‘वस्’ धातुमा ‘तुण्’ प्रत्यय लागेर वास्तु शब्दको निर्माण हुन्छ । जसको अर्थ बस्नयोग्य भूमि भन्ने हुन्छ । पृथ्वीलाई मुख्य वस्तु र पृथ्वीमाथि जुन आश्रयस्थल निर्माण गरिन्छ त्यो वास्तु हो भनी मयमतम्मा बताइएको छ (मयमतम्, २।१-३) । भू, प्रसाद, यान र शयन गरी चार प्रकारका वास्तुका भेद बताइएको छ । यसमध्ये पनि भूवास्तुलाई मुख्य मानिएको छ (मयमतम्, २।१-२,३) । घर बनाउनुपूर्व उपयुक्त भूमिको चयन गर्नुपर्दछ ।
सर्वप्रथम ग्रामवासचक्र जुराई सम्बन्धित व्यक्तिलाई उक्त स्थान ठीक छ छैन विचार गर्नुपर्दछ । जुन नगर, स्थान, कोलोनी आदिमा घर निर्माण गरिन्छ त्यहाँको राशि एवं गृहकर्ताको नामको राशिबाट दोस्रो, पाँचौं, नवौं, दशौं र एघारौं राशि भए शुभ मानिन्छ, शेष राशि त्याज्य रहन्छन् :
‘नामाक्र्षाद् द्विसुताङ्कदिग्भगवतो ग्रामः शुभो नान्यथा ।।’ (गृहवास्तुप्रदीप, पृ.१) । जस्तै : कमल नाम गरेको व्यक्ति (मिथुन राशि) लाई सल्लाघारी (कुम्भ राशि) छ भने मिथुनबाट कुम्भसम्म गन्दा नौ राशि भयो । अतः कमल नाम गरेको व्यक्तिलाई सल्लाघारीमा निवास गर्न शुभ रहृयो ।
भू-बनावट दरिलो नभएको ठाउँमा घर निर्माण गर्दा दीर्घकालीन रूपमा स्थिर रहन सक्दैन । ईशान (पूर्व उत्तर दिशा) मा नदी तलाउ वा जलाशय भएको, कुशयुक्त, घ्यूको जस्तो गन्ध आउने भूमि ब्राहृमणको घरका निम्ति उत्तम मानिन्छ ।
यसै गरी भूमिचयनमा वर्ग विचार पनि महत्त्वपूर्ण रहन्छ । अवर्गादि आठ वर्गका स्वामी क्रमशः गरुड, विडाल, सिंह, श्वान, सर्प, मूषक, मृग र मेष हुन्छन् । यसै गरी पूर्वादि दिशाका स्वामी पनि रहन्छन् । आफ्नो वर्गबाट पाँचौं शत्रु हुन्छ । अर्थात् पाँचौं वर्ग त्यज्य रहन्छ (बृहद्वास्तुमाला) । अवर्गमा अ आ इ ई उ, ऊ, ऋ, ए, ऐ, ओ, औ अं अः, कवर्गमा क ख ग घ ङ, चवर्गमा च छ ज झ ञ, टवर्गमा ट ठ ड ढ ण, तवर्गमा त थ द ध न, पवर्गमा प फ ब भ म, य वर्गमा य र ल व, शवर्गमा श ष स ह पर्दछन् ।
‘स्वगर्वं द्विगुणं कृत्वा परवर्गेण योजयेत् ।
अष्टभिस्तु हरेद्भागं योद्रधिकः स ऋणी भवेत् ।।’ (बृहद्वास्तुमाला, श्लो. १८) आफ्नो वर्गलाई २ ले गुणा गरी अर्कोको वर्ग जोड्ने र ८ ले भाग गर्ने जो शेष रहन्छ त्यसलाई काकिणी भनिन्छ ।
दुवैको काकिणीमा जसको शेष (काकिणी) धेरै हुन्छ त्यो ऋणी हुन्छ । कम काकिणी हुने धनी हुन्छ । यसमा गाउँ ऋणी भयो भने अशुभ मानिन्छ । व्यक्तिको काकिणी धेरै भयो भने शुभ मानिन्छ । बराबर भए मध्यम र थोरै भए अशुभ रहन्छ । ग्रमकाकिणी अधिक हुँदा शुभ हुन्छ । गाउँले व्यक्तिलाई धन दिनेवाला भयो । व्यक्ति काकिणी अधिक हुँदा व्यक्तिले उक्त गाउँलाई अधिक धन दिनुपर्ने हुँदा गाउँ धनी र व्यक्ति गरिब हुने भयो । अतः ग्रामकाकिणी अधिक हुनु व्यक्तिका लागि शुभ रहन्छ ।
यसै गरी घर घडेरीको दिशा पनि मिलेको हुनुपर्दछ । नौ भागमा विभक्त गाउँको कल्पना गर्ने, वृष, सिंह, मकर, मिथुन राशि भएकाले गाउँको बीचमा निवास गर्नुहुँदैन भनी बताइएको छ । पूर्वादि दिशामा क्रमशः ८।१२।६।४।९।७।१।११ राशिवाला अर्थात् वृश्चिक राशि भएका गाउँको पूर्वी भागमा, मीन राशिवाला आग्नेय कोणमा, कन्या राशिवाला दक्षिणमा, कर्कट राशिवाला नैऋत्यकोणमा, धनु राशिवाला पश्चिममा, तुला राशिवाला वायव्य कोणमा, मेष राशिवाला उत्तर र कुम्भ राशिवाला व्यक्ति गाउँको ईशान कोणमा निवास गर्नु अशुभ मानिन्छ (मुहूत्र्तचिन्तामणि, १२।२) ।
भू-बनावट विचार
भू-बनावट दरिलो नभएको ठाउँमा घर निर्माण गर्दा दीर्घकालीन रूपमा स्थिर रहन सक्दैन । ईशान (पूर्व उत्तर दिशा) मा नदी तलाउ वा जलाशय भएको, कुशयुक्त, घ्यूको जस्तो गन्ध आउने भूमि ब्राहृमणको घरका निम्ति उत्तम मानिन्छ । पूर्वतर्फ जल वा नदी भएको, रातो रङको माटो भएको कुशयुक्त सुगन्धित भूमि क्षत्रियका निम्ति शुभ मानिएको छ । दक्षिणतिर पानी बहने, धान्यगन्धयुक्त भूमि वैश्यका निम्ति शुभ मानिएको छ भने पश्चिमतर्फ नदी बहने, दुबो भएको मद्यगन्धयुक्त भूमि शूद्रका निम्ति उपयुक्त हुन्छ । शूद्रका निम्ति पश्चिमतिर पानी बहने दुबोयुक्त शराबको गन्धयुक्त पृथ्वी उपयुक्त मानिन्छ : (बृहद्वास्तुमाला, १।६५-६८) ।
यसैगरी बाढी पहिरोबाट सुरक्षित सज्जन समाजको बसोवास भएको, चार कुना मिलेको, उच्च भूमि घरका लागि अनुकूल मानिन्छ । चर्केको स्थान, भत्केको पहिरो जाने, कमसल माटोयुक्त स्थानलाई निषेध गरिएको छ । गाउँका कुना काप्चा आदिमा गृहनिर्माण निषेध गरिएको छ । यी विषयका अतिरिक्त पनि गाउँको कोण, कुना काप्चा, ढाँड आदिमा पूतना आदि पापराक्षसीको निवास हुन्छ । अतः चारै वर्णका व्यक्तिले यी कोणमा आवास बनाउनु हुँदैन ।
घडेरी चयन
घर निर्माणका लागि आयात र वर्गाकार घडेरी उत्तम मानिन्छ । आयातकार भूमि (घडेरी) भने शुभ फलदायी रहन्छ । यसका अतिरिक्त भद्रासन र वृत्ताकार भूमि (घडेरी) उत्तम रहन्छ : ‘आयाते सिद्धयः सर्वाश्चतुरस्रे धनागमः । भद्रासने कृतार्थत्वं वृत्ते पुष्टिविवर्धनम् ।।’ (वास्तुसौख्यम्) आयातकार भूमि सर्वसिद्धकरी रहन्छ । वर्गाकार भूमि धन प्रदान गर्नेवाला हुन्छ । भद्रासन भूमि अभिलाषापूर्ण गर्ने हुन्छ । चक्राकार, विषमबाहु, त्रिकोण, शकटाकृति, दण्ड (लौरोजस्तो), पणवाकृति, बृहन्मुख, व्यजन (पङ्खाजस्तो), कूर्मपृष्ठ (कछुवाजस्तो, बीचमा उठेको छेउ केही भिरालो), धनुषाकृतिका घडेरी अशुभ मानिन्छ । कल्याणको कामनाका लागि गृहस्थले आयातकार, वर्गाकार, वृत्ताकार एवं भद्रासन (आयातकारको एक भेद) भूमि चय गनुपर्दछ भनी वास्तुसौख्यम्मा बताइएको छ ।
माटो र भूमि चयन
भू–अवस्थितिको अनुकुलन हेरेपछि माटोको प्रकृति पनि विचार गर्नुपर्दछ । माटो परीक्षण गर्ने थुप्रै विधिहरू छन् । भूमितलमा हाड हड्डी भएको, बलौटे, बग्ने माटो, सिमयुक्त जमिन घरका लागि उचित हुँदैन । यसैगरी दुर्गन्ध आउने भूमि पनि अशुभ मानिन्छ । वास्तुअनुसार उज्यालो, कालो, पँहेलो, रातो, परेवाको आँखाजस्तो माटो उपयुक्त हुन्छ । घर बनाउने स्थानमा एक घनहातको खाल्डो खन्ने र त्यही खनेको माटोले उक्त खाल्डो पुरिदिने । बराबर भयो भने सामान्य, खाल्डो भरिएन भने अशुभ र खाल्डो भरिएर पनि माटो बाँकी रहृयो भने उक्त भूमि शुभ मानिन्छ (वास्तुसौख्यम्, २।२४-२५) ।
यसैगरी एक घन हातको खाल्डो खनी उक्त खाल्डोमा पानी भरिदिने र सय पाइला हिँड्ने । फर्केर आउँदा खाल्डोमा पानी पूर्ण छ भने उत्तम भूमि मानिन्छ अन्यथा अशुभ मानिएको छ । साथै उक्त खाल्डाको माटो ६४ पल (१ पल=३७.३२४१६० ग्राम) छ भने उत्तम र अन्यथा भए अधम भूमि मानिन्छ । सेतो रङको भूमि ब्राहृमणका लागि, रातो रङको भूमि क्षत्रीका लागि, पहेलो रङको भूमि वैश्यका लागि र कालो रङको भूमि शूद्रलाई शुभ हुन्छ (वास्तुप्रबोध) ।
जुन भूमि देखेर मन प्रसन्न हुन्छ । खुशीको सञ्चार हुन्छ त्यो भूमि उक्त व्यक्तिका लागि शुभ रहन्छ । जुन घडेरीमा घर बनाउने हो त्यो जग्गाको पूर्वमा वर, दक्षिणमा पाकरी पश्चिममा पिपल, उत्तरमा डुम्री हुनु हुँदैन ।
घ्यूको जस्तो वासना आउने ब्राहृमणका लागि, रगतको जस्तो गन्ध आउने भूमि (घडेरी) क्षत्रियका निम्ति, अन्नको जस्तो गन्ध आउने माटो वैश्यका लागि र मद्य (मदिरा) को जस्तो गन्ध आउने भूमि (घडेरी) शूद्रका निम्त शुभ रहन्छ भनी वास्तुरत्नावलीमा उल्लेख पाइन्छ । यसैगरी कुश उम्रने भूमि ब्राहृमणका लागि शुभ रहन्छ । शरकण्ड (नरकट, निगालो) उम्रने भूमि क्षत्रियका लागि, कुश एवं काशयुक्त भूमि वैश्यका लागि, सबैखालका वनस्पति उम्रने शूद्रका लागि शुभ रहन्छ (वास्तुरत्नावली) ।
उपयुक्त घडेरीका लागि पानीको बहाव
उत्तरतर्फ पानीको बहाव हुने जग्गा ब्राहृमणका लागि शुभ हुन्छ । पूर्वतर्फ बहाव हुने भूमि क्षत्रियका निम्ति शुभ रहन्छ । वैश्यका निम्ति पश्चिमी पानीको बहाव शुभ हुन्छ । वहावको अर्थ पानी बग्ने हो । ‘उदगादिप्लवमिष्टं विप्रादीनां प्रदक्षिणेनैव । विप्रः सर्वत्र वसेदनुवर्णं यथेष्टमन्येषाम् ।।’ (वास्तुसौख्यम्) ब्राहृमण राशिवालाले जुनसुकै (जता पानीको बहाव भएको भए पनि) भूमिमा घर बनाउनु उपयुक्त मानिन्छ भने अन्यलाई अशुभ मानिन्छ ।
ईशान कोण गहिरो भएको वा ईशातर्फ पानीको बहाव भएको भूमिले घरवासीलाई विद्या प्रदान गर्छ ज्ञान वृद्धि गर्नेवाला हुन्छ । आग्नेय कोणतर्फ बहाव भएको भूमि अग्निबाट भय रहने हुन्छ । नैर्ऋत्यकोणमा बहाव भएको भूमि वा घर धन हानि गर्नेवाला हुन्छ । वायव्य कोणतर्फ ढल्किाएको वा बहाव भएको भूमिले घरमूलीलाई प्रवासी बनाउँछ । पूर्वतर्फ बहाव भएको भूमि लक्ष्मीप्रदान गर्ने हुन्छ । दक्षिणतर्फ वहाव भएको भूमिमा घर बनाउनाले घरमूलीलाई कष्ट दिन्छ । पश्चिम बहाव भएको भूमि पुत्र नाशक हुन्छ । उत्तरप्लव (बहाव) भएको भूमि धन प्रदान गर्नेवाला हुन्छ । (बृहद्वास्तुमाला)
शुभ भूमि
जुन भूमि देखेर मन प्रसन्न हुन्छ । खुशीको सञ्चार हुन्छ त्यो भूमि उक्त व्यक्तिका लागि शुभ रहन्छ (बृहत्संहिता) । जुन घडेरीमा घर बनाउने हो त्यो जग्गाको पूर्वमा वर, दक्षिणमा पाकरी पश्चिममा पिपल, उत्तरमा डुम्री हुनु हुँदैन । पिपल भए अग्निभय, पाकरी भए प्रमाद, वर भए शस्त्र भय, डुम्री भए रोग निम्त्याउने हुन्छ । ‘अश्वत्थोद्रग्निभयं कुर्यात् प्लक्षः कुर्यात् प्रमादकम् । न्यग्रोधः शस्त्रसम्पातं कुक्षिरोगमुदुम्बरः ।।’ (बृहद्वास्तुमाला) चिरफार नभएको, नफाटेको, एक मान्छे गहिराइसम्म हाड हड्डी नभएको, धमिर नलागेको, उवडखावडरहित, समतल, देवी देवताको मन्दिरका रूखले नछेलिने स्थान उपयुक्त हुन्छ भनी वास्तुसौख्यमम्मा बताइएको छ । वराहमिहाराचार्यका अनुसार ठूला बडाको आवासका नजिक पनि गृहस्थीको घर घडेरी उपयुक्त नहुने बताइएको छ । (बृहत्संहिता, ५२।८७–८९) ।
यसरी भूमिको चयन गरिसकेपछि उक्त भूमिलाई विशेष पवित्र बनाउनुपर्छ । भूमिमा रहेका विकृत वस्तु हाड, हड्डी आदि भए तिनको शल्योद्धार संस्कार गरी भूमिशोधन गर्नुपर्दछ । यसपछि गृहारम्भ गर्ने उपयुक्त दिन जुराउनु पर्ने हुन्छ । ज्योतिषशास्त्रले बताएका उपयुक्त दिनमा गृह आरम्भ गर्दा अपेक्षित गृहजन्य सुख शान्ति प्राप्त हुने गर्दछ । ज्योतिर्विद्सँग परामर्श गरेर उपयुक्त दिनको चयन गर्न सकिन्छ । जग खन्दा धमिरा, अजिंगर, भुस, सर्प, हाड, वस्त्र, खरानी आदि भेटिए अशुभ मानिन्छ ।
यसैगरी कौडी, रुई, जलेको काठ, खप्पर, फलाम भेटिए भने पनि घर उपयुक्त मानिँदैन । जग खन्दा गाईको सिङ, शंख, कछुवा, पैसा, तामा भेटिए शुभ हुन्छ (बृहद्वास्तुमाला, १।६५) । यसरी उपयुक्त जग्गा प्राप्त भएपछि भूमि पूजन गर्नुपर्दछ । भूमि पूजनपश्चात् खातारम्भ, शिलान्यास आदिका कार्य गर्नुपर्दछ । वास्तुका निम्ति भूमिलाई आधार स्थान मानिएको छ । उपयुक्त भूमिको चयनपछि मात्र घर निर्माण गर्नु शास्त्रसम्मत रहने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच