स्याङ्जा जिल्ला अस्पतालमा बाल रोग विशेषज्ञ सेवा प्रारम्भ

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जा जिल्ला सदरमुकामको जिल्ला अस्पतालमा बाल रोग विशेषज्ञ सेवा प्रारम्भ भएको छ । अस्पतालमा लामो समयदेखि नागरिकको अपेक्षाअनुसार अस्पतालले बाल विशेषज्ञको व्यवस्था गरेको छ ।

अन्य विभिन्न सेवाहरु उपलब्ध गराइरहेको अस्पतालमा बालबालिकाहरु बिरामी भएर आउने गरेको तर विशेषज्ञ सेवा दिन नसक्दा पोखरालगायतका विभिन्न ठाउँमा रेफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयाे, ‘अस्पतालमा बिरामी बालबालिकाहरुको चाप बढी नै हुने गरेको अवस्थामा विशेषज्ञ सेवाले थप सजिलो भएको छ । यस क्षेत्रका नागरिकलाई पोखरालगायतका अस्पतालमा जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

जिल्ला अस्पतालको स्रोतबाट नै व्यवस्थापन गर्ने गरी बाल विशेषज्ञको सेवा प्रदान गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक चिरञ्जीवी खनालले बताउनुभयो । स्याङ्जाकै डाक्टर विनोद गैह्रै बाल रोग विशेषज्ञका रुपमा नियुक्त भएपछि स्याङ्जा अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको हो ।

वैशाख १६ गतेबाट डा. गैह्रे नियुक्ति हुनुभएको हो । कन्सल्टेन्ट पेडियाट्रिसियन डा. गैह्रे एसएनसियु र अस्पतालको स्रोतअन्तर्गतको बजेटबाट नियुक्त हुनुभएको हो । विशेषज्ञ सेवासँगै एनआइसियु र पिआइसियु सेवासमेत सञ्चालन भएको अस्पताल श्रोतले जनाएको छ ।

यस क्षेत्रका मानिसहरुले बालबालिका बिरामी हुँदा पोखरा वा काठमाडौं लैजानुपर्ने बाध्यता थियो । वर्षौंदेखि बाल विशेषज्ञ सेवाको आवश्यकता महसुस भए पनि विभिन्न कारणले जिल्ला अस्पतालमा उक्त सेवा सञ्चालनमा आउन सकेको थिएन ।

बाल विशेषज्ञ सेवा पाउन थालेपछि जिल्लाका विकट ठाउँबाट बाल उपचारका लागि आउने नागरिकहरुसमेत खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?