
काठमाडौं । दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसनले जेठ १९ गते २४औँ विश्व दूध दिवस मनाउने भएको छ । एसोसिएसनले बिहीबार पत्रकार सम्मेलन गर्दै झापाको मेचीनगर- १९ दुवागढीको एनएमसी एग्रो फार्ममा राष्ट्रिय दुग्ध विकास बोर्डको अगुवाइमा दुग्ध दिवसको मुख्य कार्यक्रम हुने जानकारी जनाएको छ । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न सातै प्रदेशमा विभिन्न कार्यक्रम गरेर दूध दिवस मनाइने बताउनुभयो ।
एसोसिएसनले दूध दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ । जेठ १४ गते काठमाडौंको त्रिरत्न आवासीय विद्यालय स्वयम्भुमा स्कुलस्तरीय दूधको सेवनसम्बन्धी वक्तृत्वकला प्रतियोगिता एवं दूधपान कार्यक्रम गरेको थियो भने शुक्रबार शनिबार पशु सेवा विभाग, राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय हरिहभवनले ललितपुर स्कुलका बालबालिकालाई दूधको महत्वबारेमा जनचेतनात्मक कार्यक्रमका साथै दूध तथा दुग्ध पदार्थ वितरण कार्यक्रम रहेको एसोसिएसनले जनाएको छ ।
यसैबीच आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट डेरी क्षेत्रका समस्या मौन रहेको भन्दै एसोसिएसनले दुःख व्यक्त गरेको छ । एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले सरकारले ठूलो आकारको बजेट संसद्मा पेश गर्दा पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई भने तीन प्रतिशतमात्रै छुट्याएको भन्दै न्यून बजेटले कृषिमा क्षेत्रमा उत्पादन बढ्न नसक्ने बताउनुभयो ।
सरकारले विद्यालयलाई उपलब्ध गराउने दिवा खाजाअन्तर्गतको कार्यक्रममा दूध तथा दुग्ध पदार्थलाई समावेश गरिदिए डेरी उद्योगी व्यवसायीको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिए पनि बजेटमा सम्बोधन नभएकाले डेरी क्षेत्रमा निराशा छाएको अध्यक्ष दाहालले बताउनुभयो । त्यस्तै, डेरी क्षेत्रमा खपत हुने विद्युत्मा ५० प्रतिशत छुट गरिनुपर्ने माग पनि सम्बोधन नभएको उहाँले गुनासो गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच