
जाजरकोट । जाजरकोटको ऐतिहासिक दरबार थप हुन नदिन पालले ढाकिएको छ । गएको कार्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको जाजरकोटको पहिचान र ऐतिहासिक जाजरकोट दरबार बर्तमान अवस्थामा मनसुनजन्य प्रकोप तथा वर्षाबाट थप क्षति हुन नदिन पालले ढाकिएको हो ।
भूकम्पबाट क्षति भई जिर्ण अवस्थामा रहेको दरबार मनसुन जन्य प्रकोपबाट थप क्षति नहोस् भनेर डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा अत्यन्तै जोखिमका बाबजुद पालले ढाक्ने कार्य सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले हिमालय टाइम्सलाई बताउनु भयो ।
उहाँका अनुसारदुईवटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । पछिल्लो पटक आएको भुकम्पले दरबार चर्किएको थियो । कार्तिकमा आएको भुकम्पले दरबार चर्किएको मात्र छ । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र जाजरकोट दरबार पनि परेको थियो । विसं १८५२ मा निर्माण गरिएको यो दरबारले तिनपटक भूकम्प सहि सकेको छ । जति सकिन्छ यसलाई जोगाउने प्रयास जारी रहेको अधिकारीले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार मनसुन सुरु भएसँगै चर्किएको स्थानबाट पानी चुहिरहेका कारण पालले दरबार ढाकिएको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच