गरेको थियो । दुवैले ४३ बलमा ६४ रनको ओपनिङ पार्टनरसिप गरे । टोलीले ५५ रनमा थप ९ विकेट गुमाएको थियो । कप्तान मेग ल्यानिङले इनिङ्सलाई सम्हाल्ने असफल प्रयास गरिन् । दिल्लीका लागि ओपनर शेफाली वर्माले २७ बलमा ४४ रनको इनिङ खेलिन् भने कप्तान मेग ल्यानिङले २३ रनको योगदान दिइन् ।

बैंगलोरका लागि श्रेयंका पाटिलले ४ विकेट लिइन् भने सोफी मोलिनक्सले ३ विकेट लिइन् । आशा शोभनाले दुई विकेट लिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?