
भक्तपुर । भक्तपुरमा आगामी साउन ५ गते साइकल च्यालेन्ज हुने भएको छ । साइकल च्यालेन्जअन्तर्गत भक्तपुरमा सो दिन ३३ पुल परिक्रमा हुने आयोजकले जनाएका छन् ।
भक्तपुर शहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरू परिक्रमा गर्न करिब ३३ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । अधिकांश रुट खोलाको तिरमै छ । घडी घुम्ने दिशा हुँदै यो पुल परिक्रमा गर्न सकिन्छ । रुटमा सबैभन्दा बढी खेतहरू देख्न सकिन्छ । खोलाको तिरबाट यात्रा गर्दा चराचुरुंगीको चिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउँछ ।
साउनको पहिलो शनिबार ३३ पुल परिक्रमाका लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटमा कुनै पनि बिन्दुबाट सुरु गरी यात्रा अगाडि बढाउन सकिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच