✍️ शर्वराज आचार्य
नेपाली, प्रवासी वा भारतीय नेपाली र गैरआवासीय नेपालीबीच भानुभक्तको साहित्यिक पक्षले प्रसिद्धि पाएको छ । तर, भानुभक्तको जीवनसँग जोडिएका सांस्कृतिक पक्षले प्रसिद्धिको अवसर पाएका छैनन् । विसं १९४१ मा बालकाण्डको प्रकाशनदेखि मोतीराम भट्टले भानुभक्तीय साहित्यिक पक्षको खोज गरेका थिए । विसं २०२९ मा नेपाल सरकारलाई १३ बुँदे स्मृतिपत्र दिएर गोपाल पाँडेको नेपाली शिक्षा परिषद्ले पनि भानुभक्तीय सांस्कृतिक पक्षका खोज्ने प्रयास ग¥यो । यस प्रयासले चुँदीबेँसीमा भानु स्मृति भवन बन्यो । यसपछि नेपाल सरकारले विसं २०५२ देखि जन्मस्थल विकास समिति गठन गरेर भानु साहित्यको प्रकाशन, भानुस्मृति उद्यान निर्माण र सांस्कृतिक सम्पदाको संरक्षणतर्फ मन्द गतिमा काम गर्न थाल्यो । वर्तमान नेपालको संविधान २०७२ लागू भएपछि भने धारा २२६ ले नगरपालिकालाई पुरातत्व, प्राचीन स्मारक र संग्रहालयका बारेमा आवश्यक कानुन बनाउन सक्ने अधिकार दिएको छ । जसअन्तर्गत भानुभक्तीय सांस्कृतिक पक्षको प्रचारप्रसार र संरक्षणसमेत पर्दछ ।
सांस्कृतिक पक्षको कुरा गर्दा भानुकुल र उनका पूर्वजहरूले पूजा गर्दै आएका ग्राम देवदेवीहरू पर्दछन् । यिनीहरू आदिकवि भानुभक्तलाई सम्झाउने सांस्कृतिक सम्पदा हुन् । सम्पदा संरक्षणतर्फ सरकारी र गैरसरकारी संस्थाबाट विशेष काम भएको देखिँदैन । गैरसरकारी संस्थाले आदिकवि भानुभक्तले उपयोग गरेका मठ मन्दिरको संरक्षणतर्फ खास चासो राखेका छैनन् । जसमा कुल देवताको पूजास्थल एउटा प्रमुख सांस्कृतिकस्थल हो ।
नाताका दृष्टिले वराह र मस्ट मामाभान्जा हुन् । चुँदीरम्घाली आचार्यका कुल देवता मस्ट वराह मस्टका मामा पर्दछन् । त्यसैले भानुभक्तको कुलपूजाले अपनाएको सांस्कृतिक पक्षले भानुभक्तको भाषा सहित्यिक पक्षले जस्तै सम्पूर्ण नेपालीलाई भावनात्मक र सामाजिक एकतामा आबद्ध गराएको देखिन्छ ।
आदिकविका पुर्खाहरूले हरेक बाह्र वर्षमा कुल देवताको पूजा गर्थे । बाजे श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये जेठा छोरा धनञ्जय आचार्यका एकमात्र छोरा भानुभक्त हुन् । यिनको कुल देवताको स्थान श्रीकृष्णको चुँदीबेँसीको घर पुरन्डिही निकट पूर्वतर्फ खोल्सीको पूर्वी किनारको अमलाको फेदमुनि थियो । यो स्थान सँगसँगै जस्तो केही कोल्टो ठाउँ पश्चिमतर्फ वनदेवीको स्थान थियो । यस ठाउँमा बाह्र भाइ मस्टा र नौ बहिनी भवानीका भेदोपभेदमा पर्ने मस्ट वराह र वनकालीलाई कुल देवता र कुलदेवी मानी भानुभक्त र उनका वंशले पूजा गरेको देखिन्छ ।
पूजा गर्दा कुल देवतालाई छागबलि (बोकाको बलि) दिइन्न, खीर चढाइन्छ । वनदेवीलाई भने सामूहिक रूपमा सेतो छागबलि दिने चलन छ । यो सेतो छागबलिलाई मेडो भनिन्छ । भानुभक्तका पाँच भाइ बाबुहरूको अंशबण्डा भएपछि एउटा एउटा गरी प्रत्येक धुरीले मेडोबाहेक पाँचवटा सेतो छागबलि दिन्थे । पूजास्थलदेखि पश्चिमतर्फको पाखो पुरन्डिहीमा पाँच ओटा चुलाचौका लगाएर आ-आफ्ना बलिसहित खाना पकाउँथे । भान्सा अलग भए पनि पाँच भाइका सन्तानहरू खाना र प्रसाद सँगसँगै मिलेर खान्थे ।
यो कुलपूजा समारोह भानुभक्तका कुलका आचार्य बन्धुहरूबीच आत्मीयता र सौहाद्र्रताको प्रतीक थियो । भानुभक्तका बाबुहरूका सन्तान दरसन्तान बढ्दै गएपछि पुरन्डिहीमा खाना र प्रसाद पकाएर खाने चलन हरायो । सबैले धुरीपिच्छे दिइने सेतो छागवलिलाई प्रसादस्वरूप आआफ्ना घर लगेर पकाउने र खाने चलन बस्यो । धजा, टीका आदि घरघरमा पनि लान्थे । पक्वान्न र मेडोरूपी प्रसाद भने पूजास्थलमा बसेर सबै बन्धु बान्धवले ग्रहण गर्ने गर्थे । अद्यापि यो प्रचलन कायम नै छ ।
बाह्र-बाह्र वर्षमा वैशाख महिनामा पर्ने विवाहको पहिलो लगनको शुभ लग्नमा कुल देवताको पूजा गर्ने परम्परा छ । चुँदीरम्घामा विसं २०८० माघ २७ गते शनिबार बसेको श्रीकृष्ण आचार्यका उपस्थित सन्ततिहरूको विशेष भेला (साधारणसभा)ले आइन्दा छ÷छ वर्षमा कुल देवताको पूजा गर्ने निर्णय गर्यो । भेलाले विभिन्न ठाउँमा छरिएका बन्धुहरूको मनोकांक्षा, भेलाको बहुसंख्यक मत र अन्य थरगोत्रका वंशले गर्ने गरेको कुलपूजाको अभ्यासलाई निर्णयको आधार बनायो । निर्णयानुसार विसंं २०८१ वैशाख ३ गतेका दिन कुल देवताको पूजाको आयोजना हुने भएको छ । साथै मूलपुरुष श्रीकृष्ण आचार्यको नाममा गुठीसमेत राखिएको छ ।
भानुभक्तका कुल देवताको कुरा गर्दा संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्झिन पुगिन्छ । उनका अनुसार ‘पूजामा गाउँघरका मानिसहरू मस्टो देवता चढेका धामीलाई अगाध र श्रद्धा र भक्ति राख्दछन् । मस्टो चढेको धामीलाई गोसाइँ भनेर सम्बोधन गरिन्छ ।’ तर, भानुभक्त वंश परम्परामा पुजिने कुलपूजामा मस्ट देवता चढेको धामीको उपस्थिति हुँदैन । पूजामा शुक्लयजुर्वेद, विष्णुसहस्रनाम, सप्तशती (चण्डी) श्रीमद्भगवद्गीता, श्रीमद्भागवत एकादश स्कन्धका पुस्तकहरू मूल मण्डपबाहिर बसेर पाठ गरिन्छन् । यसबाहेक अग्निस्थापना, मातृका पूजाविधि, नवग्रह पूजाविधि, कुलदेवता पूजा विधिका पुस्तक पनि पढिन्छन् । चुँदीरम्घालीका धार्मिक कार्यमा उल्लिखित अन्तिम पुस्तकबाहेक अन्य आठवटा पुस्तक पाठ गरिने प्रायः प्रचलन छँदै छ ।
अन्य कौडिन्य गोत्रीय आचार्यका कुल देवता र भवानीको नाम के हो ? यस लेखमा खोज गरिएको छैन । केवल भानुभक्तका कुलको कुलदेवता र कुलदेवीको नाम सम्बन्धमात्र खोज गरिएको छ । बाजे श्रीकृष्णको समयदेखि नै एउटा संस्कृत श्लोकमा मस्ट, रुमाल मस्ट, वराह मस्ट, क्षेत्रपाल मस्ट र वंशगोपाल मस्ट गरी ब्राहृमणहरूका पाँचवटा कुल देवता छन् भन्ने उल्लेख भेटिएको छ । श्लोकमा कौडिन्य गोत्र भएका ब्राहृमणको कुल देवता वराह मस्ट हुन् भनेको पाइन्छ । यसैका आधारमा भानुभक्तका कुलका कुलदेवता वराह मस्ट वा मस्ट वराह हुन्, भनिन्छ । यी मस्ट पौराणिक देवता होइनन्, लोक परम्परामा मानिँदै आएका देवता हुन् । प्रचलनमा बाह्र भाइ मस्ट र नौ बहिनी भवानीको नाम उल्लिखित छ ।
पूजा गर्दा कुल देवतालाई छागवलि (बोकाको बलि) दिइन्न, खीर चढाइन्छ । वनदेवीलाई भने सामूहिक रूपमा सेतो छागबलि दिने चलन छ । यो सेतो छागबलिलाई मेडो भनिन्छ । भानुभक्तका पाँच भाइ बाबुहरूको अंशबण्डा भएपछि एउटा–एउटा गरी प्रत्येक धुरीले मेडोबाहेक पाँचवटा सेतो छागबलि दिन्थे ।
मस्टहरूमा जेठो ढँडार, माहिलो खपार, साहिँलो तेडी, काहिँलो काबा, ठाहिँलो काल सिल्ला, राहिँलो रुमाल, अन्तरे बुडु, जन्तरे थार्प, मन्तरे गुरो, लखन्तरे वा पानी मन्तरे दाह्रे, पखन्तरे दुधे र कान्छो बाबिरो हुन् । मस्टका दिदीहरू वा नौ भवानीमा कालिका, मालिका, कनका सुन्दरी, त्रिपुरा सुन्दरी, जालपा, खेस मालिनी, ठिङ्याल्नी, हिमालिनी र विन्ध्यवासिनी हुन् । यी नाम जुम्ला जिल्ला निवासी अन्वेषक स्वर्गीय रत्नकार देवकोटाको ‘कुलदेवताको रूपमा पुजिने मस्टो र यसका विविध पक्ष’ तथा इतिहासकार स्वर्गीय सूर्यमणि अधिकारीको ‘बाइसे राज्यको इतिहास’ भन्ने कृतिबाट टिपोट गरिएका हुन् । भीमकुमार राई (२०७०) को ‘नेपाली संस्कृति र मस्टो’ तथा तेजबहादु कार्की (२०७५) को ‘मस्टो र संस्कृति’ भन्ने पुस्तकमा मस्टो र भवानीका भेदोपभेदको विस्तृत टिपोट र व्याख्या छ ।
पश्चिम नेपालमा प्रचलित फाग, मागल, सगुन, चैत आदिमा यस्ता नाम भेटिन्छन् भने स्थानीय धामीहरूले पनि उल्लेख गर्दछन् । मागल र फागहरूभित्र कतै एक भाइ मस्ट र सोह्र बहिनी भवानी नाम पनि भेटिन्छन् । चौरासीदेखि एक सय नौसम्मका मस्टाहरूको नामछन् । यी अधिकांश नामहरू स्थानीय नाम र मस्टालाई चढाउने वस्तुसँग सम्बन्धित छन् । फाग, मागल, चैतर किंवदन्ती अनुसार मस्टो इन्द्र र मन्डाल्नीका सन्तान हुन् । कतै भगवान् शङ्करको वीर्य स्खलनबाट दन्केको आगो ताप्दा दुई अप्सरा गर्भवती भए र एउटीको गर्भबाट भवानी र अर्कीको गर्भबाट मस्टोको जन्म भयो भन्ने श्रुति परम्परा छ । भवानी र मस्टो दिदी र भाइ हुन् ।
यी अवैदिक वा अपौराणिक स्थानीय देवदेवी हुन् । स्थानीय रूपमा नेपालमा यस्ता अनेकौं देवदेवी छन् । झाँक्री, भँयेर, आइतबारे वाराही, छिन्नमस्ता, सन्सारी माई, जाल्पादेवी, चण्डी, देवी, वायु, बराजु, वराह, वाराही, बुढा बराजु, पाथीभरा, अजिमा, सिमे, भुमे आदि यसैअन्तर्गत पर्छन् । अपौराणिक देवदेवी नेपालका खस, बाहुन, मगर, गुरुङ, नेवार, राई, शेर्पा, लिम्बु, राउटे, तामाङ र थारूजातिहरूमा भेटिन्छन् । खसको आगमनपूर्व नै तत्कालीन नेपालका तागाधारी र मतवालीहरूले पनि यस्ता स्थानीय देवी देवताको पूजा गरेको पाइन्छ । लाग्छ, नेपाल मस्टो संस्कृतिको साझा फूलबारी हो । यस फूलबारीमा भानुभक्तले पूजा गर्ने मस्ट वराह र वनदेवी क्रमशः मस्ट र भवानीको भेदोपभेदभित्र पर्दछन् ।
मस्टो संस्कृतिमा देवदेवीका नातापाता पनि छन् । मस्टोका नातेदार र मस्टो खलकलाई मस्टो नामले चिनिन्छ । कसैले बाह्र मस्टको अपभ्रंश शब्द वराह मस्ट हो भन्दछन् तर वराह मस्टलाई कञ्चनपुर, बाजुरा, भानुभक्तको कुल चुँदीरम्घा तनहुँ र नेपालका अन्य ठाउँ (जस्तै, सुनसरी) मा पनि पुजेको देखिन्छ र मस्टको भेदोपभेदमा पनि देखिन्छ । नाताका दृष्टिले वराह र मस्ट मामाभान्जा हुन् । चुँदीरम्घाली आचार्यका कुल देवता मस्ट वराह मस्टका मामा पर्दछन् । त्यसैले भानुभक्तको कुलपूजाले अपनाएको सांस्कृतिक पक्षले भानुभक्तको भाषा सहित्यिक पक्षले जस्तै सम्पूर्ण नेपालीलाई भावनात्मक र सामाजिक एकतामा आबद्ध गराएको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच