
काठमाडौं । लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेष्टिभल २०२४’ हुने भएको छ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा हुने एकदिने महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीले यसअगाडि पनि क्यानाडामा नेपाली मेला, महोत्सव, सांस्कृतिक र सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहनुभएको छ । गायक प्रकाश सपुत, गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको म्युजिकल कन्सर्ट पछिल्लो समय उहाँले गरेका कार्यक्रम हुन् ।
निःशुल्क इन्ट्री रहेको महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारू, मधेसीलगायतका विभिन्न समुदायको झाँकी र नृत्य प्रस्तुत हुनुका साथै गायक हिमाल सागरसँगै स्थानीय कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिनुहुनेछ । गायक हिमाल सागर महोत्सवमा सहभागी हुन् त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ ।
लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीले यस महोत्सव विशेष हुने बताउनुभयो ‘यस महोत्सवमा क्यानडामा रहनु भएका सम्पूर्ण नेपाली संघसंस्थाले हातेमालो गर्नुभएको छ । यो महोत्सवको उद्देश्यनै नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्नुका साथै नेपालीबीच सामिप्यता बढाउनु हो,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच