
काठमाडौं । बालबालिका लक्षित प्रतियोगिता ‘ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट’ हुने भएको छ । ग्लोरी मिडियाले राष्ट्रिय बाल दिवसको अवसर पारेर यो प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकका अनुसार यही साउन १९ गते शनिबार राजधानीमा प्रथम अडिसन हुँदैछ ।
ग्लोरी मिडियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक सरोज ओझाका अनुसार ७ देखि १८ वर्षसम्मका बालबालिकाले प्रतियोगितामा भाग लिन पाउनेछन् । ‘जसमा ७ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकाले किड्स ट्यालेन्ट र १३ देखि १८ वर्ष उमेरका बालबालिकाले टिन ट्यालेन्टमा भाग लिन पाउनेछन् । प्रतियोगीले करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम सञ्चालनलगायतका विषयमा प्रशिक्षण प्राप्त गर्नेछन्,’ उहाँले भन्नुभयो ।
भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा फिनाले हुने आयोजकले जनाएको छ । प्रतियोगीहरूलाई अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नुहुनेछ ।
ग्लोरी मिडियाको साझेदार कम्पनी राज्य मिडिया नेटवर्कका सिइओ डेभिल सिंह राजपुतले प्रतियोगिता बालबालिकाको अधिकारलाई समेत मुखरित गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच