
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । बुद्ध जयन्तीको अवसर पारेर आज बिहीबारदेखि सिनेमाघरमा आएका चलचित्र हुन् सुयोग गुरुङको निर्देशन रहेको ‘फर्की-फर्की’ र दिनेश राउतको निर्देशन रहेकोे ‘पुजार सार्की’ ।
आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । बुद्ध जयन्तीको अवसर पारेर आज बिहीबारदेखि सिनेमाघरमा आएका चलचित्र हुन् सुयोग गुरुङको निर्देशन रहेको ‘फर्की-फर्की’ र दिनेश राउतको निर्देशन रहेकोे ‘पुजार सार्की’ । फर्की फर्कीमा टाइम ट्राभलको कथालाई उठान गरिएको छ भने पुजार सार्कीले जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथा व्यक्त गर्दछ ।
चलचित्र ‘फर्की फर्की’मा अभिनेता अनमोल केसी र जसिता गुरुङको शीर्ष भूमिका छ । चलचित्रमा रवि काफ्ले र समृद्धि अर्यालको समेत अभिनय छ । रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको यस चलचित्रको निर्माता रोहित अधिकारी र ओमप्रकाश अग्रवाल हुनुहुन्छ । टाइम ट्राभलको कथालाई उठान गरिएको छ ।
नरेन्द्र मैनालीको डिओपी, अष्ट महर्जनको द्वन्द्व, किरण थापाको कोरियोग्राफी र सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रलाई काफिया फिल्मस् र कुबेर फिल्मले वितरण गर्दैछन् ।
यस्तै, पहिलोपटक तीन ‘स्टार’ अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ अभिनय गरेको चलचित्र हो ‘पुजार सार्की’ । चलचित्रले जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथा भनेको छ ।
यो चलचित्रमा अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको पनि अभिनय छ ।
विकास सुवेदीको लेखन रहेको चलचित्रलाई संगीतकार समेत रहनुभएका सुवास भुसालले निर्माण गर्नुभएको हो । राजेश श्रेष्ठको डिओपी रहेको चलचित्रलाई भरत रेग्मीले सम्पादन गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच