
काठमाडौं । एभरेष्ट इभेन्ट्सद्वारा आयोजित तेस्रो संस्करणको ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’ को उपाधि गौरव सिटौला र क्वीन्सी श्रेष्ठले जित्नुभएको छ । राजधानीमा आयोजित प्रतियोगितामा उहाँहरूले ९३ प्रतिस्पर्धीहरूलाई उछिन्दै उक्त उपाधि चुम्नुभएको हो ।
पुरुष र महिला गरी दुई भिन्न टाइटलका लागि भएको स्पर्धामा अवय खड्गी र जेसिका सिंह ठकुरी ‘फस्ट रनर अप’, विशेष श्रेष्ठ र मिमोसा राई सेकेण्ड रनर अप, शिशिर रेगामी मगर र एञ्जल थापामगर थर्ड रनर अप, सहारा लामा फोर्थ रनर अप हुनुभयो ।
प्रतियोगितामा दीपशान्त नेपाली र कुसुम गुरुङ आयोजक छनोट, आदित्य गौतम र अप्सना पन्त ब्राण्ड एम्बेसडर, उक्रिशा मुधवारी ब्युटी विथ ब्रेन, निश्चल खत्री, रोजिना कार्की र रञ्जिता कर्माचार्य मस्ट पपुलर र कुसुम गुरुङ तथा छसुम राई भ्युअर्स च्वाइस बन्नुभयो ।
शीर्ष उपाधि विजेताहरूले उपाधिसँगै ५० हजार रुपैयाँ, स्मार्टफोन प्राप्त गरे । त्यस्तै सेकेण्ड रनर अपसम्मका विजेताले बुद्ध एयरबाट पोखरा-काठमाडौंको हवाई टिकट र विश्व मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर प्राप्त गरे ।
त्यसैगरी प्रत्येक सहभागीले विज्ञान, व्यवस्थापन, मानविकी तहमा दश जोड दुई अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरे । दुवै विजेताका लागि एभरेष्ट फिल्म एकेडेमीमा एक लाख रुपैयाँबराबरको छात्रवृत्ति, आशिका एकेडेमीद्वारा व्यावसायिक मेकअप कोर्ष, शीर्ष आठले करुणाको ब्युटी पार्लर र प्रशिक्षण केन्द्रमा एक हप्ताको आधारभूत मेकअप कक्षाको अवसर पाएका छन् ।
सुगन्धा अधिकारी र अर्शु महर्जनको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा रोजिन शाक्यले उद्घोषण, एमयुएका अनिश श्रेष्ठले फोटोग्राफी, करुणा ब्यूटी पार्लर र आशिका एकेडेमीले मेकअप र भ्यालेन्टिनो द बुटिक, ज्वाला डिजाइनर र एञ्जी डिजिनरले ड्रेस डिजाइनको भूमिका निर्वाह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच