काठमाडौं । कात्तिक २२ गतेदेखि दुबईमा हुने अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीले तयारी तीव्र बनाएको छ । बेसबल युनाइटेडको आयोजनामा आउँदो कात्तिक २२ गतेदेखि २५ गतेसम्म (नोभेम्बर ७ देखि १० तारिखसम्म) दुबईमा हुने अन्तर्राष्ट्रियस्तरको बेसबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, साउदी अरब, पाकिस्तान, युएई, अफगानिस्तानलगायतका मुलुकले सहभागिता जनाउनेछन् ।
उक्त प्रतियोगिता नेपालको बेसबल खेललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचत गराउन कोशेढुंगा साबित हुने भएकाले विभिन्न जिल्ला र प्रदेशबाट छनोट भएका खेलाडीलाई क्लोज क्यापमा राखी डेढ महिनादेखि प्रशिक्षण दिइएको राष्ट्रिय टोलीका प्रशिक्षक रोशन थापाले बताउनुभयो । उहाँले दुबईमा हुने प्रतियोगितालगत्तै वेस्ट एसिया बेसबल कप पनि आयोजना हुन लागेको जानकारी गराउँदै उक्त प्रतियोगितालाई पनि ध्यानमा राखी प्रशिक्षण भइरहेको बताउनुभयो ।
यता, नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले पनि दुवै प्रतियोगितालाई ध्यानमा राखी क्लोज क्यापमार्फत् प्रशिक्षणलाई तीव्रता दिइएको जानकारी दिनुभयो । उहाँले नेपालमा बेसबल खेलको पनि प्रचुर सम्भावना रहेको भन्दै संघले तयार पारेको कार्ययोजनामा राज्य, निजी क्षेत्रलगायत सम्बन्धित सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले सबैको सहयोग भएको खण्डमा बेसबल खेलले पनि राष्ट्रका लागि पदक दिलाउन सक्ने सम्भावना रहेको भन्दै बेसबल खेलमा लगानी गर्न राज्यपक्ष, निजी क्षेत्रलगायत सबै पक्षसँग आहृवान पनि गर्नुभयो । वेस्ट एसिया बेसबल कपलाई पश्चिम एसियाली बेसबल खेलाडीहरूले बेसबल खेलको कुम्भ मेलाका रूपमा लिने गरेका छन् । वेस्ट एसिया बेसबल कपको विजेता र उपविजेताले एसियाली बेसबल च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच