
काठमाडौं । साहित्यकार राधा भण्डारीको दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ लोकार्पण गरिएको छ । मिलाप मासिकको आयोजनामा काठमाडौंमा शनिबार एक विशेष समारोहबीच साहित्यकार एवं वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहलको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रा.दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार हरि अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उर्जाविद् कृष्ण भण्डारी, वरिष्ठ कलाकार लय संग्रौला, सर्जक राधा भण्डारीलगायतले उत्त कृतिको लोकापर्ण गनुभएको थियो ।
साहित्यकार हरि अधिकारीको सभापत्विमा भएको कार्यक्रममा मिलाप पब्लिकेशका कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो भने स्रष्टा भण्डारीले लेखकीय भनाइ राख्नुभएको थियो । भण्डारीले पहिलो उपन्यास कृति ‘खुल्ला कैदी’ पाठकमाझ ल्याएको चार वर्षपछि दोस्रो कृति ल्याएको बताउँदै यो उपन्यास कोरोना–१९को महामारीबाट सिर्जित असमान्य परिस्थितिको पृष्ठिभूमिमा रचिएको जानकारी गराउनुभयो । ‘धमिलो प्रकाशले नेपाली समाजमा विद्यमान पुरुषप्रधान मानसिकतालाई उजागर गर्न खोजेको छ, जसले राष्ट्रको आधा आकाश भनिने नारीहरूमाथि शदियौंदेखि भौतिक, मानसिक दुवै स्तरमा चरम् शोषण गर्दै आएको छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा वरिष्ठ कलाकार संग्रौला, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, साहित्यिक पत्रकार संघका अध्यक्ष लेकाली, समाजसेवी लीला नेपाल, ऊर्जाविद् कृष्ण भण्डारीलगायतले शुभकामना मन्तव्य राख्दै स्रष्टा राधा भण्डारीलाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।
महाकाव्यकार खेमनाथ दाहालले पुस्तकको टिप्पणी गर्दै नारी वेदना र प्रतिशोधको बिम्ब यो कृति रहेको बताउनुभयो । यौन उत्पीडनमा परेका नारीको आवाज पनि यो कृति रहेको बताउँदै उहाँले यसमा सामाजिक विद्रोह पनि रहेको टिप्पणी गर्नुभयो ।
समारोहका प्रमुख अतिथि प्रा.पुरुषोत्तम दाहालले संवादको शैलीमा रहेको उपन्यासले समाजमा रहेका विकृतिलाई उजागर गरेको बताउनुभयो । उहाँले कृति सरल र गहन रहेको बताउँदै समाजमा रहेको विकृतिलाई कृतिकार भण्डारीले हिम्मत गरेर पाठकमाझ ल्याएको बताउनुभयो ।
कार्यक्रमका सभापति साहित्यकार अधिकारीले आफ्नो प्रकाशक संस्था शब्दबिम्ब प्रकाशन प्रा.लि.बाट कृति पाठकमाझ आएको जानकारी गराउँदै यसमा स्रष्टा भण्डारीको भाषा शैलीलाई परिमाजित नगरिकन प्रस्तुत गरिएको जनाकारी गराउनुभयो । रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा आयोजकका तर्फबाट मिलापका अध्यक्ष कृष्ण भुसाल र मिलाप फाउण्डेशनका अध्यक्ष गीता अधिकारीले प्रमुख अतिथि र अतिथिहरूलाई मायाको चिनो अर्पण गर्नुभएको थियो । लोकार्पण समारोहमा विविध क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
बाईस भागमा विभाजन गरिएको १५६ पृष्ठको यो उपन्यासको मूल्य ४०० रुपैयाँ राखिएको छ । कृतिलाई स्रष्टाले आफ्ना माता पिता भीमादेवी पराजुली र भेषराम पराजुलीमा समर्पण गर्नुभएको छ । तस्वीर ः सुरेन्द्र थापा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच