
सुर्खेत । प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता रारातालमा सञ्चालन हुँदैछ । आज(बुधबार)देखि शनिबारसम्म चल्ने उक्त प्रतियोगिता मुगुको छायाँनाथ रारा नगरपालिकामा पर्ने चर्चित पर्यटकीय क्षेत्र राराताल नजिकै सञ्चालन हुन लागेको हो ।
प्रतियोगिता राराको किनारमा रहेको ओखर बोटमा सुरु हुनेछ । प्रतियोगितामा कर्णालीका १० जिल्लाका १७ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । छायाँनाथ रारा नगरपालिका-९ स्थित रारातालमा सञ्चालन हुने कबड्डी खेल्न १० जिल्लाका महिला र पुरुष गरी १७ वटा टोली दर्ता भएका छन् ।
आयोजक संस्था जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लका अनुसार वैशाख २६ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सातवटा महिला १० वटा पुरुष टोलीले सहभागिता जनाएका छन् ।
तीन दिनसम्म सञ्चालन हुने कबड्डी खेलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको भन्दै बुधबार उद्घाटन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा प्रत्येक टोलीका १० जना खेलाडीका दरले कुल १७० जना कबड्डी खेलाडीहरू सहभागी हुनेछन् । कबड्डी खेल सञ्चालनका लागि २२ जना रेफ्री छनोट गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।
प्रतियोगिताले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदका लागिसमेत खेलाडी छनोट गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । खेलका माध्यमबाट राराको पर्यटन विकासमा टेवा पु¥याउने ध्येयले रारा किनारमा प्रदेशस्तरीय कबड्डी खेल सञ्चालन गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच