
काठमाडौं । नवीकरणीय ऊर्जाद्वारा कृषिमा दिगो सिँचाइ प्रवद्र्धन गर्ने उद्देश्यका साथ पाँचदिने राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ । खाद्य सुरक्षा कायम गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) ले अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सहकार्यमा वैशाख १४ गतेसम्म तीनवटा सम्मेलन गर्ने भएको हो ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असरको न्यूनीकरण नवीकरण ऊर्जा प्रविधिको उपयोग गरी खेतीयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताउनुभएको छ । जलवायु परिवर्तनका प्रभावले चुनौती बढ्दै जाने भएकाले सौर्य ऊर्जाको स्रोतको स्वच्छ विद्युत् उपयोग गरी सिँचाइ पहुँच पु¥याउँदा कृषि क्षेत्रको दिगो विकास गर्न सकिने उहाँको भनाइ छ । नेपालको ६० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइको अभाव छ । जसमध्ये ४० प्रतिशत जमिन पहाडमा छ । पहाडी भूभाग कृषि उत्पादन र खाद्य सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण बन्दै गइरहेको छ ।
विशेषगरी सौर्य सिँचाइ पम्प विद्युत् आपूर्ति नियमित नहुने तथा महँगो एवं उच्च हरितगृह ग्याँस उत्सर्जन गर्ने खनिज इन्धनको भरपर्दो विकल्पका रूपमा रहेकोबारे सम्मेलनमा छलफल तथा बहस गरिने आयोजकले जनाएको छ । कृषिजन्य वस्तुको उत्पादकत्व वृद्धि गर्न, खाद्य माग पूरा गर्न र जलवायु परिवर्तनको सामना गर्न सम्मेलन आयोजना गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्र र इसिमोडले तयार गरेको नवीकरणीय ऊर्जाको उत्पादनमूलक उपयोग प्लेटफर्मअनुसार नेपालमा हालको सिँचाइ माग सम्बोधन गर्न आठ सयदेखि एक हजार तीन सय मेगावाट बराबरको नवीकरणीय ऊर्जा आवश्यक हुन्छ । विभिन्न चरणमा हुने तीन कार्यक्रममा सौर्य सिँचाइसम्बन्धी राष्ट्रिय विज्ञान–नीति संवाद, हिन्दूकुश हिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमूलक उपयोग वृद्धिसम्बन्धी क्षेत्रीय सम्मेलन र सामाजिकरूपमा समावेशी सौर्य सिँचाइ प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञान नीति सम्मेलन रहेका छन् । पहिलो सम्मेलनमा हुने सौर्य सिँचाइसम्बन्धी राष्ट्रिय विज्ञान–नीति संवादको मुख्य उद्देश्य समावेशी, स्तरोन्नति तथा दिगोपनामा आधारित सौर्य सिँचाइ प्रणाली विकाससम्बन्धी विज्ञान-नीति संवादमा नीति निर्माता, अनुसन्धानकर्ता, निजी क्षेत्र, विकास साझेदार, नागरिक समाज र अन्य प्रमुख सरोकारवालालाई एकसाथ संलग्न गराउने योजना रहेको छ ।
वैशाख ११ गते हिन्दूकुश हिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमूलक उपयोग वृद्धिसम्बन्धी क्षेत्रीय सम्मेलन हुनेछ । सम्मेलनले हिन्दूकुश हिमालय क्षेत्रमा रहेका देशबाट प्रतिनिधित्व गर्ने नीति निर्माता, विज्ञ, व्यवसायी र सरोकारवालालाई एकसाथ सहभागी गराई कृषि क्षेत्रमा उत्पादनमूलक उपयोगका लागि नवीकरणीय ऊर्जाको सम्भावनाबारे स्पष्ट दिशा निर्देश गर्ने बताइएको छ ।
त्यस्तै, वैशाख १२ गतेदेखि १४ गतेसम्म हुने सम्मेलनले कृषिमा सौर्य ऊर्जाको प्रभावकारी र दिगो प्रयोगबारेमा विश्वव्यापी महत्वाकांक्षा मापन, विश्वभरका र दक्षिण एसियामा कृषिमा सौर्य ऊर्जा प्रयोगको बढ्दो प्रभाव र प्रमाणबारे छलफल हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच