त्रिबेणीमा भेटिएका ४ शव मध्ये दुईको सनाखत

हिमालय टाइम्स
Read Time = 2 mins

नवलपरासी । भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोले बस त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरुको शव पुर्वी नवलपरासीअन्तर्गत पर्ने त्रिबेणी सम्म भेटिन थालेको छ । हिजो मात्रै त्रिबेणी ब्यारेजमा दुई जनाको र भारत तर्फ दुई गरि चार जनाको शव भेटिएकोमा दुई जनाको सनाखत भएको छ ।

सनाखत भएका मध्ये बिरगंजबाट काठमाडौं गैरहेको बसका यात्रु भरतपुर महानगरपालिका २२ पटिहानी बस्ने बर्ष २२ का सुदिप पौडेल रहेका छन् भने रौतहट जमुनामाई-४ का बर्ष १७ का राहुम मिया रहेका छन् । दुबै जनाको शव गण्डक नहर नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

यसै गरी त्रिबेणी ब्यारेजमा भेटिएकी अन्दाजी १९ बर्षकी महिला र अन्दाजी २०/२५ बर्ष उमेर समुहका पुरुष गरि दुई शवको सनाखतको प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले बताउनु भयो । सोमबार बिहान पुर्वी नवलपरासीको मध्यबिन्दु २ कोलुवामा थप एक पुरुषको शव फेला परेको पौडेलले जानकारी दिनुभयो । खोजी कार्यलाई तिब्र पारिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?