
आजको दिनमा विश्वको जनसंख्या ८ अर्ब ५० करोडभन्दा बढी र नेपालको जनसंख्या ३ करोड २ लाखभन्दा बढी पुगिसकेको छ । के मानिँदै आइएको छ भने विश्वमा मानिसको जनसंख्या १३५० मा आएको भयंकर ठूलो महामारी ‘कालो मृत्यु’ अर्थात् ‘प्लेग’को महामारी पछियता लगातार बढ्दै नै आएको छ । जनसंख्या वृद्धि १३५० पछि सुरु भएको देखिन्छ । त्यसको कारण सुध्रिँदो स्वास्थ्य र बढी खाद्यान्न उत्पादनलाई मानिन्छ । यद्यपि विश्वमा जनसंख्याको वृद्धिदर वर्ष १९८० पछि घट्न थाल्यो तर पनि जनसंख्याको पूर्णांक संख्या फेरि वृद्धि हुँदै रहृयो ।
आजभन्दा एक वर्ष ६ दिन पहिलाको अनुसन्धान प्रतिवेदनले के बताएको थियो भने ५ जुलाई २०१९ का दिन ७६३.४ करोड मानिस यो पृथ्वीमा आएका थिए । आजका दिन यो संख्या ७ अर्ब ७९ करोड ४७ लाख ९८ हजारभन्दा बढी हुन पुगेको छ । के पनि मानिएको छ भने यो धरतीले चार अर्ब मानिसलाई मात्र राम्रो जीवन यापन दिन पर्याप्त छ भने यसले १६ अर्बभन्दा बढी मानिसको बोझ बोक्न सक्ने यसको स्थिति छैन । यो पृथ्वीको अन्तिम सीमा हो । के पनि मानिँदै आएको छ भने आगामी २०४०–५० सम्ममा विश्वको जनसंख्या ८ देखि १० अर्बसम्म पुग्नेछ । किन कि अहिले प्रतिवर्ष ७.४ करोड मानिसको जनसंख्या यो पृथ्वीमा बढ्ने गरेको छ । विश्वका सातवटा देश यस्ता छन् जसका कारणले विश्वको आधा जनसंख्याको भाग उनीहरूमात्र हुन्छ ।
संयुक्त राष्ट्र संघको जनसंख्या विश्लेषणको २००४ को प्रतिवेदनका अनुसार पनि आगामी २०५० सम्ममा विश्वको जनसंख्या स्थिर हुन पुग्नेछ तर २०१४ को साइन्स म्यागाजिनले भने यस कुराको खण्डन गर्दै यो जनसंख्या वृद्धि आउँदो शताब्दीसम्म जारी रहिरहनेछ भनेर बताएको थियो ।
यो हाम्रो पृथ्वीमा कति जनसंख्या हुनुपर्ने हो भन्ने चर्चा धेरै पहिलेदेखि नै चल्दै आएको हो । प्राचीन लेखक तेतुल्लियनले दोस्रो शताब्दीमा के भनेका थिए भने जनसंख्या पृथ्वीको क्षमता अनुसार नै हुनुपर्दछ । यो पनि गजबकै कुरा छ कि ७५० वर्ष पहिला अर्थात् औद्योगिक क्रान्तिभन्दा पनि पहिला जतिबेला विश्वको जनसंख्या धेरै मन्द गतिले मात्र बढ्ने गर्दथ्यो तर यता १९आंै शताब्दी आइपुग्दा नआइपुग्दै यो जनसंख्या बढेर अर्बौंमा पुग्न गयो । १९औं शताब्दीको त्यसै औद्योगिक क्रान्ति पछि जनसंख्यामा पनि वृद्धि भयो भने त्यसको सँगसँगै प्राकृतिक स्रोतसाधनको तीव्र शोषणसमेत बढ्दै गयो । त्यस शताब्दको अन्त्यसम्ममा मानिसको जनसंख्या एक अर्ब थियो त्यो २० शताब्दी लाग्दा नलाग्दै १.६ अर्ब पुग्न गयो र यो २० शताब्दीको अन्त्यसम्ममा पुग्दा हृवात्तै बढेर ६ अर्बमा आइपुग्यो ।
हुन पनि विद्वान् अर्थशास्त्री थोमस माल्थसले भनेका थिए कि पृथ्वीमा यो मानव जाति संशाधनहरूको तुलनामा कैयौं गुणाले बढ्न जानेछ । यो पृथ्वीले कति जनसंख्याको भारबहन गर्न सक्तछ भन्ने बहस शताब्दीऔंदेखि चल्दै आएको भए पनि १९९४ देखि यसको विश्लेषण आरम्भ भयो । त्यतिबेला इण्टर एकेडेमिक प्यानलले आफ्नो प्रतिवेदनमा भनेको थियो कि जनसंख्याका कारण पर्यावरण, जलवायु परिवर्तन, प्रदूषणजस्ता मुद्दाहरू खडा हुन पुग्नेछन् । संयुक्त राष्ट्र संघको जनसंख्या विश्लेषणको २००४ को प्रतिवेदनका अनुसार पनि आगामी २०५० सम्ममा विश्वको जनसंख्या स्थिर हुन पुग्नेछ । तर २०१४ को साइन्स म्यागाजिनले भने यस कुराको खण्डन गर्दै बताएको थियो कि यो जनसंख्या वृद्धि आउँदो शताब्दीसम्म जारी रहिरहनेछ ।
यसअघि २०१७ मा नै ५० जना नोबेल पुरस्कार विजेताहरूले सामूहिक रूपले एउटा अपिलमा भनेका थिए कि अधिकतम मानव जनसंख्या तथा पर्यावरणीय क्षति विश्वका आजका दुइटा ठूलो खतरा बन्न गएका छन् । वर्ष २०१९ मा १५,२६४ जना वैज्ञानिकहरूले के मानेका थिए भने बढ्दो जनसंख्या नै बिग्रँदो समाजिक, आर्थिक तथा पारिस्थितिकीय कारण हो ।
तथापि जनसंख्याको यो मुद्दा विश्वमा बहसको ठूलो मुद्दा हुने गर्दैन । किनभने यस मुद्दासँग विभिन्न कुरा जोडिएका छन् । जनसंख्याको आर्थिक, सामाजिक तथा राजनीतिक पक्ष जतिजति बेला चर्चामा आउँदछ त्यो विभिन्न किसिमका विवादमा अड्किने गर्दछ । तर हामी कोही पनि जनसंख्याको चर्चामा कतै पञ्छिने या तर्किने गर्न सक्तैनौ । किनभने स्थिति लगातार विष्फोटक बन्दै आएको छ । विशेष गरेर जब विश्वमा प्रत्येक तेस्रो व्यक्तिलाई आज भरपेट खाना प्राप्त गर्न सक्ने स्थिति छैन, विश्वको जनसंख्याको आधाजसो आवादिको शीर ओतिने छत छैन, विश्वको जनसंख्याको केवल ३०.४० प्रतिशत मानिसहरूसम्म मात्र यो पुग्न सकेको छ । यी सबै कारणले गर्दा गाउँघरबाट शहरतिर बाहृय जनसंख्या पलायन तीव्र बनेको छ ।
जनसंख्या अहिलेकै गतिमा बढ्दै जाँदा अन्न, पानी र प्राण वायुसम्मका सबै कुरामा बहुतै ठूलो संकट उत्पन्न हुन जानेछ । आजै र अहिले नै पनि यी प्राकृतिक संशाधनमाथि परिरहेको दबबा स्पष्ट देख्न सकिन्छ । बितेको दुई दशकयता यो दबाब अझ गम्भीर र गहिरो बनेको छ ।
यस्तो स्थितिमा बुझ्न सकिन्छ कि यदि एक हेक्टरको खेतीबाट २२ टनमात्रै धान उत्पादन गर्न सकिन्छ र त्यसबाट १००० मानिसको मात्र पेट भरिन्छ भने यसबाट अगाडिको स्थिति के कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ कि स्थिति कति भयावह छ । यो मानव जनसंख्याका साथै हामीले यो पृथ्वीका अरू प्राणीहरूको बारेमा पनि सोच्नुपर्ने हुन्छ । एउटा प्रतिवेदनका अनुसार १.४ लाख प्रजातिहरू आज यो धरतीबाट विलुप्त हुने संघारमा पुगिसकेका छन् । तीमध्ये ८०१ वन्य जीवजन्तु पनि सामेल छन् । ‘वर्डवाइड फण्ड फर नेचर’ ले दिएको एउटा प्रतिवेदन अनुसार विश्वको मानव जनसंख्या यदि यसै गतिमा बढ्दै जाने हो भने आजको यो हाम्रो पृथ्वीभन्दा डेढ गुणा ठूलो अर्को पृथ्वीको आवश्यकता छ ।
अर्कोतिर बढ्दो जनसंख्याका कारण सुरक्षित पिउने पानीको उपलब्धतामा पनि सोझो असर परेको छ । बढ्दो वायु प्रदूषण, माटो तथा ध्वनि प्रदूषण आदि सोझै बढ्दो जनसंख्याकै कारण उत्पन्न समस्या हुन् । बितेको १९७० देखियता २०१५ को बीचमा ऊर्जाको उपभोगमा कैयौं गुणा वृद्धि भएको छ । यसको अर्थ हो १९७० मा यदि ऊर्जाको उपभोगलाई शून्य मान्ने हो भने २०१० मा यो १५० गुणाले बढी हुन्छ र २०२५ सम्म गइपुग्दा यो २५० गुणा बढी हुनपुग्नेछ र यसका लागि हदभन्दा ज्यादै बढी प्रकृतिको शोषण हुनजानेछ । हामीलाई थाहा भएकै कुरा हो कि विश्वमा बाल शिशु मृत्युदर बढ्दो गरिबीका कारण उत्पन्न भएको हो । अनिकाल, कुपोषण र अरू नयाँ–नयाँ बिमारीहरूको सिधा कारण बढ्दो जनसंख्यासँग जोडिन पुग्दछ ।
अनि कठिनाइ के छ र हुन्छ भने विश्वमा कुपोषित र अल्पपोषित मानिसहरूको संख्या पनि निरन्तर बढिरहेको छ । अहिले त स्थिति कहाँसम्म पुगेको उल्लेख गरिन्छ भने बृटेन जस्तो सक्षम मानिएको देशलाई पनि आफ्नो देशका मानिसलाई बचाउन खाद्यान्न आयात गर्नुपर्ने स्थिति बनेको छ । तर विश्वका हरेक देशको स्थिति यस्तो छैन कि ब्रिटेनले जस्तै सबैले आवश्यक खाद्य सामग्री आयात गर्न सकुन् । धेरैजसो देशहरूको आर्थिक स्थिति त्यस्तो राम्रो छैन जसले गर्दा उनीहरूले आवश्यक खाद्य पदार्थ सहजै आयात गर्न सकुन् । फलतः ती देशका मानिसहरू आवश्यक खाद्यान्न र खाद्य पदार्थको अभावले कुपोषण र अल्पपोषणको शिकार हुनु अनिवार्य छ । अनि खाद्य सम्प्रभूता र खाद्य अधिकार अर्थात् यो कागजी अधिकारको कुरा गरेर के गर्नु ?
एकदमै स्पष्ट छ कि जनसंख्या अहिलेकै गतिमा बढ्दै जाँदा अन्न, पानी र प्राण वायुसम्मका सबै कुराहरूमा बहुतै ठूलो संकट उत्पन्न हुन जानेछ । आजै र अहिले नै पनि यी प्राकृतिक संशाधनरुमाथि परिरहेको दबाब स्पष्ट देख्न सकिन्छ । अझ बितेको दुई दशकयता यो दबाब अझ गम्भीर र गहिरो बनेको छ । यस स्थितिमा कल्पनामात्र गर्न सकिन्छ कि आउँदा दुई तीन दशकभित्र पस्थिति कति भयावह र विष्फोटक बन्ला ¤ त्यसैले हामीले बढ्दो विश्व जनसंख्या र पृथ्वीको बहन क्षमता (क्यारिङ क्यापासिटी) तथा वर्तमान असमान विश्व विकास परिस्थितिमाथि महावहस चलाएर निर्णायक निष्कर्षमा पुग्नु एकदमै विलम्ब भइसकेको छ ।
अन्यथा यो विश्व संशाधनहरूको महासंकट र भयावह युद्धको घानमा पर्ने कुरा प्रायः निश्चित छ । विश्वमा सरदर ८० प्रतिशत स्रोतसाधन २० प्रतिशतको हातमा केन्द्रित छ भने ८० प्रतिशत आवादीले २० प्रतिशत स्रोतसाधन मात्रको भरमा जीवन निर्वाह गर्नुपर्ने जुन असमान स्थिति सिर्जना भएको छ त्यसको समुचित निराकरण गर्नु अनिवार्य र अपरिहार्य छ । अहिले चलिरहेको कोरोना महामारी, डेंगुको भयावह स्थितिले हामीलाई जनसंख्या, स्रोतसाधनका बीच कसरी सन्तुलनकारी स्थिति सिर्जना गर्ने र असमान स्रोतसाधनको व्यवस्थापन कसरी गर्ने भन्ने गम्भीरतम् विषयतिर राम्रैसँग घच्घच्याएको छ ।
हामीले हाम्रो रक्षा गर्ने पृथ्वीका अधिशासित नियमहरूको पालना गरेर यसको रक्षा गर्न सिकेनौं भने यसले पनि हाम्रो रक्षा गर्न छोडिदिनेछ । पृथ्वी रक्षति रक्षिता भन्ने कुरा कति महत्वपूर्णछ मनन गरौं । न स्रोतसाधनको व्यवस्थापन कसरी गर्ने भन्ने गम्भीरतम विषयतिर राम्रैसँग घच्घच्याएको छ । हामीले हाम्रो रक्षा गर्ने पृथ्वीका अधिशासित नियमको पालना गरेर यसको रक्षा गर्न सिकेनौं भने यसले हाम्रो रक्षा गर्न छोडिदिनेछ । पृथ्वी रक्षति रक्षिता भन्ने कुरा कति महत्वपूर्ण छ मनन गरौं ¤
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच