
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरुको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन चेतावनी दिनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले आजसम्म सहकारीको समस्या समाधानका लागि कुनैपनि राजनीतिक दलले केही पहल नगरेको दाबी गर्नुभयो । उहाँले कुन राजनीतिक दलले सहकारी समस्या समाधानको बारेमा संसदमा आवाज उठायो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी भन्दै हिँड्ने सांसहरुप्रति लक्षित गर्दै कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् भन्दै चेतावनी दिनुभयो ।
अनियमितताको बारेमा खोज्न रास्वपाले पैसा दिएर खटाइरहनु नपर्ने उहाँको भनाइ थियो । उहाँले रास्वपाले अहिलेसम्म नखोजेको जिकिर गर्दै खोज्नुपरेको दिन सबै अनियमितताको भण्डाफोर गर्ने बताउनु भयो । उहाँले सहकारीको समस्या समाधानको लागि काम गर्न आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आजसम्म यो देशमा सहकारीको समस्या समाधानका लागि कुन चाहीँ राजनीतिक दलले के ग-यो ? कुन चाहीँ राजनीतिक दलले आज सदनमा समाधानको उपाय बोल्यो ? होइन, रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी । राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी । तपाईहरु जसले जसले सहकारीको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुप्रति कुरा गरिरहनुभएको छ । एक पटक घरमा गएर आफ्नो लकर खोलेर हेर्नुस्, कति वटा सहकारीको खाता तपाईंसँग छ । ती सहकारीको अवस्था के छ र तपाईले के गर्नुभयो आजसम्म ? ति सहकारीलाई प्रयोग गरेर । हामीले खोज्न नपरेस् । हामीले अब पैसा तिर्नुपर्दैन । हाम्रा साथीहरुले त्यसै खोज्छन्, तपाईंहरु कुन कुन सहकारीमा हुनुहुन्छ, कुनकुन सहकारीमा अनियमितता गर्नुभयो, कुनकुन सहकारीको पैसा निकालेर जग्गा, गाडी किन्नुभयो, चुनाव जित्नुभयो, त्यो विषयमा हेर्न नपरेस् । हाम्रा साथीहरु तपाईंहरुले जस्तो पैसा तिरेर राख्नुपर्दैन । देशभरबाट तपाईंहरुको बारेमा नखोजेको मात्रै । तपाईहरु इमान्दारी होओस् भनेर मात्रै बसिरहेको हो, हेरिरहेको हो । त्यसकारण मैले ति साथीहरुलाई, ति सांसदज्युहरुलाई, ति नेतृत्वलाई विनम्र अनुरोध छ । हामी सहकारीको समस्या समाधानको लागि काम गरौँ । सहकारी पीडितको पैसा फिर्ता गर्नेतिर सोच्ने की मान्छेलाई जेलमा कोचेर उनीहरुको पैसा फिर्ता नगर्नेतिर जाने हो ।’
श्रममन्त्री अर्यालले सहकारी संस्थाका सञ्चालकहरुलाई, लगानी कर्तालाई वचत कर्तालाई कसरी रकम फिर्ता गर्नुहुन्छ भनेर सोध्न आवश्यक रहेको बताउनु भयो । सहकारीका लगानीकर्तालाई जेलमा राखेर पीडितको वचत फिर्ता नहुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच