श्रद्धापूर्वक पितृका निम्ति गरिने कार्य श्राद्ध हो । तीर्थमागई गरिने श्राद्धविशेषलाई तीर्थ श्राद्ध भनिन्छ । श्राद्धका अनेकौं भेदमध्ये एक तीर्थ श्राद्ध पनि हो । पवित्रवा पुण्य ठाँउलाई तीर्थ भनी बताइएको छ । गङ्गा, गोदावरी, नर्मदा, कोशी, गण्डकी आदि नदी, नदीका संगमस्थल, कुण्ड, सागर, गया, काशी, मुक्तिक्षेत्र, वराहक्षेत्र आदि पवित्र स्थान तीर्थ हुन् । स्थानविशेष अनेक तीर्थको चर्चा शास्त्रमा गरिएको छ । यसरी तीर्थमा पितृका निम्ति गरिने विशेष कर्म तीर्थ श्राद्ध हो । हरेक श्राद्धका आआफ्ना महिमा पाइन्छन् ।
दिव्यपितृको तर्पणपछि स्वपितृ अर्थात् आफ्ना समस्त पितृलाई तर्पण गर्नुपर्दछ । सबै पितृको तर्पणपश्चात् वस्त्रनिष्पीडन गर्नुपर्दछ । वस्त्र भिजाई निचोरेर जलदान यसअन्तर्गत हुन्छ । यसपछि सव्य भई जलमा ब्रहृमादि देवतापूजन हुन्छ । यसका साथै सूर्यलाई अघ्र्य दान गरी समस्त दिग्देवतालाई नमन गर्नुपर्दछ ।
मूलतः तीर्थमा एकपार्वण विधिले श्राद्ध गर्ने पद्धति पाइन्छ । घरमा गरिने एकोद्दिष्ट, पार्वण, वृद्धि, एकपार्वण भन्दा तीर्थमा गरिने एकपार्वण श्राद्धमा केही भिन्नता हुन्छ । तीर्थ जाँदा तीर्थमा तीर्थकै विधिले श्राद्ध गर्नुपर्दछ । वार्षिक तिथिमा गरिने एकोद्दिष्ट श्राद्ध एकोद्दिष्ट विधिले नै गरिन्छ भने तीर्थश्राद्ध एकपार्वण विधिले गर्नुपर्ने शास्त्रीय विधि निर्देश पाइन्छ । यसरी नित्य गरिने श्राद्ध र तीर्थश्राद्ध फरक हुन् । तीर्थश्राद्ध पनि विशेष स्नानपूर्वक हुने गर्दछ ।
तीर्थमा स्नान कसरी गरिन्छ ?
तीर्थश्राद्ध विधिअन्तर्गत सर्वप्रथम सङ्कल्पपूर्वक स्नान गर्नुपर्दछ । तीर्थमा पुगेपछि सर्वप्रथम तीर्थलाई ढोग्नुपर्दछ । नदी वा तीर्थको समीपमा गई तीर्थको प्रार्थना गर्नुपर्दछ । नारिकेलादिफलादि वस्तु प्रार्थनापूर्वक समर्पण गरी अञ्जुलिमा तीर्थको जल लिई हात धुनु पर्दछ । यसैगरी पुनः जल लिई भुँइमा खुट्टा पनि धुनुपर्दछ । यसपछि जललाई नमन गरी कुशसहित तीर्थको जलशिर र शरीमा ‘ॐ अपवित्रः पवित्रो वा...’ भन्ने मन्त्रपूर्वक तीन पटक सेचन गर्नुपर्दछ । यसपछि मौसल स्थान गर्नुपर्दछ । मौसल स्नान भनेको डुबुल्की मारेर (शिरलाई जलमा डुवाएर वा मुस्ली जस्तै बनी गरिने ठाडो स्नान) गरिने स्नान हो । यसरी मौसल स्नान गरेपछि तीर्थस्नानको सङ्कल्प गर्नुपर्दछ ।
घरमा वा कतै बिहान स्नान गरेर तीर्थमा गइएको छ भने मौसल स्नान गर्नुपर्दैन भन्ने पाइन्छ । मूलतः तीर्थमा गरिने स्नान र नित्यस्नान भिन्नै हुन् । दुवै तीर्थमै गर्नुपर्दा मौसलस्नान गर्नुपर्दछ भनिएको हो । यसरी गरिने तीर्थस्नान सङ्कल्पमा उक्त तीर्थको पनि विशेष नाम उच्चारण हुने गर्दछ । तीर्थस्नान सङ्कल्पपश्चात् तीर्थको प्रार्थना गर्नुपर्दछ । प्रार्थनापश्चात् सर्वाङ्ग स्नान गर्नुपर्दछ । तीन पटक डुबुल्की मारी स्नान गर्नु उपयुक्त हुन्छ । स्नानपश्चात् जलकै चन्दन परिकल्पना गरी निधारमा लगाई सूर्यलाई अर्घदान गर्नुपर्दछ । यसपछि दश पटक गायत्री जप्नुपर्ने विधि तीर्थस्नान अन्तर्गत बताइएको छ ।
तीर्थमा तर्पण
विधिपूर्वक तीर्थमा स्नान गरेपछि तर्पण गर्नुपर्दछ । यसरी गरिने तर्पण पनि सङ्कल्पपूर्वक नै हुने गर्दछ । तीर्थतर्पणमा पनि पितृगायत्रीको पाठ अनिवार्य मानिएको छ । ‘ॐ देवताभ्यपितृभ्यश्च....’ भन्ने पितृगायत्री तीन पटक पाठ गरेरमात्र तर्पण गर्नुपर्दछ । सर्वप्रथम देवर्षिलाई तर्पण दिनुपर्दछ । जुन सव्यक्रमले देवतीर्थ (माझीऔँलाको टुप्पाबाट) तर्पण हुन्छ । यसपछि जनैलाई कण्ठमा लगाएर (माला जस्तो बनाएर) कायतीर्थ (कान्छी औँलाको फेदभागबाट) मनुष्यलाई तर्पण दिनुपर्दछ । सप्तमनुष्यमा सनक, सनन्दन, सनातन, कपिल, आसुरि, बोढु र पञ्चशिख पर्दछन् । यसरी मनुष्यतर्पणपश्चात् अपसव्य भई दिव्यपितृको तर्पण हुने गर्दछ । यसरी गरिने तर्पण पितृतीर्थ (बुढी र चोरी औँलाको बीचभागबाट) हुने गर्दछ ।
यसैगरी दक्षिणाभिमुख पनि हुनुपर्दछ । दिव्यपितृको तर्पणपछि स्वपितृ अर्थात् आफ्ना समस्त पितृलाई तर्पण गर्नुपर्दछ । सबै पितृको तर्पणपश्चात् वस्त्रनिष्पीडन गर्नुपर्दछ । वस्त्र भिजाई निचोरेर जलदान यसअन्तर्गत हुन्छ । यसपछि सव्य भई जलमा ब्रहृमादि देवतापूजन हुन्छ । यसका साथै सूर्यलाई अर्घदान गरी समस्त दिग्देवतालाई नमन गर्नुपर्दछ । जलले मुखस्पर्श, आँखा स्पर्श गरी पुनः पितृगायत्री पाठ पनि गर्नुपर्दछ । तीर्थमा देवता एवं पितृ नित्य रहने भएकाले विसर्जन गर्नुपर्दैन भन्ने शास्त्रोक्त मान्यता पाइन्छ :
‘गिरिषु ख्याततीर्थेषु नदीषु च विशेषतः । साकाङ्क्षाः पितरो नित्यं तिष्ठन्ति सलिलार्थिनः । (श्राद्धसङ्ग्रह–५, २८) ‘देवतापितरो यस्माद् गङ्गायां सर्वदा स्थिताः । आवाहनं विसर्गश्च तेषां तत्रततो नहि ।।’ (काशीकाखण्ड, २८।९) अर्थात् पर्वतमा, प्रख्यात तीर्थमा, नदीमा जलको आकाङ्क्षपूर्वक पितृ सधैँ निवास गर्ने गर्दछन् । गङ्गामा देवताको पनि निवास सधैँ हुन्छ । यसैले आवाहन र विसर्जन तीर्थमा हुँदैन वा गर्नुपर्दैन ।
तीर्थश्राद्ध कसरी सम्पादन गरिन्छ ?
तर्पणपछि तीर्थमा श्राद्ध गर्ने विधान शास्त्रमा उल्लेख पाइन्छ । यसरी गरिने तीर्थश्राद्ध एकपार्वण विधिले धुरि र लोचननामकविश्वेदेवको निमन्त्रणपूर्वक हुने गर्दछ । अघ्र्य, आवाहन, ब्राहृमणको अङ्गुष्ठ निवेशन, तृप्ति प्रश्न, विकर तीर्थश्राद्धमा आवश्यक पर्दैन भनी पद्मपुराणमा बताइएको छ :
‘अर्घमावाहनं चैव द्विजाङ्गुष्ठनिवेशनम् ।
तृप्तिप्रश्नं च विकिरं तीर्थश्राद्धे विवर्जयेत् ।।’ (पद्मपुराण) यीबाहेकका अन्य श्राद्धविधि तीर्थश्राद्धमा पनि हुने गर्दछन् । प्रायश्चित्त गोदानपछि धूरिलोचननामकविश्वेदेव र आफ्ना पिता, पितामहादि सम्पूर्ण पितृलाई निमन्त्रण गर्नुपर्दछ ।
तीर्थमा श्रद्धाभक्तिपूर्वक गरिने कर्म तीर्थश्राद्ध हो । हरेक श्राद्धका भिन्नाभिन्नै विधान पाइन्छन् । घरमा गरिने श्राद्धमा पितृलाई आवाहन गर्नुपर्दछ भने तीर्थमा नित्यशःपितृ रहने गर्दछन् । गृहस्थीले तीर्थश्राद्ध गर्नू भनिएको पाइन्छ ।
यसरी निमन्त्रणा सँगै दीपपूजन, सस्र्युं छर्ने, नीवीबन्धन, कर्मपात्र सम्पादन, प्रतिज्ञा सङ्ल्प, आसन, ब्राहृमण पूजन, भूस्वामी, विश्वेदेव र पितृलाई सिधादान गर्नुपर्दछ । यसपछि पिण्डवेदी निर्माणका साथै समस्त पितृलाई पिण्डदान गर्नुपर्दछ । पिण्डदानपूर्व अवनेजन दान र पिण्डदानपश्चात् प्रत्यवेनजनदान गर्नुपर्दछ । नीवीखोली पिण्डपूजन, अक्षयोदकदान, स्वधावाचन, पिण्डमा दूधदान, शङ्खचक्रपूजा, वसन्तपूजा, दक्षिणा, पितृगायत्रीपाठ र कर्मसमर्पण टीका प्रसाद ग्रहणका मुख्य कार्य तीर्थश्राद्ध अन्तर्गत सम्पादन हुने गर्दछन् । गयामा श्राद्ध गर्दा गदाधरको मन्दिरमा पिण्ड समर्पण गर्नुपर्दछ । यसका साथै गाईलाई घाँस खुवाउने, कुकुरलाई भोजन गराउने, कागलाई खानेकुरा दिने आदि कार्य पनि तीर्थश्राद्धका कर्मअन्तर्गत पर्ने गर्दछन् ।
गुरु शुक्रअस्तमा तीर्थश्राद्ध विचार
पहिले नगएको तीर्थमा गुरुशुक्र अस्त भएका समयमा तीर्थयात्रा नगर्नू भनिएको छ । (मुहूर्तचिन्तामणि, १।४७) पहिले कहिल्यै नगएका तीर्थमा गएर तीर्थश्राद्ध गर्न हुँदैन तर पहिले गएका तीर्थमा कुनै कामविशेषले पुगिएमा भने तीर्थश्राद्ध गर्न हुन्छ, तीर्थश्राद्ध गर्नकै लागि भनेर तीर्थमा जानु हुँदैन । तर, तर्पण र आमान्नद्वारा (काँचोअन्नद्वारा) सिधा गरेर ब्राहृमण भोजन गराएर श्राद्ध गर्नुपर्दछ । पिण्ड दिएर श्राद्ध गर्नु हुँदैन भनी निर्णयसिन्धुमा बताइएको छ (निर्णयसिन्धु, चूडामणि-१०५८) ।
तीर्थमा अन्य विचार
तीर्थमा नछुने वस्तुले छोइएको दोष लाग्दैन भनी बताइएको छ । यसैगरी तीर्थ यात्रा गर्दा पत्नीसहित (सपत्नीक) भएर गर्नुपर्दछ भनिएको छ : ‘सहाग्निर्वा सपत्नीको गच्छेत्तीर्थानि संयतः ।’ (कूर्मपुराण) । तीर्थश्राद्ध गर्नुपूर्व र पछि वृद्धि श्राद्ध गर्नू भन्ने वचन पनि पाइन्छ :
‘तीर्थयात्रासमारम्भे तीर्थात्प्रत्यागमेद्रपि च ।
वृद्धिश्राद्धं प्रकुर्वीत बहुसर्पिस्समन्वितम् ।।’
(गौतम) यात्रा गर्दा बीचमा आशौच या रजोदर्शन भयो भने शुद्ध नहुञ्जेलसम्म त्यहीँ रहेर शुद्ध भएपछि मात्र स्नानश्राद्धादि कर्म गर्नुपर्दछ भनिएको छ ।
तीर्थमा गरिने श्राद्ध सम्पूर्ण पितृको उद्देश्यका निम्ति नै हुने गर्दछ । तीर्थ श्राद्ध गरेको दिन त्यहाँबाट नहिँड्नु भोलिपल्ट मात्र हिँड्नू भन्ने उल्लेख पाइन्छ । कुरुक्षेत्र, विशाला, विरजा र गयालाई छोडेर सबै प्रसिद्ध महातीर्थमा मुण्डन र उपवासको विधिबताइको छ :
‘मुण्डनै चोपवासश्च सर्वतीर्थेष्वयं विधिः । वर्जयित्वाकुरुक्षेत्रं विशालं विरजं गयाम् ।।’ (श्राद्धविधिः, पृ.१७) मलमासमा पनि तीर्थश्राद्ध गर्न सकिन्छ भन्ने पाइन्छ । तीर्थयात्राको उद्देश्यविना अकस्मात् तीर्थमा पुगियो भने पनि स्नान, तर्पण र श्राद्ध गर्नुपर्दछ ।
तीर्थमा श्रद्धाभक्तिपूर्वक गरिने कर्म तीर्थश्राद्ध हो । हरेक श्राद्धका भिन्नाभिन्नै विधान पाइन्छन् । घरमा गरिने श्राद्धमा पितृलाई आवाहन गर्नुपर्दछ भने तीर्थमा नित्यशःपितृ रहने गर्दछन् । गृहस्थीले तीर्थश्राद्ध गर्नू भनिएको पाइन्छ । औंसी वा पावन तिथि पारेर सन्ततिले पितृ उद्धारका निम्ति गया, गंगा, यमुना, सरस्वतीको संगम, त्रिवेणीधाम, अयोध्या, मथुरा, काशी, अवन्तिका, पुरी, द्वारावती, गोदावरी, गंगोत्तरी, यमुनोत्तरी, गया, हरिद्वार, ऋषिकेश, बदरीकाधाम, केदारखण्ड, विभिन्न घाटहरू, गोकर्ण, उत्तरगया, आर्यघाट, वाराहक्षेत्र, कागवेनीक्षेत्र, देवघाटलगायत स्थानमा तीर्थश्राद्ध गर्नुपर्दछ ।
यसैगरी ब्रहृमकपालीमा पनि श्राद्ध गर्नु उत्तम मानिएको छ । यसरी श्रद्धापूर्वक श्राद्ध गर्नाले पितृ तृप्त हुन्छन् र सन्ततिलाई आशीर्वाद दिन्छन् भन्ने मान्यता रहेको छ :
‘आयुःप्रजाधनंविद्यां स्वर्ग मोक्ष सुखानि च ।
प्रयच्छन्तु तथा राज्यं पि तरः श्राद्धतर्पिता ।।’ (कर्मकाण्ड भास्कर)
अर्थात् पितृको श्राद्ध गर्नाले आयु सन्तान, धन, विद्या, मृत्युपश्चात् स्वर्ग, मोक्ष तथा बाँचुञ्जेल सुख र राज्य प्रदान गर्दछन् । यसैले पितृप्रति श्राद्धाभाव व्यक्त गर्नु भनिएको हो । सदानिवास गर्ने तीर्थमा पनि पितृ रहने भएकाले तीर्थश्राद्ध पनि गर्नू भनी शास्त्रमा उल्लेख गरिएको छ । जसबाट सर्वकल्याण हुने शास्त्रीय मान्यता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच