हुन त माथिको शीर्षक हेर्दा नेपालमा पर्यटक संख्या बढाउनका लागि चीन सरकारले आफ्नो देशको केन्द्रीय राजधानी शहर बेइजिङमा ‘नेपाल भ्रमण वर्ष’ आयोजना गर्छ ? भन्ने लाग्न सक्छ तर यो कुरो साँचो हो । यो कुरा गतवर्ष अर्थात् सन् २०२३ अक्टोबर महिनामै पक्का भइसकेको हो । हो, त्यस बेलामा विश्वकै एक प्रमुख समाचार संस्थाका रूपमा स्थापित बिबिसी सेवाको नेपाली संस्करण (अनलाइन)मा समाचार प्रकाशित-अपलोड भएको थियो । समाचारमा नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउनका लागि चीनको राजधानी बेइजिङमा ‘नेपाल भ्रमण वर्ष-२०२५’ आयोजना गरिने भनिएको थियो । त्यस बेला समाचारमा उल्लेख गरिए अनुसार नेपालमा चिनियाँ पर्यटक बढाउनका लागि सन् २०२५ मा चीनको राजधानी शहर बेइजिङमा ‘नेपाल भ्रमण वर्ष-२०२५’ आयोजना गरिने छ ।
यस्तो समाचार फेरि दोहोरिएर केही समयअघि नेपालका विभिन्न सञ्चारमाध्यमहरूमा जस्तै अनलाइन, प्रिन्ट (दैनिक तथा साप्ताहिक पत्रपत्रिका), एफएम रेडियो, टेलिभिजन, युट्युब, ब्लग आदिमा प्रशारण-अपलोड-प्रकाशित भएको थियो । खागरिकन चीनका उपविदेशमन्त्री सुन वेइतोङको नेपाल भ्रमणपछि सो समाचार पुनः व्यापक रूपमा प्रशारण-अपलोड-प्रकाशित भयो । नेपालका तत्कालीन प्रधानमन्त्री प्रचण्डले सन् २०२३ को सेप्टेम्बर महिनामा औपचारिक रूपमा चीनको भ्रमण गरेका बेला दुई देशको सरकारीस्तरमा तय भएको कार्यक्रम रहेको थियो ‘नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउनका लागि चीनको राजधानी शहर बेइजिङमा ‘नेपाल भ्रमण वर्ष-२०२५’ आयोजना गरिने’ कार्यक्रम । जुन कुरो प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा रहँदा दुई देशको सरकारी अधिकारीहरूले संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा पनि जनाइएको थियो ।
चीनका उपविदेशमन्त्री सुन वेइतोङ हालै नेपाल भ्रमण गर्न आएको मौकामा पुनः ‘नेपालमा चिनियाँ पर्यटकहरूको संख्या बढाउनका लागि चीनको राजधानी शहर बेइजिङमा ‘नेपाल भ्रमण वर्ष-२०२५’ आयोजना गरिने’ कार्यक्रमलाई मूर्त रुप दिइएको छ ।
यसरी चीनका उपविदेशमन्त्री सुन वेइतोङ हालै नेपाल भ्रमण गर्न आएको मौकामा पुनः ‘नेपालमा चिनियाँ पर्यटकहरूको संख्या बढाउनका लागि चीनको राजधानी शहर बेइजिङमा ‘नेपाल भ्रमण वर्ष-२०२५’ आयोजना गरिने’ कार्यक्रमलाई मूर्त रूप दिइएको छ । स्मरणीय छ, चीनका उपविदेशमन्त्री सुन वेइतोङ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षको अवसर हुने औपचारिक कार्यक्रममा भाग लिने क्रममा नेपाल भ्रमणमा आउनुभएको थियो । सो भ्रमणको अवसरमा नेपालको पर्यटन प्रवद्र्धन गर्न र धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ चीन सरकारले आफ्नो देशमा ‘भिजिट नेपाल-२०२५’ मनाउने निर्णय गरिएको पुनः दोहोर्याउनुभएको छ । आफ्नो भनाइ राख्ने क्रममा चीनका उपविदेशमन्त्री सुन वेइतोङले नेपालको आर्थिक तथा सामाजिक विकास गर्नका लागि चीन सरकारले निरन्तर रूपमा सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।
खासमा भन्नुपर्दा चीनबाट कोरोना (कोभिड-१९) महामारीपछि चीनबाट नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकको संख्या अपेक्षा गरेभन्दा धेरै कम संख्यामा आइरहेका छन् । खासगरी सन् २०२३ को सुरुमै दुई चरणमा चीन सरकारले आफ्ना देशका नागरिकहरूलाई पर्यटक भई विदेश भ्रमणमा जाने अनुमति दिएपछि नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकहरूको संख्या सजिलै एक लाख १०-१२ हजार पुग्ने आशा गरिएको भए तापनि सन् २०२३ चीनबाट केवल ६० हजार चिनियाँ पर्यटकहरूमात्रै नेपाल भ्रमण गर्न आएका थिए । चालु वर्ष सन् २०२४ मा पनि सन् २०२४ को को ६ महिना पुग्दा बल्ल ५४ हजार चानचुन चिनियाँ पर्यटकहरूको पुगेको छ ।
त्यसो त चीन सरकारले सन् २००३ मा बल्ल आफ्ना देशका नागरिकहरूलाई नेपालमा पर्यटक भई भ्रमण गर्नका लागि अनुमति दिन थालेको हो भने, सन् २०१३ देखि मात्रै चिनियाँ पर्यटकको संख्याले एक लाख नाघ्न थालेको थियो । सन् २०१९ मा सबैभन्दा धेरै संख्यामा अर्थात एक लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । तर, सन् २०१९ को डिसेम्बर अन्तिमतिर महामारीका रूपमा फैलिएको कोभिड-१९ पछि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा चिनियाँ पर्यटकको संख्या अकस्मात तेस्रो, चौथो, पाँचौं, छैटौं स्थानमा झर्यो । सन् २०२३ मा चाहिँ केही बढेको अवस्थामा आएको छ ।
चिनियाँ पर्यटक धेरैभन्दा धेरै नेपालमा भित्र्याउनका लागि चीन सरकारले गर्न लागेको ‘नेपाल भ्रमण वर्ष-२०२५’ का साथै चीनको ठूलो एवं धेरै जनसंख्या बसोवास भएका शहरमा चीन-नेपाल सिधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ ।
त्यसैले यो पंक्तिकारको विचारमा चाहिँ चिनियाँ पर्यटक धेरैभन्दा धेरै नेपालमा भित्र्याउनका लागि चीन सरकारले गर्न लागेको ‘नेपाल भ्रमण वर्ष-२०२५’ का साथै चीनको ठूलो एवं धेरै जनसंख्या बसोवास भएको शहरहरू साङघाई, बेइझिङ, सेनजेन, ग्वाङझो, चेङदु, तियानजी, वुहान, दोङगुवान, सियान, हाङझाउ, फोसान, नानझिङ, सेन्यान, झेङझोउ, क्विनदाओ, सुझोउ, जिनान, चाङसा, कुनमिङ, हार्बिन, शिझियाझुवाङ, हेफेई, दालिन, हाङचुन, ताइयुयान, गर्ययाङ, वुसी, उरुम्की, झोङशान, हान्तोउ, निङबो, फुजोउ, नानचाङ, चाङझोउ, आनझोउ, नानतोङ, हुइझोउ, वेनझोउ, जिबो, ताङसान लगायत लगभग ५० वटा शहरमा चीन-नेपाल सिधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । ती ५० वटा शहरमध्ये सातवटा (साङ्घाई, बेइझिङ, सेनजेन, ग्वाङझो, चेङदु, तियानजी, वुहान) शहरहरूमा मात्रै १० करोडभन्दा बढी जनसंख्या रहेको छ ।
हामीले चिनियाँ एयरलाइन्सहरू एयर चाइना, साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, हाइनान एयर, साङ्घाई एयर, सेनजेन एयर, सिचुआन एयर, सियामेन एयर जुनेयावो एयर, नाइन एयर, बेइझिङ एयर, चाइना युनाइटेड एयर, जियाङसी एयर, लक्की एयरलाइन्स, स्प्रिङ एयर आदिले जति सक्दो धेरै र उडान र धेरै शहरहरूमा सेवासञ्चालन गर्नुपर्ने देखिन्छ । साथै नेपालका एयरलाइन्सहरू नेपाल वायु सेवा निगम (नेवानी), हिमालय एयरलाइन्स, बुद्ध एयर, यती एयरलाइन्स, बिबी एयर, सौर्य एयर, श्री एयरलाइन्स आदिले पनि नेपालबाट चीनका ठूला र धेरै जनसंख्या भएका शहरतर्फ हप्ताको १४-१५ देखि १९-२० उडान गराउन सके राम्रो हुने देखिन्छ ।
त्यसका छिट्टै पहल गर्नुपर्ने हुन्छ । अझ सम्भव भएदेखि हप्तामै ३२-३४ उडान गर्न सके झनै राम्रो हुन्छ । गएको चार वर्ष (सन् २०२०, २०२१, २०२२ र २०२३ मा बाहेक चालु वर्षमा दोस्रो स्थानमा चीनका नागरिकहरू नै नेपालको भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको स्थान दोस्रो हुनेछ । हुन पनि सन् २०२३ मा ६० हजार चानचुन चिनियाँ पर्यटकहरूले नेपालको भ्रमण गरेका छन् । सन् २०२३ को १२ महिनामा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्या तल उल्लेख गरिएको छ ।
जनबरी महिनामा एक हजार ४३६ जना, फेब्रुवरी महिनामा दुई हजार २६६ जना, मार्च महिनामा दुई हजार ६३५ जना, अप्रिल महिनामा चार हजार ७७० जना, मे महिनामा चार हजार ६६७ जना र जुन महिनामा चार ३४२ जना चिनियाँहरूले नेपालको भ्रमण गरेका थिए । यसैगरी जुलाई महिनामा पाँच हजार ५९३ जना, अगष्ट महिनामा पाँच हजार २७ जना, सेप्टेम्बर महिनामा आठ हजार १७४ जना, अक्टोबर महिनामा छ हजार ८८० जना, नोभेम्बर महिनामा सात हजार ६०१ जना र डिसेम्बर महिनामा ७ हजार ३७० जना चिनियाँ नगरिकले नेपालको भ्रमण गरेको थिए । यसरी हेर्दा सन् २०२३ मा ६० हजार चानचुन चिनियाँ पर्यटकहरूले नेपालको भ्रमण गरेको तथ्यांक छ । चालु आर्थिक वर्षमा पनि चिनियाँ पर्यटकको संख्या ६५ देखि ८० हजारभन्दा बढी पुग्ने अनुमान गर्न सकिन्छ ।ninamkirat123@gmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच