ओस्लो । फुटबल सिजनअघि प्रि-सिजनको पहिलो खेलमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेड पराजित भएको छ । नर्वेमा भएको खेलमा युनाइटेड घरेलु टोली रोसेनबोर्गसँग १-० ले पराजित भएको हो । खेलको अन्तिम समयतिर गोल भएको थियो । नोआह होल्मले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै रोसेनबोर्गलाई जित दिलाउनुभयो ।
युनाइटेडका लागि मार्कस र्यासफोर्ड, क्यासेमिरो, मेसन माउन्ट, एरन वान विसाकालगायत मुख्य खेलाडी मैदानमा उत्रिएका थिए । युरोकप र कोपा अमेरिकाका लागि गएका खेलाडी भने पछि प्रिसिजनमा सामेल हुने बताइएको छ । युनाइटेडले सिजन सुरु हुनुअघि थप चार मैत्रीपूर्ण खेल खेल्दैछ ।
शनिबार स्कटिस टोली रेन्जर्ससँग खेल्नेछ । त्यसपछि युनाइटेडले आर्सनल, रियल बेटिस र लिभरपुलसँग खेल्ने तालिका छ । युनाइटेडको सिजनको औपचारिक सुरुवात अगस्ट १० मा म्यानचेस्टर सिटीविरुद्ध कम्युनिटी शिल्डका लागि खेल्दै हुनेछ । २७ अगस्ट मा फुलहमविरुद्ध खेल्दै युनाइटेडले प्रिमियर लिग सिजनको सुरुवात गर्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच