काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले तेक्वान्दोका संस्थापक जनरल चोइ होङ हीको पूर्णकदको शालिक एक कार्यक्रमबीच अनावरण गर्नुभएको छ ।
राष्ट्रिय तेक्वान्दो आइटिएफ एकेडेमीले रामेछापको खाँडादेवी गाउँपालिकास्थित गाल्पामा निर्माण गरेको शालिक सदस्य-सचिव घिसिङले अनावरण गर्नुभएको हो । एकेडेमीले आफ्नै हातामा करिब २५ लाख लागतमा शालिक निर्माण गरेको एकेडेमीका अध्यक्ष रूपसिंह तामाङले जनाउनुभएको छ । चोइको पूर्णकदको शालिक नेपालबाहेक अन्य कुनै पनि राष्ट्रमा निर्माण नगरिएको अध्यक्ष तामाङले जनाउनुभएको छ ।
‘विश्वको कुनै पनि राष्ट्रमा जनरल चोइको पूर्णकदको शालिक निर्माण गरिएको रहेनछ । नेपालमा पनि यो मात्र एक हो । अन्य राष्ट्रमा अर्धकदको शालिक भने बनाइएको रहेछ । यसको जानकारी आजै हामीले कोरियाको मुख्यालयबाट पनि पायौं,’ अध्यक्ष तामाङले भन्नुभयो ।
त्यस अवसरमा चोइको पूर्णकदको शालिकको तस्बिर पर्वतारोही प्रकाशराज पाण्डेलाई सातै महादेशका अग्ला हिमशिखरमा पुर्याउने गरी हस्तान्तरण गरिएको थियो । सो अवसरमा सदस्य-सचिव घिसिङ, राखेपका सदस्य अञ्जन धमलालगायतले एकेडेमीमै आयोजित आइटिएफ तेक्वान्दो प्रतियोगिताका विजेता खेलाडीलाई पनि पुरस्कृत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच