
काठमाडौं । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणको तालिका सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार अमेरिकामा हुने नेपाली टिमको प्रशिक्षणको तालिका सार्वजनिक गरेको हो । आईसीसी ट्वान्टी-२० विश्वकपका निम्ति एक महिनाअघि नै नेपाली टोली अमेरिका पुगिसकेको छ ।
सार्वजनिक तालिका अनुसार नेपालले फ्लोरिडामा मे ८ देखि १२ सम्म प्रशिक्षण गर्नेछ । मे १२ मा भिन्सेन्ट प्रस्थान गर्ने नेपालले त्यहाँ मे १३ मा प्रशिक्षण, १४ मा पहिलो प्रशिक्षण खेल, १६ मा दोस्रो र १८ मा तेस्रो प्रशिक्षण खेल खेल्नेछ ।
मे १९ मा नेपाल हृयुस्टन प्रस्थान गर्नेछ । जहाँ नेपालले २१ मेमा प्रशिक्षण र २२ मेमा हृयुस्टन हुरिकेन्ससँग तयारी खेल खेल्नेछ । मे २५ देखि नेपालले आईसीसीको आधिकारिक वार्म अप म्याच खेल्नेछ । नेपालले अमेरिका र क्यानडासँग पनि विश्वकप अघि अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच