अनुवादक : नारायणप्रसाद घिमिरे
लेखक : ड्यानियल कम्पोअमोर
गत आइतबार (२० तारिख) राष्ट्रपति जो बाइडेनले औपचारिक रूपमै २०२४ को राष्ट्रपतीय चुनावी प्रतिस्पर्धाबाट आफू अलग भएको जानकारी दिए र अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याट उम्मेदवारको रूपमा उपराष्ट्रपति कमला हृयारिसलाई आफ्नो अगाध समर्थन जनाए ।
बाइडेनको यो निर्णय भने त्यस्तो आश्चर्य होइन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वादविवादमा निराशाजनक प्रस्तुति दिएका बाइडेनले यौन हिंसाका दोषी तथा अपराधका कारण दुईपटक महाभियोग लागिसकेका ट्रम्पविरुद्ध खरो उत्रन सक्ने हुन् होइनन् भन्नेमा निक्कै चासो थियो । त्यो वादविवादपछि प्रभावशाली डेमोक्र्याटहरूले नै बाइडेनलाई चुनावी दौडमा नलाग्न आहृवान गरेका थिए ।
अझ राम्रो त पाँचमा तीन अमेरिकीहरू राष्ट्रपति बाइडेनले अर्को राष्ट्रपति चुनावी दौडमा सहभागी हुनु नहुने विश्वासमा थिए । तर, आगामी नोभेम्बरमा हुन गइरहेको चुनावमा राष्ट्रपतीय दौडबाट पछि हट्ने बाइडेनको निर्णय अवश्यम्भावी भए पनि उत्तरदायित्व हस्तान्तरण गर्ने व्यक्तिको छनौट भने उनको आफ्नै थियो । यस्तो निर्णय गरेसँगै ८१ वर्षीय नेताले केही वर्षयताका सबैभन्दा निःस्वार्थ राजनीतिज्ञको रूपमा दह्रो पहिचान बनाए ।
राजनीतिमा यो चलाखी थियो कि अहिले डेमोक्र्याटहरू औपचारिक रूपमै ‘पहिला अमेरिका’ (अमेरिका फष्र्ट) भनाउँदो नीतिसहित अघि बढ्दै गरेका रिपब्लिकन उम्मेदवारको सामन गरिरहेका छन् । रिपब्लिकन उम्मेदवारको यो नीति वास्तवमा ‘म पहिला’ (मि फष्र्ट) भन्ने घोषणापत्र हो । बाइडेनले आफू राष्ट्रपतीय उम्मेदवारको मैदानबाट पछि हटेको ट्विटरमा जानकारी दिँदै गर्दा डोनाल्ड ट्रम्प कहिल्यै नगरेको कुरा गर्दै थिए र उनले कहिल्यै पनि अमेरिका पहिला भन्ने कुरामा झुकाव देखाएनन् । रिपब्लिकन पार्टीको नेता जस्तो नभई बाइडेनले महत्वकांक्षाभन्दा एकतालाई प्राथमिकता दिए । यो स्पष्ट थियो कि उनको ऐतिहासिक दूर्लभ घोषणा अगाडि बाइडेनले राष्ट्रपतीय चुनावी दौडबाट अलग हुन चाहेका थिएनन् । बाइडेनले जुलाई ८ मा कंग्रेसमा भएका डेमोक्र्याटहरूलाई चिठी लेखेका थिए, ‘म यो प्रतिस्पर्धामा रहने कुरामा पूर्णप्रतिबद्ध छु, अन्तिमसम्मै लागिरहनेछु र डोनाल्ड ट्रम्पलाई हराउनेछु ।’
आगामी नोभेम्बरमा हुन गइरहेको चुनावमा राष्ट्रपतीय दौडबाट पछि हट्ने बाइडेनको निर्णय अवश्यम्भावी भए पनि उत्तरदायित्व हस्तान्तरण गर्ने व्यक्तिको छनौट भने उनको आफ्नै थियो । डोनाल्ड ट्रम्पलाई चुनौती दिन सक्ने राष्ट्रपति बाइडेनको उमेर र क्षमताको बारेमा प्रश्न उठिरहँदा बाइडेनले उनी आउँदो चुनावी प्रतिष्पर्धामा सामेल हुने छैनन् भनेर जानकारी दिए ।
त्यसपछि उम्मेदवारी जारी राख्ने बाइडेनको शाहस झन् बढेर गयो । एबिसी न्यूजका जर्ज स्टेफानो पौलसलाई हालै दिएको अन्तर्वार्तामा उनले भनेका थिए- ‘केवल भगवान’ ले मात्रै उनलाई यो चुनावी अभियान त्याग्नका लागि सम्झाउन सक्छन् । तर, अन्तत, सिएन्एन्का अनुसार, बाइडेनले आफ्ना परिवारका सदस्यहरू र शीर्षस्थ सल्लाहाकारसँग परामर्श लिए र विभिन्न ठाउँबाट आइरहेका तथ्यांकको अध्ययन गरे । यसबाट उनलाई राष्ट्रपतिका लागि आफ्नो पुननिर्वाचनको गोरेटो धमिलिएको आभाश मिल्यो । फलस्वरूप, बाइडेन चुनावी टिकटको बारेमा सोच्नुपर्नेमा विश्वस्त भए । आइतबार (जुलाई २० तारिख) घोषणा गर्ने अघिल्लो दिन शनिबारै मैदानबाट अलग हुने निर्णयमा पुगे ।
‘मलाई थाहा छ, हिजोको समाचार अनौठो थियो र तपाईंहरूलाई यो सुन्दा नरमाइलो लाग्यो,’ बाइडेनले सोमबार हृयारिसको चुनावी अभियान केन्द्रमा फोन गरी सुनाए ‘तर, यो उचित थियो । मलाई लाग्छ, हामीले सही निर्णय लियौं ।’ यो निर्णयलाई ट्रम्पसँग दाँजौं । ट्रम्प जसलाई राष्ट्रपतिका रूपमा चाहने दर सरदर ४१ प्रतिशत थियो । सन् २०२१ मा गरिएको एक सर्भेक्षण अनुसार ५८ प्रतिशत अमेरिकीले ट्रम्पलाई सन् २०२४ मा राष्ट्रपतिमा पुनर्निर्वाचित भएको हेर्न चाहेनन्, र गत अप्रिलमा गरिएको त्यस्तै सर्भेक्षणले देखायो कि ४९ प्रतिशत अमेरिकीहरूले सम्भव भए त उनीहरूले बाइडेन र ट्रम्प दुवैलाई राष्ट्रपति पदमा निर्वाचनमार्फत् विस्थापन गर्ने बताए ।
रिपब्लिकन पार्टीको नेताका रूपमा ट्रम्प अघि बढ्दै गर्दा यसले मिडटर्म (मध्यावधि) चुनावमा नराम्रो हार बेहोर्यो र आन्तरिक राजनीतिक झगडामा फस्यो । यसले गर्दा रिपब्लिकनहरूले आफ्नै हाउसका प्रवक्ताहरूलाई प्रभावमा पारेर सदनमा गलत सुनुवाई गर्न थाले । जबकि उनीहरूले अर्थपूर्ण कानुन निर्माणका लागि केही पारित गर्नसक्थे । ट्रम्पका पूर्वउपराष्ट्रपति माइक पेन्सलाई ट्रम्पका समर्थकले जनवरी-६ बिद्रोहताका सिध्याउन चाहेका थिए । तिनै पेन्सले अहिले ट्रम्पसँगै अघि बढ्न अस्वीकार गरे, फलस्वरूप ट्रम्पले आफूसँग उपराष्ट्रपतिको उम्मेदवारका रूपमा जेडी भान्सलाई छनौट गरे, जबकि भान्सले कुनै समय ट्रम्पलाई हिटलर जस्तो भनेर आलोचना गरेका थिए ।
वास्तवमा ट्रम्पका पहिलाका ४४ मध्ये ४० मन्त्रीहरूले उनलाई अहिले अस्वीकार गरेका छन् । तीमध्ये पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोल्टन, हृवाइट हाउसका पूर्वसेनापति जोन एफ् केली र माइक मुल्भाने, पूर्वमहान्यायाधिवक्ता विलियम बार ती ४० मध्ये केही हुन्, जसले अमेरिकी जनतालाई गहन चेतावनी दिएका छन्- उनीहरूको पहिलाका हाकिम ‘राष्ट्रपति हुन योग्य छैनन्’ र उनी ‘आफ्नै चाहनालाई मात्रै जोड दिन्छन् ।’ तर के ट्रम्पले उनका पूर्वसल्लाहकारहरूको कुरा सुनेका होलान् ? कुनै सर्वेक्षण र मतदाताको कुरा सुने होलान् ? पक्कै छैनन् । उल्टै, हृवाइट हाउस प्रवेशका लागि उनको इच्छा झन् तीव्र देखिन्छ जसले गर्दा उनले आपराधिक अभियोजनबाट पूर्ण उन्मुक्ति पाउन सक्छन् । सर्वोच्च अदालतले उनीविरुद्धका बाँकी पूरै मुद्दा रोक्न सक्छ वा नामेट पारिदिन्छ ।
ट्रम्प आफूलाई मन नपरेको चुनावमाथि जाइलाग्छन्, आफैँले ‘अत्यन्त राम्रा र असल’ भनी प्रसंशा गरेका पहिलेका आफ्नै सरकारका सदस्यहरूलाई राक्षसीकरण गर्छन् र त्रास र व्यक्तिगत गुनासाका आधारमा चुनावी अभियान चलाउँछन् । उनको ‘एकता’ अवधारणा भनेको उनी पीडित हुन् भनेर पत्याइदिनु हो, उनको राजनीतिक र्याली प्रतिशोध हो । यावत् प्रमाणले उल्टो देखाइरहे तापनि उनी काल्पनिक शत्रु (नरभक्षी) खडा गरी असंगत कुराहरूमा फतफताइरहेका छन्- यो दुनियाँको सुरक्षाका लागि उनी र केवल उनीमात्रै सक्षम व्यक्ति हन् । म्यागा (मेक अमेरिका ग्रेट अगेन) को राजनीतिक नारामार्फत् निर्माण भएको व्यक्ति देवत्वकरणले रिपब्लिकन दललाई नराम्ररी गाँजेको छ । ट्रम्पले यसैमा खुशी मनाउँदा बाइडेनले देशलाई सम्झाए कि राजनीतिक दल कुनै एक व्यक्ति होइन र एक व्यक्ति सिंगो राजनीतिक दल होइन ।
परिणामस्वरूप, पहिलेभन्दा अहिले डेमोक्र्याटिक दल अझ संगठित र सबल भएको छ र रिपब्लिकन दल र ट्रम्पको उम्मेदवारी पूरै अस्तव्यस्त छ । यो स्पष्ट छ ट्रम्प र उनका मानिसले बाइडेन चुनावी मैदानबाहिर बस्ने सम्भावनाबारे कत्ति पनि विचार गरेनन् । राजनीतिज्ञको त्यो सोच जसले दल, देश र हाम्रो प्रजातन्त्रको भविष्यलाई आफूभन्दा माथि राखे, जबकि आफूलाई स्वातन्त्रताप्रेमी दाबी गर्ने रिपब्लिकनका लागि व्यक्तिको शारीरिक स्वायत्तता, धार्मिक बहुलवाद वा विवादरहित पारपाचुके विदेशी अवधारणा लाग्यो ।
‘बाइडेनको निर्वाचन अभियान फिर्ता र लगत्तै हृयारिसको पक्षमा एकत्व देखेर म्यागा (ट्रम्प समूह) आश्चर्यचकित छ,’ न्यूयोर्क टाइम्सका स्तम्भकार पउल क्रुगम्यानले सामाजिक सञ्जाल थ्रेडमा लेखे । उनी थप्छन्, ‘तर, यो अवस्थाको छनक केही हप्तादेखि नै मिलेको छ । मलाई के लाग्छ भनेँ राजनीतिज्ञहरू त्रास र महत्वकांक्षाभन्दा के ठीक हो त्यही गरिरहेका छन् । यो म्यागा दुनियाँअन्तर्गत पर्दैन ।’
बाइडेनविरुद्धको अभियानमा खर्च भएपछि रिपब्लिकनहरूले ट्रम्पलाई ‘ठगीको शोधभर्ना’ का लागि दाबी गरिरहेका छन् र हृयारिसलाई चुनावी मैदानबाट बाहिर राख्न कानुनी कारबाहीको धम्की दिइरहेका छन् । यसैबीच बाइडेनले चुनावी दौड त्यागेपश्चात् नै हृयारिसले ८१ मिलियन डलरसहित अहिलेसम्मकै धेरै सहयोग संकलन गरिसकेकी छन् ।
आठ लाख ८८ हजार व्यक्तिगत चन्दादातामध्ये ६० प्रतिशत व्यक्तिले गरेको सहयोग राष्ट्रपतीय चुनावी अभियानका लागि पहिलो पटक हो–करिब पाँच लाख ३२ हजार ८०० अमेरिकीहरूले निकै दुःखले कमाएको पैसा एकै चुनावी उम्मेदवारमाथि खन्याएका छन् । अट्ठाइस हजारभन्दा बढी मानिसले कमला हृयारिसको अभियानमा स्वयंसेवक बन्न इच्छा प्रकट गरिसकेका छन् । तीमध्ये धेरैले त महत्वपूर्ण राज्यमा स्वयंसेवा गर्ने जनाएका छन् भने पपगायिका चार्ली एक्ससिएक्सले त ‘कमला अब उदाइन्’ भनेर ट्विट गरिन् । चौबीस घण्टाभित्रै, उपराष्ट्रपति हृयारिसले आफूलाई ‘अपराधीविरुद्ध सक्षम अभियोजक’ को स्थान दर्ज गर्न सफल भएकी छन् । उनी ७८ वर्षीय वृद्धविरुद्ध उभिएकी वयस्क र स्वस्थ तथा सकारात्मक सोचकी व्यक्ति हुन् ।
यी वृद्ध विध्वंशात्मक गतिविधि र अर्थहीन भाषण गर्न उद्धत छन् । अहिलेको प्रतिस्पर्धा देशको भविष्यकी प्रतीक कि महिला तथा जातिवादी घृणाको विगत भएको व्यक्ति भन्ने होे । अनि त्यस्तो ट्रम्पले ‘जित्दै छ’ भन्नुहुन्छ तपाईहरू । फ्रान्स र बेलायतमा प्रगतिशील राजनीतिक दलहरू खतरनाक दक्षिणपन्थी दलहरूलाई हराउन एककट्ठा भए । तिनीहरूको देशको भलाइका लागि उदार राजनीतिज्ञहरूले आफ्ना असमझदारीलाई दूर गरे । प्रजातन्त्र मास्नका लगि उपद्रो लागिपरेका दलहरूको पहुँचबाट सत्ता टाढा राखुन्जेल, ती दलहरूमा कसले नेतृत्व लियो भनी ध्यान दिइरहनु जरुरी छैन ।
राष्ट्रपतीय चुनावी दौडबाट अलगभएर, बाइडेनले सोही गरे- उनले आफ्नो व्यक्तिगत वा राजनीतिक इच्छा पर सारे र स्वीकारे कि अमेरिकी प्रजातन्त्रको उद्धारकर्ता उनीमात्रै होइनन् । यससँगै ‘राष्ट्रको आत्माका लागि जारी संघर्ष’का लागि आफ्नो दललाई बलियो बनाए । रिपब्लिकनले अमेरिकालाई जोड दिइरहेको छ । यो उदेकलाग्दो वा नाजायज लागे पनि, रिपब्लिकनका उम्मेदवारले यस्तो कुरा कहिल्यै गरेका छैनन् । (स्रोत : हफिङ्टन पोष्ट, जुलाई २३, २०२४)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच