
काठमाडौं । प्रखर बैंकर राजनसिंह भण्डारीको कृति ‘आफैंलाई नियाल्दा’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा गरिएको एक विशेष समारोहमा पूर्वमन्त्री शरदसिंह भण्डारीको प्रमुख आतिथ्यतामा उक्त आत्मपरक कृति ‘आफैंलाई नियाल्दा’को लोकार्पण गरिएको हो ।
कृतिलाई प्रमुख अतिथि, पूर्वगर्भनर डा.तिलक रावल, लेखक भण्डारी, पूर्वकुलपति प्राडा.लोकविक्रम थापा, पूर्वबैंकर खेमबहादुर थापा, प्राडा. चन्द्रा कार्की र सम्पादक प्रकाश रिमालले लोकार्पण गर्नुभएको थियो । लामो समय बैंकिङ क्षेत्रमा बिताउनुभएका भण्डारीको पुस्तकमा संघर्ष, सफलता र पारिवारिक द्वन्द्व समेटिएको भन्दै अतिथिहरूले उहाँलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
पूर्वगभर्नर डा.रावलले आफूले संगत गरेका मान्छेमध्येमा भण्डारी राम्रो व्यक्तित्व भएको बताउँदै पुस्तकमा धेरै कुरा आएसँगै उहाँको संगतले धेरै राम्रा काम भएको जिकिर गनुभयो । उहाँमा व्यावहारिक दूरदर्शिता रहेको बताउँदै डा.रावलले प्रशासनिक क्षेत्रका केही राम्रा काम पुस्तकमा छुटेको भए पनि जति आएको छ त्यो राम्रो रहेको बताउनुभयो ।
प्राडा.कार्कीले पुस्तक भावी पुस्ताका लागि निक्कै उपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजन मेरो भाइ पनि हुन् उनी कुशल प्रशासक, व्यवस्थापक, उद्यमी, बैंकर र गायक पनि हो । यो पुस्तकमा उनले आफूलाई नढाटिकन प्रस्तुत गरेका छन् । भावी पुस्ताका लागि यो उपयोगी छ ।’ बाल्यकाल र संघर्षको सम्झना गर्दै उहाँले सपना, उद्देश्य, प्रतिबद्धता, परिश्रम र संघर्षले मानिसलाई सफलता दिलाउने बताउनुभयो ।
प्रमुख अतिथि शरदसिंह भण्डारीले राजनले पुस्तकमा हिम्मतका साथ आफ्ना कुरा राखेको बताउनुभयो । नाताले काका–भतिज भए पनि आफू बाल्यकालको साथी भएका कारण पुस्तकमा आएका धेरै कुराले आफ्नो मन छोएको उहाँले बताउनुभयो । पुस्तकले धेरै कुरा उजागर गरेको भन्दै यसमा आएका कुराले पारिवारिक मेलमिलाप गराउने बताउनुभयो । पुस्तकमा जीवनलाई कसरी सफलतातर्फ उन्मुख गराउने भन्ने कुरा उल्लेख गरिएको पूर्वमन्त्री भण्डारीको भनाइ थियो । उहाँले पुस्तकले मानिसलाई सफलतातर्फ उन्मुख हुने बाटो देखाउने विश्वास व्यक्त गर्नुभयो ।
लेखक राजन सिंहले आफूले कुनै पनि कुरा नलुकाई जस्ताको त्यस्तै पोखिएको बताउनुभयो । पुस्तक तयार गर्दाका पल र आफ्नो जीवनका विभिन्न घटनाक्रम उक्त कार्यक्रममा सुनाउनुभएको थियो । निक्कै भव्य रूपमा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । पुस्तक मिनेट मिडियाद्वारा प्रकाशित गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच