देशमा मनसुनी वायु सक्रिय भएसँगै व्यापक रूपमा वर्षा भइरहेको छ । देशका विभिन्न ठाउँमा जलमग्न हुनका साथै बाढीपहिरोले सडक अवरुद्ध हुनुका साथै निक्कै क्षति पुर्याएको छ । देशका आमकिसानलाई यतिबेला धान रोप्ने चटारो छ । घरमा कोही बिरामी भए पनि भोलि औषधि गर्न लैजाउँला भन्दै खेतमा किसना कुद्नु परिरहेको अवस्था छ । फेरि हामीकहाँ पछिल्लो समय गाउँहरू युवाविहीन भएकाले पनि कृषि कर्ममा लाग्ने युवा शक्तिको अभाव छ । अविरल वर्षाले डुबान र भूक्षयका साथै अन्य समस्या आमनेपालीले भोगिरहेका छन् भने देशको राजनीति सत्ता दाउपेचमा केन्द्रित छ ।
देशका ठूला दुई दलले सत्तारोहणका लागि सहकार्य गर्ने भनेसँगै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा पर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आफूसँग ‘३२ नम्बरको जादु’ छ भन्दै आए पनि ठूला दुई दलले सहकार्य गर्ने भनेसँगै अब साना पसल बन्द हुने अवस्था देखिएको छ । साना दलको जादु न चल्ने देखिएको छ । हुन त नेपाली राजनीतिमा अब यही हुन्छ भनेर ठोकुवा गर्न गाह्रो छ, तर पनि दुई ठूला दलको सहमतिले अबको राजनीतिमा साना दलका दुकान बन्द हुने अवस्था सिर्जना हुने देखिन्छ ।
संघीय संसद्को पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेले सत्ता सहकार्यका लागि समझदारी गर्ने भएसँगै २०७९ मा भएको आमचुनावको १८ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विस्थापित हुने देखिएको छ । योबीचमा प्रचण्ड नेतृत्वको सरकारलाई काँध हाल्न कांग्रेस र एमालेबीच प्रतिस्पर्धा नै देखियो । यति इमानदारीपूर्वक उनीहरूले भनेजस्तै स्थिर सरकार संविधान संशोधनका लागि यो सहकार्य गरेका हुन भने स्वागत योग्य छ । तर, यसका पछाडि स्वार्थ लुकेको छ भने यसले झन् अप्ठ्यारोमा पार्नेछ । फेरि हामीकहाँको राजीतिमा आन्तिरिकभन्दा बाहृय प्रभाव रहँदै आएको छ ।
मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा राम्रो पक्ष हो । त्यसमा संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर आवश्यकता अनुसार संशोधन गरी त्यस अनुसारका कानुन निर्माण गर्नुका साथै शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील गर्ने कार्य हुनु आवश्यक छ ।
रातारात सहमति गरेर गरिएको यो परिवर्तन केका लागि भन्ने कुराको पर्दा त बिस्तारै खुल्दै जाला तर अहिले बाहिर आएका कुरा भने स्वागतयोग्य नै हुन् । मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आउनु राम्रो पक्ष हो । त्यसमा संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर आवश्यकता अनुसार संशोधन गरी त्यस अनुसारका कानुन निर्माण गर्नुका साथै शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील गर्ने र तीव्र गतिमा विकास निर्माण अगाडि बढाएर मुलुकमा समृद्धि ल्याउने उनीहरूले आफ्नो लक्ष्य बताएका छन् । यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाउने उनीहरूको भनाइ छ । यसले कति सार्थकता पाउला त्यो आगामी समयले नै प्रष्ट पार्नेछ ।
देशमा कोरोना भाइरसको संक्रमण (कोभिड-१९) पछि अर्थतन्त्रको जुन अवस्था छ, मुलुकमा एउटा अनिश्चित र अन्योलको अवस्था छ । राजनीतिक अस्थिरता छ । यो सबै कुराले आमजनतामा निराशा व्याप्त छ । अबको सरकारको जिम्मेबारी भनेको जनतामा व्याप्त निराशालाई आशामा बदल्नु हो । त्यसका लागि बलियो सरकारको आवश्यकता हुन्छ । यी ठूला दुईलको यति इमानदारीपूर्वक सहकार्य भएको हो भने अवश्य मुलुकलाई राम्रो नै गर्नेछ भन्ने आशावादी हुन सकिन्छ ।
केन्द्रमा सत्ता समीकरण बदलिइरहने रोगका कारण प्रदेश सरकार झन्झन् अस्थिर भएका छन् । नयाँ समीकरण बनेपछि मधेस, लुम्बिनी, बागमती, कर्णाली, गण्डकी, कोशी र सुदूरपश्चिम सरकारमा फेरि फेरबदल आउनेछ । यसबीचमा यस्ता धेरै फेरबदल आए । अबको कार्यकाल यी दुई ठूला दलको मिलापमा कुनै अवरोध आएन भने केही स्थिर होला कि भन्ने आशा गर्न सकिन्छ ।
तर अझै सजिलै एमाले-कांग्रेसको हातमा सरकार आउँछ भन्नेमा संशय छ । अल्पमतमा भइसकेपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने कांग्रेस र एमालले बताउँदै आए पनि उहाँले यही असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिन लाग्नुभएको छ । संविधानको धारा १०० को उपधारा ९२० अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरे पनि उहाँले संसदमार्फत विश्वासको मत लिने निर्णय गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्ने÷नगर्नेे र त्यसपछिको राजनीतिक परिदृश्यले नेपालको राजनीतिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।
देशको राजनीतिमा अहिलेसम्म भएका घटनाक्रममा नेपाली जनताले अनुभव गर्नेगरी केही राहत पाएका छैनन । साठी वर्षको अवधिमा नेपालको राजनीतिमा जति प्रयोग भएका छन्, सम्भवतः त्यस्तो अन्यत्र कुनै पनि देशमा भएको छैन । यस कालखण्डमा नेपालीहरू झन्झन् अद्योगतितर्फ छन् । दलका नेताहरू यही परिस्थितिले जन्माएका प्रतिनिधि पात्रमात्रै हुन् । आमसचेत नागरिकले यो कुरा राम्ररी बुझेको छ । उनीहरूले आफ्नो बुझाईलाई अबको निर्वाचनमार्फत व्यक्त गर्नेछ तर निराशा झन् बढ्दै गयो भने त्यो विष्फोटमा परिणात नहोला भन्न सकिन्न ।
भ्रष्टाचारमा लिप्त देशहरू अघि बढ्न सकिरहेका छैनन् । यो यथार्थलाई कसैले बिर्सन हुँदैन । यस अवस्थाको अन्त्य गर्न जरुरी छ । भ्रष्टाचार राजनीति दल र तिनका नेता अनि प्रशासनको मिलेमतोमा हुने गरेको छ । मुख्य दोषी यिनीहरू नै हुन् ।
नयाँ राजनीतिक परिस्थितिमा सबै दलले जनतालाई केन्द्रमा रोखर आफ्ना गतिविधि अघि बढाए भनेमात्र केही आशा वादी हुन सकिएला । पछिल्लो समयमा दलहरू सहमति र सहकार्यको राजनीतिमा असफल हुँदै आएका छन् । आफ्नो व्यक्तिग, गुटगत र पार्टीगत स्वार्थमा मात्र उनीहरू तल्लीन हुँदै आएका छन् । यो सुखद् अवस्था होइन ।
पुरानै दलहरू सरकारमा आए पनि अथवा जुनसुकै परिवर्तन भए पनि स्वप्नशील नेतृत्व आजको आवश्यकता हो । स्वप्नशील नेतृत्वको प्यासमा आम नेपाली तड्पिरहेका छन् । भनिन्छ, राजनीति सम्भावनाहरूको खेल हो । संसदीय राजनीतिमा त्यस्ता सम्भावना गणितसँग जोडिएका हुन्छन् । त्यसैले राजनीतिमा सम्भावनाहरूको खोजी हुँदा भावनालाई भन्दा गणितलाई महत्व दिइन्छ । र, गणितको जगमा उभिएर दलहरूले आ-आफ्ना रणनीति बनाएका हुन्छन् । तर गणितको खेलमा रुमलिइरहँदा आममानिसका चासो र देशभक्ति सबैभन्दा माथि हुनु जरुरी छ ।
आज देशमा सुशासन कायम हुन नसक्दा विकास र समृद्धिको मार्ग अवरुद्ध हुँदै आएको छ । जुन देशमा सुशासन कायम हुन सक्दैन त्यो देशमा विकास नभएको देखिएको छ । हामी विश्वको इतिहासलाई हेरिरहेका छौं, विकसित देशहरूमा नेतृत्वमा बस्नेहरूले इमानदारीका साथ व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको पक्षमा काम गरेका छन् । त्यो देश विकास र समृद्धिको बाटोमा अघि बढिरहेको छ । भ्रष्टाचारमा लिप्त देशहरू अघि बढ्न सकिरहेका छैनन् । यो यथार्थलाई कसैले बिर्सन हुँदैन । यस अवस्थाको अन्त्य गर्न जरुरी छ । भ्रष्टाचार राजनीति दल र तिनका नेता अनि प्रशासनको मिलेमतोमा हुनेगरेको छ । मुख्य दोषी यिनीहरू नै हुन् । अदूरदर्शी, स्वार्थपन र अक्षमताका कारण देश अघि बढ्न सकिरहेको छैन ।
देशले जुन रूपमा सफलता हासिल गर्नुपथ्र्यो त्यसअनुसार सफलता हासिल गर्न सकेको छैन । सबैभन्दा बढीमात्रमा स्थानीय तहमा भ्रष्टाचार व्याप्त छ । केही दिनअघि स्थानीय तहका कतिपय मेयर, उपमेयर प्रमुख प्रशासकीय अधिकृतलगायत समातिएका समाचार सार्वजनिक भएका छन् । यसले नागरिकमा आक्रोश बढाएको छ । यस विषयमा राजनीतिक नेतृत्वले गम्भीर भएर सोच्नुपदर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा भ्रष्टाचार बढ्नु राम्रो होइन, यसले व्यवस्था नै बद्नाम बनाउने अवस्था सिर्जना भएको छ । समयमै सोच विचार गरेर राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व अघि बढनुपर्ने आवश्यक छ । नेतृत्वमा बस्ने सबैले आत्मसमीक्षा गर्दै सच्चिएर अघि बढ्नुको विकल्प छैन ।
मुलुक व्यवस्थित ढंगले अघि बढ्न नसक्नु नेतृत्व असक्षम भएर हो । बढ्दो युवा पलायनलाई रोकौ । दशेमै केही गर्न प्रेरित गरौं । भविष्य यही देशमा छ भन्ने भावनाको विकासका साथै कार्य योजना तय गरौं । कहिलेसम्म व्यक्तिगत र पार्टीगत स्वार्थमा लम्पट हुने । अब त केही सोचौं । अन्यथा भावी पुस्ताले हामीलाई धिर्कानेछ । अब बन्ने सरकारले यस्ता कुरा ख्याल गर्दै अघि बढ्नेछ भने आशा गरौं । (डा.उपाध्याय १५३ विश्वकीर्तिमानी व्यक्ति हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच