
काठमाडौं । नविन्द्रराज जोशी मेमोरियल र्यापिड रेटिङ चेस प्रतियोगिता सुरु भएको छ । इटुम बहालमा हुने प्रतियोगिता स्विस लिगका आधारमा खेलाइनेछ । प्रतियोगितामा १९०० रेटिङ प्वाइन्टमुनिका खेलाडीले मात्र सहभागिता जनाउन पाएका छन् । प्रतियोगिता बिहीबारबाट सुरु भएको हो ।
प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार, तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी चौथोदेखि छैटौँ स्थानमा रहनेलाई क्रमशः सात हजार, पाँच हजार र चार हजार रुपैयाँ प्रदान गरिनेछ ।
यस्तै, काठमाडौं महानगरपालिकाभित्र तथा अण्डर रेटेडतर्फका शीर्ष दुईले क्रमशः तीन हजार र दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला, भेट्रान ५५ वर्षमाथि, इलो १८००/१७०० रेटेड खेलाडी र यू-१६/१४/१२ मा उत्कृष्ट ठहरिनेलाई दुई हजार रुपैयाँ प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच