
काठमाडौं । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महाजात्रा’ शुक्रबारबाट पाँचौँ सातामा प्रवेश गरेको छ । यस चलचित्रले चौथो सातासम्म नेपालमा मात्रै १५ करोड ९० लाख रुपैयाँ कमाइ गरेको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सले एक विज्ञप्ति निकाल्दै नेपालसहित विश्वभरको कलेक्सन सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको षट्कोण आर्ट्सले जनाएको छ ।
षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला चलचित्रको रेकर्ड तोडेको ‘महाजात्रा’ अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको छ । अन्तर्राष्ट्रिय बजारमा बलियो बनाउनुका साथै चलचित्रका माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा सम्पूर्ण टिम हर्षित रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालपछिको दोस्रो ठूलो मार्केट मानिने अष्ट्रेलियामा ९० बढी शो, संयुक्तराज अमेरिकामा ६५ बढी शो, न्युजिल्याण्डमा १४ शो, युरोपअन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो भइसकेका छन् ।
यस्तै, अष्ट्रेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली चलचित्र ‘महाजात्रा’ बनेको छ । अप्रिल २१ सम्मको यसको कुल ३३ शो सेड्युल गरिएको छ । यति शो अहिलेसम्म सिड्नीमा कुनै नेपाली चलचित्रको गरिएको छैन । उक्त सम्पूर्ण शोहरू ‘सोल्ड आउट’ थिए ।
मध्यपूर्वअन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्स अफिसमा प्रदर्शन भइरहेको छ ।
प्रदीप भट्टराईको लेखन रहेको यो चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतका कलाकारको अभिनय छ ।
म्याक्स दीपेश खत्रीसहित यज्ञश्वर पौडेलले संयुक्तरूपमा निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ । यो चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो सिक्वेल हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच