यो गठबन्धनबाट एमालेले आफ्नो समर्थन फिर्ता लिनुअगाडि पुष्पकमल दाहालले माधव नेपाललगायत नेताहरूलाई बुढानीलकण्ठ पठाउनुबाटै ओलीमा दाहालले फेरि अर्को चाल चल्दै कांग्रेससँग गठबन्धन गर्न लागेको सुइँको पाए । अनि मध्यरात्रिमा सपत्नी देउवा र ओलीको भेट क्याप्टेन रामेश्वर थापाको घरमा भएको थियो । यी रामेश्वर थापा तिनै मानिस हुन जसले ओली प्रधानमन्त्री हुँदा रअको चिफ सामन्त गोयललाई बालुवाटार लगेर मध्यरातमा भेट गराएका थिए । सर्सरी हेर्दा आरजु देउवालाई भुटानी शरणार्थी मुद्दामा फसाउन लागेकोले कांग्रेसले यो गठबन्धन ढाल्न षड्यन्त्र गरेको देखिन्छ तर वास्तवमा यो होइन किनकि यो व्यवस्थामा सरकारमा जाने प्रायः सबै भ्रष्ट छन् । एउटा भ्रष्टले अर्को भ्रष्टलाई कारबाही गर्ने नैतिक साहस नै हुँदैन ।
रवि लामिछानेले फैलाएको हौवा एउटा स्टन्टबाहेक केही होइन । मुख्य कारण, कांग्रेस र माओवादीसहितको गठबन्धन सरकार हुँदा गैरअमेरिकी कित्ताले सरकारलाई चेतावनी दिएपछि दलाई लामालाई लुम्बिनीमा ल्याएर फ्रि तिब्बतको पक्षमा कार्यक्रम गर्न नदिनु हो, उक्त कार्यक्रम इण्डियामा गर्नुुपर्ने बाध्यता अमेरिकालाई आयो । १२ जुनमा अमेरिकाले फ्रि तिब्बतसम्बन्धी कानुन पारित गर्नु, त्यसको एक हप्तापछि नेटो महासचिव स्टोल्टेन्वर्गले चीनलाई दण्डित गर्नुपर्ने आशय प्रकट गर्नु, अमेरिकी नेतृ पेलोसीले मोदीलाई भेटेर गएपछि मोदी र रअ प्रमुखको योजनामा नेपालमा सरकार परिवर्तनको योजना बन्नु यसका उदाहरण हुन् ।
यो सरकार परिवर्तन इण्डोपश्चिमाको योजनाको एउटा रूप हो । यसमा पुष्पकमल दाहालको दोहोरो चरित्र कारकतत्व देखिन्छ । उनी कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन फेरी-फेरी आफू सत्तामा रहने खेल खेलिरहन्छन् । बिरालाले मुसा खेलाए झैँ आफूभन्दा धेरै ठूला पार्टीहरूलाई खेलाएर उनले आफ्नो दुनो सोझो गर्दै आएका छन् । यो कुरा ओलीले पनि बुझेका छन् र देउवाले पनि तर आफ्नो स्वार्थवस दाहाललाई हिरो बनाउन उनीहरू बाध्य छन् ।
माओवादी लगायत साना दलहरूलाई समाप्त पार्न शंकर पोखरेल र भीमार्जुन आचार्यको अजेण्डा दुई दलीय व्यवस्था लागू गर्न संविधान संशोधन गर्न तयार छन् । जुन साना दलहरूले आज कांग्रेस र एमालेलाई साथ दिइरहेका छन्, उनीहरूको पनि अस्तित्व समाप्त भएर जानेछ ।
माओवादीलगायत साना दलहरूलाई समाप्त पार्न शंकर पोखरेल र भीमार्जुन आचार्यको अजेण्डा दुई दलीय व्यवस्था लागू गर्न संविधान संशोधन गर्न तयार छन् । जुन साना दलहरूले आज कांग्रेस र एमालेलाई साथ दिइरहेका छन्, उनीहरूको पनि अस्तित्व समाप्त भएर जानेछ । उनीहरूसँग एउटै उपाय हुनेछ कि त कांग्रेसमा वा एमालेमा विलय हुनुपर्यो । विलयले उनीहरूको राजनीतिक जीवनलाई नै समाप्त पार्नेछ, पश्चिमा शैलीको दुई दलीय व्यवस्था नेपालका लागि हानिकारक छ । जसरी राष्ट्रसंघाती महाकाली सन्धिमा ओली माधवकै कारण पारित भयो, भोलि उनकै कारण नेपाललाई अप्ठ्यारो पर्न सक्दैन भन्न सकिँदैन ।
अहिलेको सत्ता परिवर्तनको खेलमा आन्तरिकमात्र न भएर बाहृय शक्तिको पनि महत्वपूर्ण हात छ । युक्रेनमा अमेरिका असफल भइसकेको अवस्था छ । अमेरिका चीन बिआरआई कार्यान्वयनमा नजाओस् भन्ने चाहन्छ । एमाले सत्तामा गएपछि सरकार समर्थित इण्डियन मिडियाहरूले बिआरआई सम्झौताको विरोध गरिरहेका छन्, यता कांग्रेसको विरोध पनि जारी छ, अमेरिका निर्देशित विश्व बैंक, आइएमएफ र एडिबिबाट खर्बौं रुपैयाँ ऋण लिँदा नेपाललाई ऋणभार नबढ्ने तर कांग्रेसको विचारमा चीनबाट लिँदा ऋणभार बढ्ने, ब्याज तिर्नुपर्ने तर्क राखिरहेको छ । के विश्व बैंकहरूले विनाब्याजको ऋण दिएका हुन् ? इन्डियन मिडियाको अर्को प्रचार ओली चीनको कट्टर समर्थक हुन् । जबकि त्यसो होइन । उनीहरूको भनाइमा नेपाली कांग्रेस इण्डिया समर्थक दल हो र पुष्पकमल दाहाल इण्डिया समर्थक नेता हुन् । जबकि कांग्रेस इण्डियाभन्दा अमेरिकाप्रति बढी बफादार छ ।
गणतन्त्र आएपछि नेपालमा अस्थिर सरकार बन्ने परम्परा नै बसिसकेको छ । यस घईले बनाइदिएको यो संविधान अस्थिरताको जगमै उभिएको छ । जबसम्म यो संविधान छ तबसम्म नेपालको राजनीति अस्थिर नै रहने छ र नेपाल विश्वकै भ्रष्टतम मुलुक बनिरहने छ । विदेशी शक्ति पनि यहाँ भ्रष्टाचार बढोस् र एकदिन यो देश टाट पल्टियोस् भन्ने चाहन्छन् । त्यसैले उनीहरूलाई यहाँ हुने भ्रष्टाचारसँग खासै चासो छैन ।
अहिले पुष्पकमल दाहालले सत्ता जोगाउन अमेरिकी विवादस्पद व्यक्ति चाल्र्स मेण्डिजलाई साथ लगाएर पम्फा भुसाललाई दिल्ली पठाएका छन् तर यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चाल्र्स मेण्डिजको हात छ । उनले चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश हुँदा उनीबाट यो फैसला गराएका थिए भन्ने चर्चा पनि छ । अमेरिका र इन्डियाको सम्बन्ध राम्रो भएकोले भन्न सकिँदैन दिल्लीमा के खिचडी पाक्छ ? उनीहरूका लागि आफ्नो एकदमै विश्वासपात्र कांग्रेस र माओवादी गठबन्धन सरकार नै हो । किनकि उक्त सरकारले एमसिसी पनि पारित गरेको थियो ।
यदि कथंकदाचित यो कांगे्रस एमालेको गठबन्धन अनुसार सरकार बनिहाल्यो भने संविधानतः ओली प्रधानमन्त्री बन्न पाउँदैनन् । ७६.२ को सरकार बनेपछि अब पालो ७६.३ को हो । यस दफा अनुसार सरकार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसकै नेतृत्वमा बन्ने हो र ऊ पनि असफल भए मध्यावधि चुनावमा जानुपर्ने हुन्छ । राष्ट्रपति र अदालत यिनै नेताहरूको मुट्टीमा भएकोले ओलीलाई प्रधानमन्त्री बनाए सदर हुन पनि सक्छ । जबसम्म यो व्यवस्था र यी नेताहरू रहिरहन्छन् तबसम्म देशको अवस्था अस्थिर नै रहनेछ ।
यी नेताहरूको अनुहार देख्दा र यिनीहरूको भाषण सुन्दा इण्डियामा प्रायः लोप भएको नेपालमा पाइने करिब दुई सयको संख्या भएको हुँडारको झझल्को आउँछ । हुँडार शिकार खेल्नुअगाडि राति सबैभन्दा शक्तिशाली हुँडारको नेतृत्वमा दशदेखि नब्बेवटासम्म भेला हुन्छन् जसरी हाम्रा नेताहरू देशको शिकार खेल्न मध्यरातमा गोप्य बैठक गर्छन् । कम शक्तिशाली वा कमजोर हुँडारहरूले शक्तिशाली हुँडारको आदेशको पालना गर्छन् जसरी हाम्रा नेताहरूले विदेशी शक्ति राष्ट्रको र सांसदहरूले आफ्नो शीर्ष नेताको आदेश पालन गर्छन् । यिनीहरूले पशुपक्षीको मात्र शिकार गर्छन् र ठूलो भाग शक्तिशाली हुँडारले खान्छ । कहिलेकाहीँ भागबण्डाका लागि यिनीहरूमा झगडा पनि हुन्छ, हाम्रा नेताहरूमा जस्तै ।
यी नेताहरूले देशलाई ठगेर, भ्रष्टाचार गरेर देश विदेशमा राखेको धन सम्पत्ति, उद्योग धन्दामा लगाएको लगानी के मृत्युपछि पनि भोग गर्न पाउलान् ? के यिनीहरूपछि यिनीहरूका सन्तानले अविचलरूपमा आफ्ना बाउआमाले पापकर्म गरेर कमाएको सम्पत्ति भोग गर्न सक्लान् ?
शक्तिशाली हुँडारले कमजोरविरोधी हुँडारलाई समूहबाट निष्काशन गर्छ । एउटा सिंहले यसलाई मारे पनि यसको मासु खाँदैन । किनकि यो पौष्टिक हुँदैन र यसको मासु गनाउँछ । जसरी हाम्रो देशका नेताहरूको शरीरबाट भ्रष्टाचार तथा देशद्रोहको दुर्गन्ध निस्कन्छ । हुँडारको विशेषता यसले शिकार चाँडै खान्छ र पेटमा स्टोर गर्छ, हाम्रा नेताहरूले भ्रष्टाचार गरेर कमाएको धन लुकाए झैँ । हुँडारको विशेषता के हो भने यिनीहरूको पति वा पत्नीको ज्यान खतरामा भए पति वा पत्नीलाई बचाउन शत्रुसँग भिडी हाल्छन् । जसरी अहिले हाम्रा नेताहरू गरिरहेका छन् । अमेरिकामा गरिएको अनुसन्धानबाट हुँडार किन हाँस्छन् भन्ने पत्ता लागेको छ ।
नेपालमा पाउने पाटे हुँडारको नेता मादा हुन्छ । आफ्नो सामाजिक दर्जा कति माथिसम्म छ भनेर हँुडार हाँस्छन् । जो जति लामो अट्टहास गर्न सक्छ उसको सामाजिक दर्जा त्यतिमाथि हुन्छ । यो प्रायः शिकारको बाँडफाँड्को मुद्दामा हुन्छ । कहिलेकाहीँ यिनीहरू मुस्कुराउने, गलल्ल हाँस्ने पनि गर्छन् । उनीहरूको हाँसोबाट उनीहरूको हैसियतको पत्ता चल्छ । हाम्रो नेताहरूको जनताको सामु कृत्रिम हाँसो र आफ्नो सफलतामा कोठाभित्रको हाँसो अनि हुँडारको हाँसोमा फरक छैन । हँुडारहरूको व्यवस्थामा आमजनता न सुखी हुन सक्छन् र न त शान्तिसँग बाँच्न पाउँछन् ।
यी नेताहरूले देशलाई ठगेर, भ्रष्टाचार गरेर देश विदेशमा राखेको धन सम्पत्ति, उद्योग धन्दामा लगाएको लगानी के मृत्युपछि पनि भोग गर्न पाउलान् ? के यिनीहरूपछि यिनीहरूका सन्तानले अविचलरूपमा आफ्ना बाउआमाले पापकर्म गरेर कमाएको सम्पत्ति भोग गर्न सक्लान् ? पाप कर्मले कमाएको सम्पत्ति त एकदिन मास्सिएर जाने हो । इतिहासमा यिनीहरूको नाम त खुंखार हुँडारको रूपमा लेखिनेछ । हुँडारले त आफ्नो वासस्थल जंलललाई त मास्दैनन्, आफ्ना आगामी पुस्ताका लागि संरक्षित गरेर राख्न खोज्छन् तर हाम्रा हुँडाररूपी नेताहरू यो देशलाई नै समाप्त पार्न खोज्दैछन् । इतिहासमा अनेकौं राजा महाराजा र शासकहरू आए र गए तर ती सबैको नाम इतिहासमा दर्ज भएन । कि त लोकप्रिय शासकको भयो र कि त अत्याचारी शासकको ।
अत्याचारी शासकहरूलाई आफ्नो, आफ्ना पत्नी र पुत्रहरूको जति शालिक बनाएर पनि भोलि तिनै शालिकमाथि आगामी पिँढीले थुक्नेछन् वा शालिकहरू भत्केर जानेछन् । यसै सम्बन्धमा कवि पि.बि.शेलीले एउटा कविता लेखेका थिए, ‘ओजिमण्डियास’ । ओजिमण्डियास राजा रामेसेर द्वितीयको नाम हो । रोमनहरूले उनलाई ओजिमण्डियास भन्थे । यो कवितामा एउटा मूर्ति बनाएर आफूलाई अमर बनाउने उनको मुर्खतार्पूण इच्छाका बारेमा उल्लेख छ । कविको भेट एक यस्तो मानिससँग हुन्छ जो इजिप्टकोे मरुभूमिमा एउटा प्राचीन स्थानमा गएका थिए । उसले इजिप्टका महान् शक्तिशाली राजा ओजिमण्डियासको नष्ट भएको मूर्तिका बारेमा बतायो ।
समयसँगै त्यो नष्ट भइसकेको थियो । केवल दुईवटा खुट्टा थियो जो सानो चौकीमाथि उभिएको थियो र शरीरको माथिल्लो हिस्सा कतै देखिएको थिएन । मूर्तिको अनुहार बालुवामा भास्सिएको थियो । त्यसमा असन्तुष्टि र व्यंग्य भरिएको मुस्कान थियो । यात्रु कलाकारको प्रतिभाको प्रशंसा गर्छन् किनकि उनले सूक्ष्मतम भावहरूलाई र ओठका चाउरीहरूलाई हुबहु नक्कल गरेका छन् र मञ्चमा उत्कीर्णन ओजिमण्डियासको गौरव र अहंकारलाई दर्शाउँछ । किनकि मूर्ति अब नष्ट भइसकेको छ, उत्कीर्णन राजाको गौरव र अहंकारको उपहास हो ।
आज यतिका शताब्दीहरू बितिसकेपछि मरुभूमिको विशाल विस्तारमा राजाको उपलब्धिको कुनै चिहृन छैन । मूर्तिसँगै लेखिएको थियो ‘मेरो नाम ओजिमण्डियास हो, राजाहरूको राजा, मेरा कार्यहरूलाई हेर, यी शक्तिशाली र निराशा । मैले जे बनाए सबै समाप्त भइसकेको छ, मैले बनाएको सीमाहीन साम्राज्य समाप्त भइसकेको छ केही बाँकी छैन । एकान्तमा चारैतिर बालुवामात्रै छ ।’ ओजिमण्डियासको अर्थ हो तानाशाह, अहंकारउन्मादी । हाम्रा ओजिमण्डिासहरूको पनि एकदिन यस्तै अवस्था हुने हो ।
Rationally opined. Nice insights. Kudos to author